शिक्षा

    Showing 391-400 of 1,009 items.
  • प्रदर्शनको क्रममा नेविसंघका दर्जनौँ नेता–कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग

    काठमाडौं— विरोध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेविसंघले गिरफ्तारीको विरोध गर्दै तत्काल पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग गरेको छ।नेपाल कमर्श क्याम्पसमा विभिन्न शैक्षिक माग राख्दै गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी दर्जनौँ विद्यार्थी नेताहरूलाई पक्राउ गरेको घटनाप्रति नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग ग

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 789 पटक पढिएको
  • शिक्षकले छात्रालाई जिस्काएपछि विद्यालय तोडफोड

    रौतहट – श्री माध्यमिक विद्यालय गरुडा–९ श्रीपुरका एक शिक्षकले आफ्नै छात्रालाई जिस्काएको भन्दै आक्रोशित समूहले विद्यालय तोडफोड गरेको छ ।छात्राको जन्म दिनमा ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर पठाएको आरोपमा आइतबार शिक्षक रवीन्द्र प्रसाद साहमाथि कुटपिट हुनुका साथै विद्यालय तोडफोड गरेको हो । विद्यालयका अभिभावक र विद्यार्थीको समूहले उनलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । आक्रोशित समूहले विद्यालयको संरचना र सामग्रीमा समेत तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन एक राउण्ड अश्रुग्याँस  प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए । उनका अनुसार शिक्षक

    • प्रकाशित मितिः असार २९, २०८२
    • 661 पटक पढिएको
  • शैक्षिक माफियाविरुद्ध नेविसंघको आक्रोश, प्रधानमन्त्री निवासअघि नाराबाजी...

    काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरेको छ।जिल्ला कार्यसमितिको झण्डा बोकेर आएका नेविसंघका विद्यार्थीहरूले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दै शैक्षिक प्रणालीमा देखिएको अनियमितता र शैक्षिक माफियाविरुद्ध आवाज उठाएका हुन्।एक दर्जनभन्दा बढी संख्या पुगेका उनीहरूले टाउकोमा कालोपट्टी बाँधेका थिए र ‘फेयर स्कलरसिप’, ‘दोहोरो भर्ना बन्द गर’, ‘प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति गर’, ‘विद्यालय शिक्षा ऐन जारी गर’ जस्ता नारा लेखिएका पम्प्लेटहरू बोकेका थिए। प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्ज गर्दै उनीहरूलाई नियन्त्रणमा लि

    • प्रकाशित मितिः असार २७, २०८२
    • 931 पटक पढिएको
  • त्रिविको वार्षिक साधारणसभा : ६३ औँ ग्रेस लिष्ट पारित

    काठमाडौं – त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा उत्तिर्ण भएका ८९ हजार एक सय ९१ विद्यार्थीहरुसहितको ६३ औँ ग्रेसलिष्ट पारित गरेको छ ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्रा डा केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित गरेको हो । बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ । कुलपति ओलीले विश्वविद्यालयलाई २१ औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रुपमा स्थापित गर्न आग्रह गरे ।शिक्षा, सहकुलपति एवं विज्ञान तथा प

    • प्रकाशित मितिः असार २६, २०८२
    • 352 पटक पढिएको
  • चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा

    काठमाडौँ – ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) चार दशकभन्दा लामो समयदेखि देशको शैक्षिक क्षेत्रलाई उल्लेखनीय योगदान दिँदै आएको छ। हरियाली वातावरण, स्मार्ट क्लासरुम र वातावरणमैत्री इभी गाडीको प्रयोग गर्दै एलएले आफूलाई पूर्ण रूपमा वातावरणमैत्री शिक्षण संस्थाका रूपमा स्थापित गरेको छ।सन् १९८१ मा स्थापना भएको यस शैक्षिक संस्थाले आधुनिक शिक्षण पद्धति र प्रविधिमा आधारित सिकाइको अभ्यास गर्दै नेपाली शिक्षाक्षेत्रमा नयाँ आयाम थप्दै आएको छ। सन् १९९७ देखि प्लस टु तहको अध्यापन सुरु गरेको एलए अहिले स्नातक तहसम्मका कक्षा सञ्चालन गरिरहेको छ।स्थापनाकालदेखि नै शतप्रतिशत न

    • प्रकाशित मितिः असार २६, २०८२
    • 360 पटक पढिएको
  • गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् :प्रधानमन्त्री

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् । बिहीबार सामाजिक सञ्जालामर्फत शुधकामना दिँदै उनले गुरु अन्धकारबाट प्रकाशमा पु¥याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र भएको बताए । उनले भने,‘आज गुरु पूर्णिमा । यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ । हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ। गुरु अन्धकारबाट प्रकाशमा पु¥याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् ।’उनले हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प

    • प्रकाशित मितिः असार २६, २०८२
    • 394 पटक पढिएको
  • आज गुरु पूर्णिमा पर्व मनाइँदै

    काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ।‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। अर्थात्, कुनै विषयमा अत्यन्त दक्ष वा विज्ञ व्यक्तिलाई पनि गुरु भनिन्छ। ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापी अहिलेको यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ । विज्ञान प्रविधीको अहिलेको यूगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो

    • प्रकाशित मितिः असार २६, २०८२
    • 484 पटक पढिएको
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी डा. दिपक अर्याललाई

    काठमाडौं— त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिमा प्रा.डा.दिपक अर्याल नियुक्त भएका छन्। विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले असार २३ गते तीन जना नाम सिफारिस गरेको थियो। तीमध्ये जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख डा.दिपक अर्याल, त्रिवि विज्ञान सङ्कायका पूर्व डीन प्रा, डा. विनिल अर्याल, र प्रा. डा. खड्ग केसीको नाम समावेश थियो।यसअघि उपकुलपति रहेका प्रा.डा. केशरजङ्ग बरालले राजीनामा दिएपछि केसीलाई तीन महिनाका लागि निमित्त उपकुलपतिको ज

    • प्रकाशित मितिः असार २५, २०८२
    • 786 पटक पढिएको
  • उपत्यकाका विद्यालयहरूमा चर्को शुल्कवृद्धिको विरोधमा अखिल क्रान्तिकारीको कडा आपत्ति

    काठमाडौं – उपत्यकाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ११ र १२ मा गरिएको बिना आधार चर्को शुल्कवृद्धिप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ । संगठनले यस्तो शुल्कवृद्धिलाई जनविरोधी र शैक्षिक व्यापारीकरणको संकेत भएको भन्दै तुरुन्त खारेज गर्न माग गरेको हो । संगठनका इन्चार्ज निरोज श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै शिक्षाको सर्वसुलभ पहुँच सुनिश्चित गर्नुको सट्टा विना आधार शुल्कवृद्धि गरेर विद्यार्थीहरूलाई निजीकरणको चक्रमा धकेलिएको टिप्पणी गरेका छन् ।‘शिक्षाको सर्वसुलभ पहुच सुनिश्चित गर्नुको सट्टा यसर

    • प्रकाशित मितिः असार २५, २०८२
    • 529 पटक पढिएको
  • २१ दिनको समय दिएर निजामती विधेयकमा भएको चलखेलको छानबिनको विशेष समिति गठन भयो

    काठमाडौं— संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको चलखेलबारे छानबिन गर्न विशेष संसदीय समिति गठन भएको छ। सभामुख देवराज घिमिरेले सोमबार प्रतिनिभिसभाको बैठकमा समिति गठनको प्रस्ताव गरेका हुन्। समितिलाई २१ दिनको समय दिइएको छ। समितिमा नेपाली कांग्रेसले जीवन परियार र शुशिला थिङलाई समितिमा पठाएको छ। नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा रहेका छन्।त्यस्तै माओवादी केन्द्रले सांसद माधव सापकोटालाई समितिमा पठाएको छ। त्यसैगरि  रास्वपाबाट गणेश पराजुली, राप्रपाबाट  रोशन कार्की रहेका छन्।शनिबार सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर

    • प्रकाशित मितिः असार २३, २०८२
    • 682 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.