काठमाडौं / लोक सेवा आयोगले स्वास्थ्यका विभिन्न पदमा ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८ औं तहमा विज्ञापन खुलाएको हो ।लोक सेवाले खुला, समावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलजिस्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको हो।
विराटनगर / विराटनगर महानगरपालिकाले शुक्रबारदेखि विद्यालय खोल्न महानगरभित्रका सबै शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ । मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले निर्णय गरेर महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको हो ।महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्णप्रसाद भट्टराईका अनुसार कोभिड –१९ को जोखिम कम हुँदै गएको र शिक्षा मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव श्रोत विकास महाशाखाले रेडियो टेलिभिजनबाट सञ्चालन गर्दै आएको कक्षासमेत बन्द गरेकोले सबै पक्षहरूसँग छलफल गरेर विद्यालय खोल्ने निर्णय गरिएको जानकारी दिए ।अधिकृत भट्टराईले हस्ताक्षर गरेक
बिर्तामोड / नेपाल खुला विश्वविद्यालय करिब पाँच महिनादेखि पदाधिकारी विहीन बनेको छ । तत्कालीन उपकुलपति प्राध्यापक डा. लेखनाथ शर्मा र तत्कालीन रजिस्ट्रार सहप्राध्यापक कमल ढकालको कार्यकाल पूरा भएपछि खुला विश्वविद्यालय पदाधिकारी विहीन बनेको हो।पदाधिकारीविहीन हुँदा विश्वविद्यालयको दैनिक कार्यसम्पादनमा असर परेको निमित्त उपकुलपति प्रा.डा. इन्द्रबहादुर कार्कीले बताए ।विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डीन प्रा.डा. इन्द्रबहादुर कार्की निमित्त उपकुलपतिको जिम्मेवारीमा छन्। उनले भने, ‘नीतिगत कामहरु सबै प्रभावित छ । लामो समयसम्म पदाधिकारी नियुक्ति नहुँदा काम गर्न समस्या भइरहेको छ ।’पदाधिकारी तथा डी
काठमाडौँ / काठमाडौंको सानोभर्याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् । दैलेखको गुराँस गाउँपालिका –२ बस्ने दानबहादुर शाहीका छोरा २४ वर्षीय राजेश शाही लामो समयदेखि बेपत्ता रहे पनि उक्त घटनाको खास कारण खुल्न सकेको छैन ।काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले शाही बेपत्ता भएको भनी प्रहरीमा निवेदन परेलगत्तै खोजी सुरु गरिए पनि अहिलेसम्म अवस्था पत्ता नलागेको जानकारी दिए । ‘कलेजबाट निस्केर गएको भन्ने छ, हामी खोज्दै छौँ, कारण पत्ता लागिसकेको छैन’, बस्नेतले भने।उनका
बिर्तामोड / काठमाडौं विश्वविद्यालयलाई नर्वे सरकारले ३० करोड ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सहयोगसम्बन्धी सम्झौतामा विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नर्वेजियन राजदूत तोरुन द्राम्दालबीच हस्ताक्षर भएको इनर्जाइज नेपालका असिष्टेष्ट प्रोग्राम म्यानेजर नवराज सन्जेलले जानकारी दिए । यो सहयोग राशितसहित ‘इनर्जाइज नेपाल’ को कार्यक्रम अवधि ३९ महिनालाई थप गरिएको छ । यस कार्यक्रमअन्तर्गत १२ वटा प्रतिस्पर्धी अनुसन्धानमूलक आयोजना र १० वटा नयाँ व्यावसायिक योजनालाई खर्च हुने सन्जेलले बताए ।यसबाहेक १५ वटा विद्यावारिधि र ३० वटा एमएस्सी रिसर्चमा खर्च हुनेछ ।
पाल्पा / कोरोना सङ्क्रमण उच्च जोखिमबाट जोगिन विद्यालय लामो समय सञ्चालन हुन सकेन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थी अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुप¥यो । अनलाइन शिक्षाका निम्ति विद्यार्थीले मोबाइल तथा ल्यापटपको प्रयोग अधिक रुपमा गरे । अहिले भौतिक उपस्थितिमा कक्षा सञ्चालन भए पनि बालबालिकाहरुको किताबमा केन्द्रीत भई अध्ययन गर्नमा रुचीमा भने कमी भएको पाइएको छ ।न्यू होराइजन स्कुल पाल्पाका प्रिन्सिपल, डासुराम पन्तले अनलाईन शिक्षामा विद्यार्थीको मोह किताबी ज्ञान आर्जनमा भन्दा मोबाइल प्रयोगप्रति बढेको बताए । कक्षाकोठामा विद्यार्थी रहेपनि घरमा कतिबेला गएर मोबाइल प्रयोग गर्ने मानसिकता बढेको प्
काठमाडौँ / सामुदायिक विद्यालयका शिक्षकको पदपूर्ति र अध्ययन अनुमतिपत्रका विषयमा देखिएका प्रक्रियागत बाधा हटाउन सरकारले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाएको छ ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षालगायत काम रोकिएका थिए ।आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका सामुदायिक विद्यालयमा १७ हजार ४७ जना शिक्षकको दरबन्दी रिक्त रहेको
काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग नेपालस्थित युनेस्को प्रमुख माइकल क्राफ्टले आज शिष्टाचार भेट गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको भेटमा विद्यालयको पूर्वाधार निर्माण तथा कोभिड –१९ ले नेपालको शिक्षा क्षेत्रमा पारेको प्रभावबारे छलफल भएको थियो । सो भेटका अवसरमा मन्त्री पौडेलले युनेस्कोले नेपालमा काम गरिरहेको बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि र स्वास्थ्य नै आफूहरूको प्राथमिकतामा रहेको स्पष्ट गरेका थिए ।मन्त्री पौडेलले शिक्षा नै सबै नागरिकको ढोका खोल्ने अवसर भएकाले युनेस्कोलाई नेपालम
बलेवा / सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा विद्यालय कर्मचारी, सहयोगी र बालविकास सहजकर्ताको मासिक तलब वृद्धि गर्ने घोषणा गर्यो । तर, बागलुङका केही स्थानीय तहले अझै त्यसलाई कार्यान्वयन गर्न सकेका छैनन् ।संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा वृद्धि हुने भनिएको तलब केही स्थानीय तहमा भने वृद्धि हुन सकेको छैन । जिल्लाकै पुरानो नगरपालिका बागलुङ नगरपालिकाले बालविकास सहजकर्ताको मात्रै तोकिएअनुसारको तलब वृद्धि गरेको छ ।बालविकास सहजकर्ताको तलब मासिक ६ हजारबाट वृद्धि भएर १५ हजार पुर्याइएको छ । विद्यालय कर्मचारी र सहयोगीको तलब तोकिए बमोजिम वृद्धि नभएको नेपाल विद्यालय कर्मचारी परिषद् बागलुङका अध्यक्
पोखरा / गण्डकी विश्वविद्यालयले स्थापनाको दुई वर्षपछि पढाइ सुरु गर्ने भएको छ । विश्वविद्यालयले भोलि आइतबारदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको हो ।नेपालमै पहिलो पटक खेलकूद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) र ब्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (बिआइटी) विषयको पढाइ सुरु गर्नुअघि विश्वविद्यालयले पहिलो सत्रमा भर्ना भएका विद्यार्थीलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रम शुभारम्भ गर्दै विश्वविद्यालय न्यायिक परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जान
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.