काठमाडौं— त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह जारी रहेको छ। यसपटक १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ।

karki 1

विश्वविद्यालयका अनुसार दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार जनाको सहभागिता रहने अनुमान गरिएको छ। स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्।

pjjj

उत्तीर्ण विद्यार्थीहरूमध्ये १६ हजार ३८० जनाले दीक्षान्त समारोहमा सहभागी हुनका लागि औपचारिक रूपमा निवेदन दिएका थिए।

tuuu

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहलाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको जनाएको छ।