शिक्षा

    Showing 1,001-1,009 of 1,009 items.
  • त्रिविको परीक्षा केन्द्रमा सीसी क्यामेरा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा केन्द्रमा सीसी क्यामेरा राखिने भएको छ ।वार्षिक परीक्षा प्रणाली अनुसारका परीक्षा केन्द्रमा चैत २० गतेभित्र सीसी क्यामेरा जडान गर्न त्रिविको परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको हो । उक्त निर्देशन अनुसार सीसी क्यामेरा जडान नगर्ने परीक्षा केन्द्रलाई आगामी दिनमा परीक्षा सञ्चालन गर्न नदिने चेतावनीसमेत दिएको छ ।सीसी क्यामेरामा परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका शीलबन्दी गर्ने कक्ष र प्रवेवशद्वारको सम्पूर्ण दृश्य देखिनुपर्ने र कम्तीमा डेढ महिनासम्म रेकर्ड गर्न मिल्ने हुनुपर्ने पनि परीक्षा नियन्त्रण कार्यालयको भनाइ छ ।नियमित परीक्षालाई विश्वसनी

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 173 पटक पढिएको
  • ‘बी एण्ड सी’ अस्पतालले मेडिकल कलेजको सबन्धन पाउने

    बिर्तामोड। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको ‘बी एण्ड सी’ मेडिकल कलेजलाई सम्बन्धन दिइने बताएका छन् । बी एण्ड सीका संचालक दुर्गा प्रसाईंकै नेतृत्वमा खुलेको क्यान्सर अस्पताल उद्घाटन गर्न झापा पुगेका प्रधानमन्त्री ओलीले मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा गरेका हुन्।प्रधानमन्त्री ओलीले भने– ‘साथीहरुले बीएण्डसीलाई मेडिकल कलेज भन्न मिल्छ भनेर प्रश्न सोध्नुभयो । अब मिल्छ । यो अस्पताल मात्रै होइन, शिक्षण अस्पतालका रुपमा अघि बढ्छ । यसको सम्बन्धन काठमाडौं युनिभर्सिटीले दिन्छ ।’ काठमाडौं विश्वविद्यालयको सिनेटले बी एण्ड सीलाई मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरिसकेको छ ।प्रधानमन्त्री ओली र शिक्षामन

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 168 पटक पढिएको
  • शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे विद्यालयमा तालाबन्दी

    लहान । शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण पठनपाठन प्रभावित भएको छ ।विगत एक वर्षदेखि आफ्ना शिक्षकले तलब नपाउँदा समस्यामा परेको भन्दै विद्यार्थीले आफ्नै विद्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । निजी स्रोतमा कार्यरत विद्यालयका चार शिक्षकले गत चैत महिनादेखि तलब सुविधा नपाएको भन्दै शिक्षकले पठनपाठन बन्द गरेपछि विद्यार्थीले पनि शिक्षकको समर्थनमा तालाबन्दी गरेको कक्षा १० मा अध्ययनरत अन्सु यादवले जानकारी दिए ।कोभिड–१९ का कारण गरिएको लकडाउनपछि विद्यालय खुले पनि तलब

    • प्रकाशित मितिः फागुन १३, २०७७
    • 186 पटक पढिएको
  • एसईई जेठ दोस्रो साताभित्रै सक्ने बोर्डको तयारी

    बिर्तामोड। राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ दोस्रो साताभित्रै सक्ने गरी संचालन गर्ने तयारी थालेको छ ।शिक्षा नियमालीको नवौं संशोधनलाई सदर गर्दै मन्त्री परिषद्ले जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार एक गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा जुटेको हो ।परीक्षा नियन्त्रक रामराज खकुरेलले जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारीमा जुटेको बताए । उनले भने, ‘बोर्डले मिति तय गरेको छैन । तर, जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारी थालेका छौं ।’सरकारले राजपत्रमा सूचना जारी गरी शिक्षा ऐन

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 182 पटक पढिएको
  • एक वर्षपछि खुले मनाङका विद्यालय

    काठमाडौँ । कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा भएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय वि.सं. २०७६ चैत महिनादेखि हालसम्म बन्द भएका छन् ।पहुँच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहाँ भने कुनै पनि कक्षा सञ्चालन प्रभावकारी भएन । एक त विकट ठाउँ त्यसमा पनि कोरोना कहरमा घरदेखि बाहिर निस्कने वतावरण नहुनुले पनि कठिन भएको स्थानीय अभिभावक बताउँछन् ।केही दिन अगाडि मात्र तल्लो भेगका विद्यालय खुलेका हुन् । सदरमुकाम चामे र नासो गाउँपालिकामा रहेका विद

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 162 पटक पढिएको
  • विद्यार्थी नभएको विद्यालय नियमित सञ्चालनमा

    बारा । बारा सदरमुकाम कलैयाबाट लगभग १० किलोमिटर पूर्वमा एउटा त्यस्तो विद्यालय छ, जहाँ शिक्षक छन् र विद्यार्थी भने छैनन्, भन्ने सुन्दा अचम्म लाग्छ । यो सत्य हो । कलैयाको महागढीमाई नगरपालिका–४ मल्हनी टोलमा रहेको बाल विकास प्राथमिक विद्यालय विगत एक वर्षदेखि विद्यार्थी बिना सञ्चालनमा छ ।सो विद्यालयमा एक प्रधानाध्यापक, एक बालविकास शिक्षिका र एक कार्यालय सहयोगी गरी तीन कर्मचारी रहे पनि विद्यार्थी नभएपछि शिक्षक घाम तापेर दिन बिताउने गरका छन् । विद्यार्थी नहुँदा शिक्षक विद्यालय आएर हाजिर लगाएर घर जाने गर्दछ । विद्यालयमा विद्यार्थी नभए पनि त्यहाँ रहेका शिक्षक भने तलब भत्ता खाएर दिन बिताउने गरेको र

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 166 पटक पढिएको
  • उच्च शिक्षा अध्ययन गर्ने छोरी–बुहारीलाई छात्रवृत्ति

    काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न चाहने छोरी तथा बुहारीलाई वागमती प्रदेश सरकारले छात्रवृत्ति दिने भएको छ । तर त्यस्तो छात्रवृत्ति स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरतले मात्र पाउनेछन् । प्रदेशभित्रका सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा प्रथम वर्ष वा समेस्टरमा अध्ययनरत छोरी तथा बुहारीलाई छात्रवृत्ति दिन लागिएको वागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले  जनाएको छ । छात्रवृत्ति वागमती प्रदेशका १३ वटै जिल्लामा वितरण गरिनेछ । त्यसका लागि आवेदन बुझाउन निर्देशनालयले १५ दिनको समय दिएको छ । आवेदन निर्देशनालयको वेबसाइटमा गएर डाउनलोड गरी तोकिएको स्थानमा बुझाउनुपर्नेछ । 

    • प्रकाशित मितिः माघ २६, २०७७
    • 171 पटक पढिएको
  • पशुपतिलाई हिन्दु विश्वविद्यालय बनाउने तयारी सुरु

    काठमाडौं । मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन र जगेर्ना गर्ने उद्देश्यसहित पशुपति हिन्दु विश्वविद्यालय स्थापनाको तयारी सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा स्थापना गर्न लागिएको यस विश्वविद्यालय स्थापनाका लागि अध्ययन थालिएको छ ।कोषका सदस्यसचिव प्रदीप ढकालले मुलुकको सनातन संस्कृतिको अध्ययन, अध्यापन, संरक्षण तथा प्रवद्र्धन गर्न कोषले ‘पशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने अवधारणा ल्याई निर्माण प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । पशुपति क्षेत्रको सम्पूर्ण विकासका लागि यसअघि निर्माण गरिएको गुरुयोजनामा समेत हिन्दु विश्वविद्यालय स्थापनाको प्रस्ताव समावेश गरिएको जानकारी दिँ

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 250 पटक पढिएको
  • विद्यार्थी र शिक्षकलाई कोरोना खोप लगाउन आग्रह

    काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ ।महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले  आज जारी गर्नुभएको विज्ञप्तिमा लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालन हुन लागेकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको कार्यक्रम मिलाउन आग्रह गरिएको हो । सो क्रममा महासङ्घले विद्यालय तहमा आवश्यक सहजीकरण गर्ने पनि जनाइएको छ ।

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 134 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.