काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न चाहने छोरी तथा बुहारीलाई वागमती प्रदेश सरकारले छात्रवृत्ति दिने भएको छ । तर त्यस्तो छात्रवृत्ति स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरतले मात्र पाउनेछन् । 

प्रदेशभित्रका सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा प्रथम वर्ष वा समेस्टरमा अध्ययनरत छोरी तथा बुहारीलाई छात्रवृत्ति दिन लागिएको वागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले  जनाएको छ । छात्रवृत्ति वागमती प्रदेशका १३ वटै जिल्लामा वितरण गरिनेछ । त्यसका लागि आवेदन बुझाउन निर्देशनालयले १५ दिनको समय दिएको छ । 

OM Sai Pathibhara Hospital

आवेदन निर्देशनालयको वेबसाइटमा गएर डाउनलोड गरी तोकिएको स्थानमा बुझाउनुपर्नेछ ।  सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ र काभ्रेपलाञ्चोकका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा  आवेदन बुझाउन सकिनेछ । काठमाडौं, ललितपुर र भक्तपुरको हकमा शिक्षा तालिम केन्द्र त्रिपुरेश्वरमा आवेदन बुझाउन प्रबन्ध मिलाइएको निर्देशनालयले जनाएको छ ।  नुवाकोट र चितवनको हकमा शिक्षा तालिम केन्द्र र मकवानपुरको हकमा शिक्षा विकास निर्देशनालयमै गएर बुझाउन सकिनेछ । 

आवेदनको साथमा शैक्षिक योग्यता र नागरिकताको प्रमाणित प्रतिलिपि, दलित, जनजाति, शहीद बेपत्ता परिवारका विद्यार्थी भएमा सोको सम्बन्धित संस्थाबाट प्रमाणित प्रतिलिपिलगायत कागजात  बुझाउनुपर्नेछ । 

 xori buhari