समाज

    Showing 9,591-9,600 of 11,162 items.
  • गोकर्णेश्वरबाट पेस्तोलसहित युवक पक्राउ

    काठमाडौं— काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित भाडगाउँबाट प्रहरीले पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपािलका–२० घर भएका सुदन जोशी छन् । प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव सिंह भाट नेतृत्वको टिमले गएराति उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो । आरोपीको साथबाट एकथान पेस्तोल, १० राउण्ड गोली र २५० ग्राम लागुऔषध पोल्याण्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए । आरोपीको साथबाट प्रहरीले १० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको छ । 

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 301 पटक पढिएको
  • विभिन्न ठाउँबाट प्रतिबन्धित लागूऔषध सहित १५ जना पक्राउ

    काठमाडौं— सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते  वडा प्रहरी कार्यालय भद्रपुर र लागु औषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । झापा नगरपालिका—५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका–१ का ३० का तोयनाथ वास्कोटा, २२ बर्षीय निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम  ब्राउन सुगरसहित र पाँचथर फिदिम नगरपालिका–४ का २० बर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले जानकारी दिए । 

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 319 पटक पढिएको
  • कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी २४ बर्ष पछि पक्राउ

    काठमाडौं— जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी भोजपुर पौवादुम्मा गाउँपालिका–६ का ४६ बर्षीय शान्त कुमार राईलाई घटनाको २४ बर्ष पछि पक्राउ गरेको छ । भोजपुरको सविक ठुलोदुम्मा गा.वि.स.–८ का बिजय कुमार राईलाई शान्त कुमार राईले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाईते बनाएकोमा बिजय कुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो । घटना पश्चात तत्काल भागी फरार रही लुकि छिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँ घरमा नै आएको अवस्थामा प्रहरीले २०८१ साल फागुन २५ गते पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानक

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 309 पटक पढिएको
  • हनुमन्ते खोलामा फेला परेको शव पहिचान

    काठमाडौं— भक्तपुर नगरपालिका–१, सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शव पहिचान भएको छ । शनिबार दिउँसो ३ः४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।उक्त शव रामेछापको गोकुलगंगा गाउँपालिका–५, कानीटार घर भई भक्तपुरको जगातीमा बस्दै आएका २१ वर्षीय रञ्जित विकको भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डीएसपी ढुण्डिराज नेउपानेले बताए ।रञ्जितकी दिदी पूजा प्रहरी सम्पर्कमा आई शवको पहिचान गरेको उनले जानकारी दिए । सोमबार ९फागुन २६० दिउँसो पूजाकी भाउजू शर्मिला गजमेरले शव बुझी लगेको उनले बताए ।नग्न अवस्थामा शव फेला परेको थियो । स्थानीयले खबर गरेपछि तत्काल घटनास्थलमा पुगेर प्

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 446 पटक पढिएको
  • विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका–२ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–१४ चौभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।अमेरिका पठाइदिन्छु भन्दै सालिकरामले १ जना पीडितबाट ५ लाख रूपैयाँ र क्यानडा पठाइदिन्छु भन्दै एलिनाले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अ

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 576 पटक पढिएको
  • महानगरले पठाएको जरिवानापत्र राप्रपाले अझै पाएन

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले काटेको भनिएको जरिवानापत्र प्राप्त नगरेको जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महानगरले पठाएको भनिएको जरिवानापत्र नपाएको बताए ।“महानगरले पठाएको जरिवानापत्र आइपुगेको छैन, सामाजिक सञ्जालमार्फत मात्र थाहा पायौँ । आधिकारिकरूपमा पत्र आएपछि छलफल हुन्छ,” प्रवक्ता श्रेष्ठले भने ।आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गर्नुपर्ने बेहोराको पत्र काटेको थियो ।महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापामगरले महानगरले

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 410 पटक पढिएको
  • वायु प्रदूषणको तह बढेसँगै काठमाडौंसहित आठ सहर अस्वस्थकर

    काठमाडौं— काठमाडौं उपत्यकासहित देशभरका नौ सहर सोमबार (आज) अस्वस्थकर बनेका छन् । वायु प्रदूषणको तह बढेसँगै नौ सहर अस्वस्थकरको सूचीमा परेका हुन् ।वातावरण विभागका अनुसार, काठमाडौंको शंखपार्क सोमबार बिहान ‘सर्वाधिक’ प्रदूषित बनेको छ । सोमबार मध्याह्न १२ बजे शंखपार्कको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७२ रहेको वातावरण विभागको तथ्यांक छ ।सोही समयमा देशका नौ सहर ‘अस्वस्थकर’ छन् । काठमाडौंको रत्नपार्कको एक्यूआई १५९ पुगेको छ । ललितपुरको भैँसेपाटी र खुमलटारको एक्यूआई क्रमश– १६९ र १५५ छ । भक्तपुरको एक्यूआई पनि १६१ छ ।उपत्यकाबाहिर काभ्रेको धुलिखेलको एक्यूआई १५५, देउखुरी दाङको १५४ र धनगढी कैलालीको १५३ पुग

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 455 पटक पढिएको
  • महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं— काठमाडौंबाट २३ वर्षीया र ३६ वर्षीया महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र २४ वर्षीय सोमबहादुर तामाङ रहेका छन् ।मंसिर १८ मा उनीहरुले महिलाहरुलाई दार्जिलिङ घुम्न जाने र मोबाइल किनिदिने आश्वासन दिएर झापा हुँदै इलाम लगेका थिए । त्यहाँबाट कोलकत्ता हुँदै दिल्लीमा १७ दिन राखेर पुणेमा लगेर बेचेको मानव बेचविखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले बताए ।भारतीय रुपैयाँ डेढ लाख र दुई लाख रुपैयाँ बेचेर उनीहरु फर्केको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौंबाट पक्राउ परेका मानबह

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 377 पटक पढिएको
  • कांग्रेसको ‘मिसन’ रोजगारी अभियान शुरु

    काठमाडौं— नेपाली कांग्रेसले ‘मिसन’ रोजगारी अभियान सुरु गरेको छ । आइतबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिसन रोजगारी अभियानको शुभारम्भ गरेका हुन् ।‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार— सरकारको प्राथमिकतामा रोजगार’ भन्ने नाराका साथ मिसन रोजगारी अभियान थालिएको महामन्त्री थापाले जानकारी दिए ।यसक्रममा विषयगत र क्षेत्रगत रूपमा गोलमेच छलफल गरिने उनले बताए । पहिलो चरणमा ६ महिना रोजगारीका विषयमा संवाद र अध्ययनका निम्ति निचोड निकालिने उनले जानकारी दिए ।अर्का महामन्त्री शर्माले कांग्रेसले लिएको नीतिका कारण थोरै भए पनि देशमा रोजगारीको सिर्जना भएको जिकि

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 414 पटक पढिएको
  • राजावादीको प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

    काठमाडौं— राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसपी सञ्जयबहादुर राउतले जानकारी दिए ।उनका अनुसार, अहिले त्रिभुवन विमानस्थल आसपासका सडकमा अत्यधिक जाम छ । “विमानस्थल प्रवेशद्वार गोल्डेन गेटबाटै सडक एकतर्फी गरिएको छ । सिनामंगल, गौशाला, कोटेश्वर, तीनकुनेलगायत सडकबाट राजावादीहरूको चलहपहल सुरु भएकाले सडक व्यस्त देखिन थालेको छ,” एसपी राउतले भने ।ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी डाइभर्सन गर्ने

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 563 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.