काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले काटेको भनिएको जरिवानापत्र प्राप्त नगरेको जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महानगरले पठाएको भनिएको जरिवानापत्र नपाएको बताए ।

“महानगरले पठाएको जरिवानापत्र आइपुगेको छैन, सामाजिक सञ्जालमार्फत मात्र थाहा पायौँ । आधिकारिकरूपमा पत्र आएपछि छलफल हुन्छ,” प्रवक्ता श्रेष्ठले भने ।

OM Sai Pathibhara Hospital

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गर्नुपर्ने बेहोराको पत्र काटेको थियो ।

महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापामगरले महानगरले काटेको पत्र आज राप्रपाको पार्टी कार्यालयमा पुग्ने बताए । “राप्रपालाई आइतबार गरिएको जरिवानापत्र आज पुग्ला,” उनले भने ।

महानगरको पत्रमा एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्यान्डमा फोहोर गरेकोउल्लेख छ । बिरुवा र रेलिङमा भौतिक क्षति पुगेको पनि महानगरको पत्रमा उल्लेख छ ।

482627424_1692519721616173_2310452687025635230_n-1741533775