समाज

    Showing 9,491-9,500 of 11,162 items.
  • ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा आगलागी हुँदा १२ लाख रुपैयाँभन्दा बढीको क्षति

    काठमाडौं— सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित कटानीमा रहेको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा गएराति आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ ।आत्मा राम रायको सञ्चालनमा रहेको सो तेल उद्योगमा राति भीषण आगो लागेको थियो । आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायब निरीक्षक उदय कुमार झाको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार तथा आगो नियन्त्रण कार्यमा जुटेको थियो ।प्रहरी टोली, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासपछि आगो करिब तीन घण्टापछि  पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो ।प्रारम्भिक अनुमानअनुसार, आगलागीका कारण उद्योगमा भ

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 347 पटक पढिएको
  • जुवा खालबाट एक लाखसहित १३ जना पक्राउ

     काठमाडौं— धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका—३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर, धनगढी—३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द, घोडाघोडी नगरपालिका—२ बस्ने ४१ वर्षीय दुर्गा अधिकारी रहेको डीएसपी बोहराले बताए ।यस्तै बझाङको छविस पाथिभेरा गाउँपा

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 297 पटक पढिएको
  • चितुवाको आक्रमणबाट बालिकाको मृत्यु

     काठमाडौं— तनहुँमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु भएको छ। बन्दीपुर गाउँपालिका— २ कामी डाँडा बस्ने इसुब विककी छोरी ९ वर्षीया अनुजा विकको मृत्यु भएको हो।शुक्रवार साँझ फुपू दिदी फूलमाया विकको घरमा बत्ती लिन गएको बेला चितुवाले आक्रमण गरेको  जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए। थापाका अनुसार  बेलुकी घर नर्फिएपछि खोजी गर्ने क्रममा उनलाई मृत फेला पारिएको हो। घरबाट एक हजार पाँच सय मिटर कटुस घारीमा टाउको र घाँटी टोकी दाहिने खुट्टाको साप्रा खाइसकेको अवस्थामा शव फेला परेको थियो।बस्तीमा पसेर मानिसलाई आक्रमण गरी मार्न थालेपछि स्थानीय बासिन्दा आतंकि

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 316 पटक पढिएको
  • ट्रकले किच्दा दिदीको मृत्यु, बहिनी घाइते

    काठमाडौं— सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा ट्रकले किचेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् । बाँके–सङ्ग्रामपुर सडकअन्तर्गत शुक्रबार बिहान ट्रकले किच्दा दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छन् ।श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना. ५ ख ३८५८ नम्बरको ट्रकले किच्दा साइकल चलाइरहेकी ईश्वरपुर नगरपालिका–१३, श्रीनगर बस्ने १७ वर्षीया अन्जलीकुमारी महतोको घटनास्थलमै मृत्यु भएको हो भने साइकल पछाडि सवार १५ वर्षीया पूजाकुमारी महतो घाइते भएको प्रहरीले जनाएको छ ।घाइते पूजाको श्रीनगरस्थित स्वास्थ्य संस्थामा उपचार चलिरहेको प्रहरीले जनाएको छ । मृतक अन्जलीको शव पोस्टमार्टमका लागि प्रादे

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 384 पटक पढिएको
  • नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई महिला पक्राउ

    काठमाडौं— जिल्ला प्रहरी कार्यालय बागलुङले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा खाजाघर र रेस्टुरेन्टमा ललगाई फकाई गरी नाबालिकालाई यौन गतिविधिमा लगाउने दुई जनालाई बुधबार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा तमानखोला खाजाघर बुर्तिबाङका सञ्चालक तमानखोला गाउँपालिका–१ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर बुर्तिबाङका सञ्चालक मकवानपुर कैलाश गाउँपालिका–९ की ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जन रहेका जिप्रका बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय यादवले जानकारी दिए ।डिए

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 472 पटक पढिएको
  • तीनकुने घटनाः तोडफोड र आगजनीमा उत्रिएका थप ३ जना पक्राउ

    काठमाडौं— गत चैत १५ गते काठमाडौंको तीनकुने प्रदर्शनमा निजी तथा सार्वजनिक सम्पतिमा तोडफोड र आगजनी लगायतका कार्यमा संलग्न थप ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ३१ वर्षीय शिशिर जिसी, कैलालीको धनगढी उपमहानगरपालिका–२ का ६१ वर्षीय डण्डपाणी रेग्मी र सर्लाहीको मिर्चैया नगरपालिका–६ का ४६ वर्षीय मनोज कुमार सापकोटा रहेका छन् ।उनीहरूमाथि अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 379 पटक पढिएको
  • शंखमूलमा एक व्यक्ति मृत भेटिए

    काठमाडौं— काठमाडौं महानगरपालिका–३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् ।मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 302 पटक पढिएको
  • सहकारी पीडितः राँके जुलुस निकालेको आरोपमा २४ जना पक्राउ

    काठमाडौं— राँके जुलुस निकालेको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । राँके जुलुस निकालिएका सहकारी पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो ।केही व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।‘राँके जुलुससहित हुलहुज्जत गर्नेलाई नियन्त्रणमा लिइएको हो । अवस्था हेरेर छाड्ने कि म्याद थप गर्ने भन्ने टुंगो लाग्ने,’ उनको भनाइ छ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले नियन्त्रणमा लिइएका व्यक्तिलाई तत्काल रिहा गर्न माग गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राखेर अमानवीय व्यवहार गरिएको भन्दै अभियानका सचिव रामनारायण श्रेष्ठले विज्ञप्ति समेत निकाले

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 342 पटक पढिएको
  • मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३१ जना घाइते

     काठमाडौं— मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर –३ चिसापानी बजार स्थित धरान चतरा सडक खण्डमा बस अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सिन्धुलीबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।  उनका अनुसार भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा गएराति ९ः३० बजेको समयमा चिसापानीबजार स्थित धरान

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 257 पटक पढिएको
  • गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

     काठमाडौं— उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ। गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उनले बताए। 'गए रातिदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्, हिमपातले यस क्षेत्रमा चिसो एक्कासी बढेको छ', उनले भने।साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ। हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन्। स्थानीयवासीलाई घरबाहिर निस्कन कठिन

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 321 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.