समाज

    Showing 9,241-9,250 of 11,162 items.
  • लागू औषध ब्राउन सुगरसहित झापा र मोरङबाट ४ जना पक्राउ

    विराटनगर– मोरङ र झापाका विभिन्न स्थानहरूमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गर्न सफल भएको छ। लागू औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालयबाट खटिएका टोलीहरूले फरक-फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।झापा जिल्ला, मेचीनगर नगरपालिका–६, पुरानो मेचीपुलस्थित चेकजाँचको क्रममा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले कन्काई नगरपालिका–४ का ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यसैदिन, अनारमनी इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले झापाको बिर्तामोड नगरपालिका–४ बाट दमक नगरपालिका–१ निवासी ३२ वर्षीय विजय कर्मा

    • प्रकाशित मितिः असार ४, २०८२
    • 481 पटक पढिएको
  • धरान र इटहरीबाट ४ हजार २ सय ३० किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा

    सुनसरी—   सुनसरी जिल्लाको धरान र इटहरी क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ। चेकजाँचको क्रममा दुईवटा ट्रकबाट ४ हजार २ सय ३० किलोग्राम गाँजा बरामद गरी ट्रक चालकसहित ४ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।असार २ गते धरान उप–महानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकबाट ७० वटा प्लास्टिकको बोरामा प्याक गरिएको २ हजार १ सय ३० किलो गाँजा फेला परेको हो।त्यस्तै, असार ३ गते इटहरी उपमहानगरपालिका–२० तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले चेकजाँच

    • प्रकाशित मितिः असार ४, २०८२
    • 336 पटक पढिएको
  • प्रधानमन्त्रीको सकारात्मक आश्वासनपछि आजदेखि सुन पसल खुल्ने

    काठमाडौं— सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको टोलीले मङ्गलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् । भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जान

    • प्रकाशित मितिः असार ४, २०८२
    • 363 पटक पढिएको
  • मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किँदा एकको मृत्यु एक जना घाइते

    सप्तरी— जिल्लामा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।शम्भुनाथ नगरपालिका– २ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने गोविन्द चौकमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक रुपनी गाउँपालिका–१ घर भएका २० वर्षीय मो. आजादको मृत्यु भएको हो ।गएराति पूर्वबाट पश्चिमतर्फ गइरहेको स १ त ४९७२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्र २–००१–प ३१३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका आजादलाई प्रहरीले उद्धार गरी उपचारका लागि युनिक अस्पताल रायपुरमा ल्याई थप उपचारका लागि राजविराजस्थित

    • प्रकाशित मितिः असार ४, २०८२
    • 233 पटक पढिएको
  • एकतर्फी खुल्यो अवरुद्ध कालीगण्डकी करिडोर

    गुल्मी— गुल्मीको कालीगण्डकी गाउँपालिका– ६ बर्लाबास्थित कालीगण्डकी करिडोर सडकखण्ड एकतर्फी रुपमा खुलेको छ । पहिरोका कारण सोमबारदेखि अवरुद्ध भएको सडकखण्ड मङ्गलबार साँझदेखि एकतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार सोमबार दिनभर पहिरो खसेको थियो । निकै लामो प्रयासपछि सडक एकतर्फी खुलेको हो ।यहाँबाट पर्वत, बाग्लुङ र पोखरासम्म आवतजावत गर्न समस्या भइरहेको थियो । ठुलो चट्टानसहित खसेको सुख्खा पहिरोका सडक सडक दुईतर्फी सञ्चालन हुन अझै समय लाग्ने बताइएको छ । सडक अवरुद्ध हुँदा सवारी

    • प्रकाशित मितिः असार ४, २०८२
    • 315 पटक पढिएको
  • खोला दोभानमा वेवारीसे अवस्थामा शव भेटियो

     तनहुँ— तनहुँको व्यास नगरपालिका—१ स्थित बुल्दीखोला र मादीसेतीको दोभानमा आज एक पुरुषको शव भेटिएको छ।स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षक आशिष विकको नेतृत्वमा पुगेको टोलीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।मृतकको शव प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएको छ। शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार ४, २०८२
    • 183 पटक पढिएको
  • २,१०० किलो गाँजासहित तीन जना पक्राउ

    धरान — सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित धरान–तरहरा सडकखण्डबाट २,१०० किलो गाँजासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ट्रक चालक धनकुटाका ३२ वर्षीय राजेन्द्र राई , सहचालक ३३ वर्षीय सुनिल राई र सुनसरीका ३४ वर्षीय सुमन राई छन्।उनीहरूमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सुमनकुमार तिमल्सिनाले जानकारी दिए।

    • प्रकाशित मितिः असार ३, २०८२
    • 401 पटक पढिएको
  • ऐतिहासिक नहर अब पक्की संरचनामा रूपान्तरण हुँदै

    म्याग्दी— म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ । उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौंको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए। “कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पु(याउन नसक्ने अवस्था थियो,” उनले भने, “गण्डकी प्रदेश सर

    • प्रकाशित मितिः असार ३, २०८२
    • 224 पटक पढिएको
  • ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका डा. श्रेष्ठ गृहमन्त्रीसँग भेट

    काठमाडौं — फेसबुकमा ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। उनले मंगलबार भैँसेपाटीस्थित मन्त्री निवास पुगेर गुनासो पोखेका हुन्।गृहमन्त्रीसँगको भेटमा डा. श्रेष्ठले कार्यक्षेत्रमा भोगेको प्रशासनिक अन्याय र मानसिक दबाबबारे बताएका थिए। गृहमन्त्री लेखकले डा. श्रेष्ठलाई आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका छन्। रामेछाप जिल्ला अस्पतालमा दुई वर्षभन्दा बढी सेवा गरेका डा. श्रेष्ठ हाल हेटौँडा सरुवा भएका छन्। उनले रामेछापमै अमानवीय व्यवहार भएको आरोप लगाउँदै फेसबुकमा 'अलविदा' लेखेपछि सोमबारदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीले उनलाई बालाजु क्षेत्रम

    • प्रकाशित मितिः असार ३, २०८२
    • 456 पटक पढिएको
  • जुम्लामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मुत्यु, ४ जना घाइते

    मुगु— जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गएराती लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।दुर्घटनामा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रोहित रसाइलीले जानकारी दिए।दुर्घटनाबाट मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–९ का वर्ष ४८ का जोखे सार्कीको उपचारको क्रममा गएराती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रसाइलीले बताएका हुन्।घाइते हुनेमा चन्दननाथ नगरपालिका–९ तल

    • प्रकाशित मितिः असार ३, २०८२
    • 310 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.