समाज

    Showing 9,081-9,090 of 10,220 items.
  • होटलमा युवती मृत फेला

    कैलाली / कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन्। लम्कीचुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन्।आज (शनिबार) दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायले जानकारी दिए । उपाध्याका अनुसार उनी धमला होटलको दोस्रो तलास्थित कोठा नं २०९ मा मृत फेला परेकी हुन् । 

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 205 पटक पढिएको
  • उपचार खर्च नहुँदा भाेजपुरका दुई दाजुभाइ सात वर्षदेखि खोरमा

    भोजपुर / आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि भोजपुरमा दुई युवालाई खोरमा राखिएको छ । भोजपुरको साल्पासिछो गाउँपालिका –२ का ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्बर चौहानलाई खोरमा राखिएको हो । मानसिक सन्तुलन गुमेका उनीहरूको आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि खोरमा राख्नु परेको बुबा छत्रबहादुर चौहानले बताए । छत्रबहादुरका अनुसार डेगराजलाई खोरमा राखेको सात वर्ष भयो भने डम्बरलाई राखेको दुई वर्ष भयो । उनीहरूलाई घरको सिकुवामा काठको खोर बनाएर राखिएको छ । छोराहरूलाई यसरी खोरमा राख्दा आफूलाई नै पीडा हुने छत्रबहादुर बताउँछन् । छत्रबहादुरका अनुसार उनीहरूको काठमाडौँमा रहेको पाटन अस्पतालमा

    • प्रकाशित मितिः चैत २३, २०७८
    • 270 पटक पढिएको
  • दमकमा पोखरीमा डुबेर एक किशोरको मृत्यु

     दमक //झापाको दमकमा  पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ। दमक नगरपालिका -२ स्थित लाँचेको बाँध नामले चिनिने सिमसार क्षेत्रमा रहेको पोखरीमा डुबेर वडा नं. ५ बस्ने १४ वर्षीय रोहन राईको मृत्यु भएको हो । साथीहरुसँग पौडी खेल्न गएका मृतक राई वेपत्ता भएका थिए । सँगै पौडी खेल्न गएका ४ जना मध्ये एक जना पानी भित्रै वेपत्ता भएपछि गाउँलेहरू हो-हल्ला  गर्दै प्रहरीलाई खबर गर्न पुगेका थिए। लगतै उनको खोजीमा खटिएको शसस्त्र प्रहरीको टोलीले  पोखरी भित्र दलदल हिलो भएको ठाउँमा  भासिएर मृत अवस्थामा रहेको उनको शरीरलाई बाहिर निकालेको टोलीमा खटिएका इलाका प्रहरी कार्यालय दमकका  प्रहरी निर

    • प्रकाशित मितिः चैत १९, २०७८
    • 190 पटक पढिएको
  • इटहरीमा आफ्नै श्रीमती र छोरीमाथि धारिलो हतियार प्रयोग , श्रीमतीको अवस्था गम्भीर

     इटहरी// इटहरीमा एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमती र छोरीलाई  गम्भीर घाइते बनाएका छन्। इटहरी उपमहानगरपालिका - ४ का हरि बानियाँले ४० बर्षीया श्रीमती कविता बानियाँ र छोरी कजिना बानियाँलाई धारिलो हतियार  प्रयोग गरेका हुन्।दुवै जनालाई प्रहरीले उद्धार गरेको हो। श्रीमतिको टाउको र शरिरमा गम्भिर चोट लागेको छ ।उनको अवस्था गम्भिर रहेको बताइएको छ। छोरीको पनि शरिरमा चोट लागेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी गराएका छन्।घाइते दुवैलाई उपचारका लागि बिराटनगर स्थित न्युरो हस्पिटलमा पठाइएको छ । यता हतियार प्रहार गर्ने हरिलाई पक्राउ गर

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 200 पटक पढिएको
  • १४ वर्षीया बालिका बलात्कृत

    ललितपुर / ललितपुरमा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भिमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौत रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 196 पटक पढिएको
  • वडा अध्यक्षको हृदयघातले मृत्यु

    सिराहा / पाँच वर्षे कार्यकाल समाप्ती हुनै लागेका बेला सिरहाको गोलबजार नगरपालिका–११का वडा अध्यक्ष रामदेव यादवको हृदयघातका कारण निधन भएको छ ।५२ वर्षीय यादवको शुक्रबार निधन भएको गोलबजार नगरपालिकाले जानकारी गराएको छ । मृतक यादवलाई एक महिनाकै अवधिमा यसअघि पनि दुई पटक हृदयघात भईसकेको थियो ।हृदयघात पछि उपचार गरेर घर फर्किएका उनलाई बिहीबार पुनः हृदयघात भएको थियो । बिहीबार पुन हृदयघात भएपछि उपचारका लागि धरान स्थित वी।पि। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने क्रममा उनको मृत्यु भएको नगरपालिकाले जनाएको छ ।  मृतक यादव नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए । उनको आजै अन्तिम संस्कार ग

    • प्रकाशित मितिः चैत १८, २०७८
    • 211 पटक पढिएको
  • नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चाद्धारा भद्रपुरमा नगर कमिटी गठन

    झापा / नेकपा माओवादी केन्द्र निकट नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चाले झापाको भद्रपुरमा नगर कमिटी गठन गरेको छ । बिहीबार भद्रपुरमा भएको भेलाले लगन रसाइलीको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको हो । नगर कमिटीको उपाध्यक्षमा टीका दास, गोविन्द खृपाल, नारायण नेपाली र लक्ष्मी रसाइली चयन भएका छन् । त्यस्तै सचिवमा वीरु धमला, सहसचिवमा कुमार बिक, रेणु भुइमाली चयन भएकी छिन भने कोषाध्यक्षमा उमा चर्मकार चयन भएका छन् । नगर अध्यक्ष मोहन धमलाको अध्यक्षतामा भएको कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्य सुरेश बराइली, मिरा सन्जेल अधिकारी, नगर इन्चार्ज नरेश सन्जेल, सह–इन्चार्ज पुकार राजवंशी, शिवकुमार र

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 163 पटक पढिएको
  • फोहोरको थुप्रोमाथि शिशुको शव फेला

    काठमाडौँ /  काठमाडौँको धोबीखोला कोरिडोरमा एक नवजात शिशुको शव फेला परेको छ । धोबीखोलाको सेतो पुल नजिकै कपडाले छोपिएको अवस्थामा फोहोरको थुप्रोमाथि नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हो ।घटनाका विषयमा अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जनाएका छन् । 

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 258 पटक पढिएको
  • श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

    सोलुखुम्बु  / सोलुखुम्बुमा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नी ३७ वर्षीय श्रीमती मनिला राईको हत्या गरेको अभियोगमा सोलुखुम्बुको माप्य दुधकोसी गाउँपालिका–४का चन्द्र राईलाई पक्राउ गरेको प्रहरीले जनाएको हो । बुधवार राती साँढे ७ बजेको समयमा राईले श्रीमती लाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।  राईले सामान्य वादविवादको क्रममा रिसको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गरेपछि मनिलाको  घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हो ।  घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 137 पटक पढिएको
  • उपमेयरको अगुवाईमा सडक अवरुद्ध

    काठमाण्डौ / गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेको जोरपाटी(साखु सडक खण्ड, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले आज बिहान ७ बजे देखि अवरुद्ध गरेका छन् ।उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुल सम्मको सडक खण्ड बन्द गरेका हुन् ।६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी(साखु सडकखण्ड अझै निर्माण सम्पन्न भैसकेको छैन । धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएको छ । यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन् ।यो सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ । जहाँबाट क्रमशस् नेकपा एमालेका कृष्ण राई र नेकपा एसका अध्यक्

    • प्रकाशित मितिः चैत १७, २०७८
    • 221 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.