समाज

    Showing 9,071-9,080 of 10,220 items.
  • पत्नी हत्यामा सम्लग्न डि .आइ. जी . कोइराला पुन पक्राउ

    २०७९, जेठ १३ गते        पत्नी हत्यामा संलग्न रन्जन कोइराला पक्राउ परेका छन् । शुक्रवार उनी काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका हुन् ।सशस्त्र प्रहरी बलका पूर्वडिआईजी कोइरालालाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए ।बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो ।यसअघिका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गरेको फैसला पुनरावलोकन भएसँगै उनी फेरि पक्राउ परेका हुन्

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 261 पटक पढिएको
  • बलात्कार प्रयासपछि किशोरीमाथि कुटपिट

    ओखलढुंगा / ओखलढुङ्गाको मानेभन्ज्याङ –५ स्थितधिमीले गाउँकी १७ वर्षीया किशोरीमाथि बलात्कारको प्रयासपछि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको मानेभन्ज्याङ –९ स्थित माधवपुरका २७ वर्षीय टंकराज राई रहेका छन् । राईले ती किशोरीमाथि शारीरिक सम्बन्धको प्रस्ताव राख्दा किशोरीले अस्वीकार गरेपछि किशोरी माथि निर्घात कुटपिट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । युवतीलाई घाँटी थिचे, कुटपिट गरेको र टाउकोमा ढुङ्गाले हिर्काए पछि उनको ज्यान गएको ठानेर गहना थुतेर आफू घटनास्थलबाट भागेको राईले बताएका छन् । घाइते युवतीको भने काठमाडौँस्थित शिक्षण अस्पताल

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 296 पटक पढिएको
  • पाथीभराकाे दर्शन गरेर फर्किएकी झापाकी माया फुङलिङमा मृत फेला

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिका –५ बुट्टाबारीकी ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी छिन् । पाथीभरा दर्शन गरेर फर्किएकी लिम्बू ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेस्थित कफी सप होटलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता कुशराम कार्कीका अनुसार श्रीमान् विजय बराइली र माया पाथीभरा दर्शन गरेर फर्किएका थिए । सोमबार दिउँसो विजय एटीएममा पैसा निकाल्न बैंक गएको र फर्किँदा मृत भेटेपछि प्रहरीलाई खबर गरेको कार्कीले बताए । मायाका माइतीपक्षले आफूहरू आएपछि मात्रै शव उठाउन भनेकाले मंगलबार बिहानसम्म पनि शव घटनास्थलमै रह

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 262 पटक पढिएको
  • मेचीनगरमा सुन सहित एक पक्राउ

    झापा / झापाको मेचीनगर-६ बाट प्रहरीले अवैध सुन सहित भारतबाट नेपाल तर्फ आँउदै गरेको १ जनालाई पक्राउ गरेको छ । बुधवार दिउँसो करिव एक बजे कैलाली घर भई दमकमा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसीलाई प्रहरीले अवैध सुन सहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट भारतबाट नेपाल तर्फ आउँदै गरेका जैसीबाट  ३४९ दशमलव ७०० ग्राम (हालको बजार मूल्य अनुसार २८ लाख ८७ हजार १ सय ८२ दशमलब ६५) रुपैयाँ बराबरको सुन बरामद गरेको हो । सुन सहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०७९
    • 212 पटक पढिएको
  • मेचीनगरमा हात्तीको आक्रमण एकको मृत्यु , एक घाइते

    बिर्तामोड / झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका –९ स्थित पशुपति टोलका ७० वर्षीय पेना किसान रहेका छन् । सोमबार दिउँसो ३ः४५ बजे टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनबाट निस्किएको हात्तीले बगरमा हिँडिरहेको अवस्थामा किसानमाथि आक्रमण गरेका थिए। हात्तीको आक्रमणबाट घाइते भएका किसानलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।त्यस्तै हात्तीको आक्रमणबाट मेचीनगर –९ कै ३८ बर्षिया झुमा

    • प्रकाशित मितिः जेठ २, २०७९
    • 141 पटक पढिएको
  • विजयी भएको खबर सुन्न नपाइ अटल बहादुरको मृत्यु

    धनकुटा /  धनकुटाको चौविसे गाउँपालिका –२ को वडा सदस्य पदमा विजयी बनेका ५२ वर्षीय अटल बहादुर सूर्जे मगरको निधन भएको छ।मधुमेह र उच्च रक्तचापका विरामी मगरको मष्तिष्क घातका कारण शनिबार राति निधन भएको हो।अघिल्लो निर्वाचनमा पनि वडा सदस्य पदमा निर्वाचित भएका उनले यस पटक पनि नेकपा एमालेबाट ७९२ मतसहित विजयी भएका थिए । तर, जीतको खबर भने सुन्नै नपाई उनको निधन भएको छ । शनिबार साँझ ६ बजेतिर मतागणना स्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान ल्याइएकाे थियो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसीयु खाली नरहेको बताएपछि विराटनगरको नोवेल अस्पताल पुर्याउन साग उनलाई चिकित

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 246 पटक पढिएको
  • झाडापखालाबाट दुई वर्षीय बालकको मृत्यु, चार जना बिरामी

    तुलसीपुर / दाङको तुलसीपुरमा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी भएका छन् ।मृत्यु हुनेमा उपमहानगरपालिका –११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिए । अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी भएका छन् उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको बताइएको छ । गर्मीयाम सुरु भएयता अस्पतालमा झाडापखालाका बिरामी उपचारका लाग

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 135 पटक पढिएको
  • चुनाव प्रचार प्रसारमा हिँडेका युवकको जिपको छतबाट खसेर मृत्यु

    दाङ / चुनावको प्रचारमा हिँडेका युवकको गुडिरहेको जिपको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान कालिमाटी गाउँपालिका -२ दानीचौरका १८ वर्षीय खुमराज थापा रहेका छन् ।नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार भुपेन्द्र घर्तीमगर सहितको टोलीले उक्त जिप चुनावी प्रचार प्रसारमा प्रयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको लु १ ज ४५९९ नम्बरको जिपको छतबाट आज शनिबार बिहान ११ बजे खसेर गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकै क्रममा मृत्यु भएको हो ।जिपको छतबाट खस्दा थापाको टाउकोमा गम्भीर चोट लागेको र घाइते थापालाई त्यही गाडीमा

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 258 पटक पढिएको
  • वीरता लेडी जेसीजको रक्तदान कार्यक्रम सम्पन्न : २६ महिलासहित ७७ जनाले गरे रक्तदान

    बिर्तामोड / बिर्तामोडमा वीरता लेडी जेसीजको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रगतको चरम अभाव भइरहेको समयमा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा लेडी जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।वीरता लेडी जेसीजको आयोजनामा भएको सो कार्यक्रममा २६ जना महिला सहित ७७ जनाले रक्तदान गरेका छन् । उक्त कार्यक्रमको अध्यक्षता वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरियाले गरेकी थिइन् ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी लगायत लेडी जेसीजका पूर्व अध्यक्षहरूको समेत उपस्थिति रहेको थियो । वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 289 पटक पढिएको
  • झापामा बिहेमा माेटरसाइकल दाइजो मागेपछि बेहुला पक्राउ

    बिर्तामोड / झापाको मेचीनगर –१५ स्थित ज्यामिरगढीबाट दाइजो मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका –४ का २८ वर्षीय डेबिट चौधरी रहेका छन् । हिजो (शुक्रबार) साझ बेहुली अन्माउने बेलामा बेहुलाले दाइजोमा मोटरसाइकल नदिए बेहुली नलाने भन्दै धम्की दिएपछि बेहुलीका बुबा पुष्पलाल राजवंशीले इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दिएका थिए । राजवंशीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटेको टोलीले चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।  प्रहरीले चौधरील

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.