रूकुम पश्चिम— आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा चौरजहारी नगरपालिका–३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

चन्द्र बहादुरले खुकुरी प्रहार गर्दा देविकाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।