समाज

    Showing 9,031-9,040 of 10,220 items.
  • रवि लामिछानेको पक्षमा काठमाडौंको माइतीघर - बानेस्वरमा प्रदर्शन

    झापा । रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । युवाहरुको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज हुने फैसला गरेको थियो ।

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 326 पटक पढिएको
  • मन्त्री सुधन किरातीको दानपेटिकामा जम्मा भयो, छ लाख चार सय चौतिस रुपैया

    सस्कृती पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयमा मन्त्रीको पध्भार ग्रहण गरे लगत्तै सुधन किरातीले बधाइ दिन आउनेनागरिक सुभचिन्तकलाइ खादाको सट्टा दान पेटिका राखेका थिए। आम जनताको लागि केही राम्रो कार्य गने॔ उदेस्यले मन्त्री सुधन किरातीले  बधाई दिन आउने मानुभाबहरूबाट खादा र माला लिनको सट्टा दानको योगदान गर्न दान पेटिका राखेका थिए । बिदा बाहेक सात दिनमा दान पेटिकामा संकलित रकम ,मन्त्रीको एक महिना र सचिवालयको १५ दिनको सुविधा समेत गरी  रू ६ लाख  ४ सय ३४ जम्मा भयो ।  दान पेटिका राख्ने कार्य माघ १३ गते देखिनै बन्द गरिएको छ । यस अभियामा सहभागी सबैमा धन्यवाद  ब्यक्त गर्नु भएको छ मन्

    • प्रकाशित मितिः माघ १४, २०७९
    • 400 पटक पढिएको
  • बानेश्वरमा सुकुम्बासीहरुले गरे प्रदर्शन

    गुप्तचर ब्युरो । सुकुम्बासीहरूले आफूहरुको उचित व्यवस्थापनको माग गर्दै नयाँ बानेश्वरमा धर्ना दिएका छन् । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको नेतृत्वमा बानेश्वर क्षेत्रमा धर्ना दिइएको हो ।भूमि अभियन्तामाथिको झुठो जाहेरी निशर्त फिर्ता गरियोस्, भू-स्वामित्वसहित स्थायी विकल्प बिनाको उठिबास बन्द गर्नुपर्ने, भूमि ऐन बमोजिम लालपुर्जा वितरण गर्नुपर्ने उनीहरू माग छन । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आह्वानमा उनीहरू सडकमा उत्रिएका हुन् ।

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 314 पटक पढिएको
  • माइतीघरबाट जनताको प्रश्न : यो देश वधशाला हो ?

    आत्मदाह गर्ने प्रेमप्रसाद आचार्यको माग पूरा गर्न दबाब दिँदै सरकार विरूद्ध प्रदर्शन भएको छ। आचार्यले उठाएका पच्चिस बुँदे माग पूरा गर्न माग गर्दै सरकार विरूद्ध प्रदर्शन भएको छ।काठमाडौंको माइतीघर र बानेश्वरमा मृतक आचार्यको माग पूरा गर्न युवाहरूले प्रदर्शन गरेका छन्। प्रदर्शनकारी युवाहरूले यो देश हो कि बधशाला ?, देशमै केही गर्छु भन्नु अपराध हो सरकार? खबरदार सरकार अब दलाल पाल्न पाइँदैन, कि यो संकट रहँदैन कि म लगायतका नारा उल्लेखित प्लेकार्ड बोकेका थिए।३७ वर्षीय आचार्यले मंगलबार दिउँसो शरीरमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। उनको उपचारको क्रममा बुधबार बिहान कीर्तिपुर बर्न अस्पतालमा निधन

    • प्रकाशित मितिः माघ १३, २०७९
    • 206 पटक पढिएको
  • आफैँलाई आगाे लगाएका आचार्यकाे निधन

    संसद्भवन अगाडिकाे सडकमा मंगलबार आफैँलाई आगाे लगाएका इलामका प्रेमप्रसाद आचार्यकाे निधन भएकाे छ । उनकाे कीर्तिपुर अस्पतालमा आज बिहान ५ बजे उपचारका क्रममा निधन भएकाे हाे । मंगलबार अपराह्न सामाजिक सञ्जालमा देशमा बाँच्न नसक्ने अवस्था रहेकाे भन्दै स्टाटस मार्फत उनको फेसबुक पेजमा लेखेर संसद् भवनअगाडि पुगेर आफ्नै शरीरमा आगाे लगाएका थिए । प्रहरीले उद्धार गरेर उनलाई २० मिनेटभित्रै अस्पताल पुर्‍याएकाे थियाे । चिकित्सकहरूले आचार्यकाे शरीरकाे ८० प्रतिशत भाग जलिसकेकाे बताएका थिए । आचार्यलाई भेट्न स्वास्थ्य राज्यमन्त्री डा. ताेसिमा कार्की अस्पताल हिजै पुगेकी थिइन् । त्यतिबेला आचार्य बाेल्न सक्ने अव

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 458 पटक पढिएको
  • विमानस्थल गौचरणमा परिणत

    झापा / सोलुखुम्बु जिल्लाको कंगेलडाँडा विमानस्थल वर्षौँदेखि प्रयोगविहीन अवस्थामा छ। सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रूपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका –२ स्थित कङ्गेलडाँडा विमानस्थल सात वर्षदेखि ठप्प रहेको हो। करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो। लामो समय प्रयोगविहीन भएसँगै विमानस्थल अहिले गौचरणमा परिणत भएको छ। प्राविधिक हिसाबले विमानस्थल निर्माण नै त्रुटिपूर्ण रहेकाले मर्मत नगरी सञ्चालन गर्नसक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।२०५२ मा निर्माण सुरु भएको विमानस्थलमा २०६

    • प्रकाशित मितिः माघ ९, २०७९
    • 382 पटक पढिएको
  • हर्क साङपाङले धरानमा चलाए डोजर, सुरक्षाकर्मी र स्थानीयबीच झडप

    धरान  / आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ ।सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ।डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेको छ भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।धरान ५ मा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।यसअघि पनि बन्दै गरेका अवस्थामा उक्त घर भत्काउन नगर प्रहरीसहितको टोली डोजर लिएर उक्त स्थानमा पुगे

    • प्रकाशित मितिः माघ ८, २०७९
    • 320 पटक पढिएको
  • विशाल भण्डारीले सोधेको प्रश्नमा बालेनले भने दारु खाएर राती दु:ख नदेउ

    काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र कमेडी च्याम्पीएनका निर्देशन विशाल भण्डारीबीच समाजिक सञ्जालमा जुहारी चलेको छ ।भण्डारीले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा महानगरपालिकाले अवैध संरचनाहरुमा डोजर चलाएको विषयमा स्टाटस लेखेपछि कमेन्टमै भनाभन भएको हो ।काठमान्डौका मेयर विरुद्ध उठेको प्रश्नहरु सेयर गर्दै निर्देशक भण्डारीले मेयर बालेन साहलाई भत्काउन पुग्यो अब बनाउ भन्दै केही प्रश्नको उत्तर जवाफ दिन आग्रह गरेका थिए । त्यसको जवाफमा मेयर बालेनले. ‘तिम्रो सो पैसाको भोटले चल्छ, तिमी पैसा कमाउन आएको हौं। तिम्रो अस्त्वि पैसा बाहेक केही छैन । तिमीलाई पैसा बाहेक केही कमाउनु छैन । तिमीजस्तो विकाउ मान्छ

    • प्रकाशित मितिः माघ ७, २०७९
    • 304 पटक पढिएको
  • खोटाङमा विद्यालयबाट घर फर्कँदै गरेकी किशोरी मृत फेला

    खोटाङ / खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता किशोरी मृत फेला परेकी छन् ।हलेसी तुवाचुङ नगरपालिका –७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् ।आइतबार दिउँसो घर फर्किनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताएका छन्।घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताएका छन्। ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको वडाध्यक्ष

    • प्रकाशित मितिः माघ २, २०७९
    • 364 पटक पढिएको
  • कचनकवल र कनकाईले बनाए राष्ट्रनिर्माता पृथ्वीनारायणको सालिक

    झापा / कनकाई –१ स्थित पूर्वपश्चिम राजमार्गबाट सय मिटर दक्षिणतिर प्रवेशद्वारमा स्थापित पूर्णकदको पृथ्वीनारायणको सालिकले नागरिकलाई एकीकरणकर्ताको योगदानहरूको सुखद् स्मरण गराउने राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशव ओझा बताएका छन् ।कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले राष्ट्रनिर्माता पृथ्वीनारायणलाई राजमार्गमा हिँड्ने हरेक यात्रीले देखुन् र सम्मान अर्पण गर्न सकुन् भनेर नगरपालिका जाने प्रवेशद्वारमै सालिक स्थापना गरिएको बताएका हुन् ।नगरपालिकाले पृथ्वीनारायण शाहको सालिक निर्माणका लागि रु सात लाख बजेट विनियोजन गरेको थियो । झापाका मूर्तिकार हिम्मत नेम्वाङले मोरङको मिक्लाजुङ बाट ल्याइए

    • प्रकाशित मितिः पुस २७, २०७९
    • 222 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.