काठमाडौं— राजधानीको मिलनचोकस्थित एक कोठामा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्। काभ्रेको चौरीदेउराली गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१, मिलनचोक बसोबास गर्दै आएका ६३ वर्षीय अचुत न्यौपानेको कोठामा जुवा खेलिरहेको अवस्थामा उनलाईसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले बिहीबार साँझ छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूबाट नगद रु ७६ हजार ४ सय ३० रुपैयाँर ६ बुक तास समेत बरामद गरेको छ।

पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।