समाज

    Showing 8,991-9,000 of 10,220 items.
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दै

    झापा । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल दुबईमा बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।यो श्रृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । आजको खेलमा नेपालले युएईलाई हराउन सकेमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।नेपालले अर्को खेलमा भोलि पपुवा न्यूगिनी र आइतवार युएईसँग खेल्नेछ । अङ्क तालिकामा युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अङ्कका साथ पाँचौं स्थानमा छ ।नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपाल शीर्ष तीनमा रहँदै सोझै वि

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 270 पटक पढिएको
  • १ नम्बर प्रदेशको नाम कोशी

    झापा । प्रदेश संरचना कार्यान्वयनमा आएको ५ वर्षपछि प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभाको बुधवार बसेको बैठकको दुई तिहाइ बहुमतले प्रदेश १ को नाम कोशी राखेको हो । प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२ र विपक्षमा चार मत परेको थियो । मतदान प्रक्रियामा छ जना सांसद अनुपस्थित भएका थिए ।नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेश नं १ को दोस्रो सभाको पहिलो अधिवेशनको १३ बैठकबाट प्रदेश नं १ को नाम प्रदेश सभामा तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट कोशी प्रदेश नामकरणसम्बन्धी प्रस्ताव सदनमा पेस

    • प्रकाशित मितिः फागुन १८, २०७९
    • 661 पटक पढिएको
  • प्रदेश १ को नाम कोशी राख्नबाट पछि हट्यो नेपाली कांग्रेस

    झापा । प्रदेश १ को नाम कोशी राख्नेमा सहमत रहेको नेपाली कांग्रेस केही घन्टामै आफ्नो निर्णयबाट पछि हटेको छ । बुधबार बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको थियो ।तर, प्रस्ताव दर्ता भएको केही घन्टामै कांग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन् । उनले किन प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्नेचाहिँ खुलाइएका छैनन् ।उता प्रदेश सभामा प्रदेश १ को नाम किरात लिम्बुवान सगरमाथा राख्न अर्को प्रस्ताव पनि दर्ता भएको छ ।नेकपा (एकीकृत समाजवादी)

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 144 पटक पढिएको
  • शहनाजको शोक प्रस्ताव पारित गर्दै प्रतिनिभि सभा बैठक स्थगित

    झापा । प्रतिनिधि सभाको आज सोमबारको बैठकले प्रतिनिधि सभा सदस्य शहनाज रहमानको शोक प्रस्ताव पारित गरेको छ ।रहमानको निधन भएकोप्रति शोक प्रस्ताव पारित गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेर बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भउको छ ।जनता समाजवादी पार्टी जसपा नेपालबाट समानुपातिक प्रणालीतर्फ प्रतिनिधि सभा सदस्यमा निर्वाचित ६३ वर्षकी रहमानको शनिबार हृदयघातका कारण निधन भएको थियो ।जसपाकी केन्द्रिय सदस्यसमेत रहेकी झापाकी स्थायी बासिन्दा रहमान मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै सांसद बनेकी थिइन् ।

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 134 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने

    झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई समर्थन कायम राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा कुनै निर्णय गरेन ।बैठकपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले अर्को निर्णय नहुँदासम्म सरकारका विषयमा पार्टीको पूर्व निर्णय नै कायम रहने बताए । रास्वपाले गत २२ माघमा नै सरकारबाट बाहिरिने तर समर्थन कायम राख्ने निर्णय गरेको थियो । ‘अहिलेसम्म हाम्रो निर्णय त्यही हो’ उनले भने ।१० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पुष्पकम

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 142 पटक पढिएको
  • सरकारको मुख्य प्राथमिकता सुशासन र विकास भएकाे प्रधानमन्त्री प्रचण्डकाे भनाइ

    झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताउनुभएको छ ।गोरखामा निर्माण भएकाे माछाखोला जलविद्युत् आयोजनाको उद्घाटन गर्दै उहाँले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरुले स्थायित्व दिनेमा विश्वस्त तुल्याउनुभयो ।'यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखमा पालिका र मङ्सिरमा प्रदेश र सङ्घको अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि निर्वाचन प्रक्रिया पाँच वर्षका लागि सकिएको हुन्छ

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 155 पटक पढिएको
  • एमाले सरकारबाट बाहिरिने

    झापा । नेकपा एमाले सरकारबाट बाहिरिने निर्णय गरेको छ । ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । यस्तै, एमालेले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 123 पटक पढिएको
  • पल शाह रिहा

    झापा । नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) रिहा भएका छन् ।उच्च अदालत पोखराबाट हिजो सफाइ पाएपछि शाह आज तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पूरा गरेर छुटेका हुन् ।शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएका छन् । जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरे पनि उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्ट्याइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै एक गायिकाले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । 

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 138 पटक पढिएको
  • ताप्लेजुङमा हिमपात

    झापा । ताप्लेजुङका हिमाली क्षेत्र तथा गाउँहरुमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । आइतवार बेलुका ४ बजेदेखि पानी, हिउँँका साथै केही ठाउँमा असिना समेत परेको हाे। जिल्लाको पाथीभरा क्षेत्रमा ठूलो हिमपात भएको छ । पाथीभरा क्षेत्रको काफ्लेपाटी, माथिल्लो फेदी, तेस्राे तथा पाथीभरा मन्दिरमा ठूलाे हिमपात भएको माथिल्लो फेदीका होटल व्यवसायी इन्द्र नारायण भट्टराई बताउनुहुन्छ । अहिले ताप्लेजुङ बजारबाट देखिने वरिपरिका डाँडाहरु हिउँले सेताम्मे भएका छन् । हिमाली गाउँहरु ओलाङचुङ्गोला, याङ्मा, घुन्सा तथा फलेमा पनि हिमपात भएको छ ।पर्यटकीय गाउँ घुन्सामा करिब २ फिटसम्म हिउँँपरेको डण्डु शेर्पाले बत

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 202 पटक पढिएको
  • घट्याे सुनको भाउ

    झापा । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।तोलामा आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।हिजो सुनको भाउ तोलामा १ लाख २ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ  पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 266 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.