काठमाडौं— त्रिशुलीमा बाढी आउँदा दुई जना नदीको बिचमा फसेका छन्। बिदुर नगरपालिका— १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा एक पुरुष र एक महिला फसेका हुन्।
नदीको बीचमा दाउरा संकलन गर्न पुगेका उनीहरु बिहानदेखि त्यहाँ फसेका थिए। दाउरा संकलनका क्रममा बाढीले नदीको सतह बढेपछि उनीहरु रुख चढेर बसेका हुन्। अहिले घटनास्थलमा सुरक्षा कर्मी र स्थानीय पुगेका छन् भने उद्धारका लागि हेलिकोप्टर पुगेको छ।