समाज

    Showing 8,941-8,950 of 10,220 items.
  • भोलि साउन १ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

    काठमाडौं— ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

    • प्रकाशित मितिः असार ३१, २०८१
    • 289 पटक पढिएको
  • त्रिशूलीमा खसेका एक यात्रुको शव नारायणीमा भेटियो

    काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक व्यक्तिको शव भेटिएको छ। हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो ।चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव देखेपछि प्रहरीलाई खबर गरिएको हो । करिब ३०-३५ वर्ष जतिको पुरुष व्यक्तिको शव भेटिएको जनाइएको छ। मृत भेटिएका व्यक्तिको पर्सबाट ग्लोबल आइएमई बैँकको ऋषि पल साह नामको एटीएम कार्ड पनि भेटिएको छ । उनी भारतीय नागरिक ऋषि साह रहेको खुलेको छ । उनको साथमा रहेक

    • प्रकाशित मितिः असार २९, २०८१
    • 576 पटक पढिएको
  • २४ घण्टामा पहिरोले १५ जनाको ज्यान लियो

    काठमाडौं— विगत २४ घण्टामा पहिरोका कारण १५ जनाको मृत्यु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको विपद् सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायीलगायतका सम्बन्धित निकायहरुसँग छलफल भएको हो ।छलफलका क्रममा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बिहीबारदेखि शुक्रबार दिउँसोसम्म कास्कीमा ११, म्याग्दी दुई, चितवनमा एक जना गरी १५ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको जानकारी दिए ।साथै काठमाडौंबाट गौर र वीरगञ्जबाट काठमाडौँ आउने दुई वटा रात्री बस पहिरोले बगाएको सो बसमा रहेका यात्रुहरुको खोजी जारी रहेको पनि उनले बताए ।उनले यातायात व्यवसायी, केन्द्र सरकार र प्रदेश सर

    • प्रकाशित मितिः असार २८, २०८१
    • 504 पटक पढिएको
  • नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

    काठमाडौं— लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए । उनका अनुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुईतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सिमलतालमा दुईतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए । सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजीकार्य जारी छ । अहिले बस र यात्रुको खोजीका ला

    • प्रकाशित मितिः असार २८, २०८१
    • 375 पटक पढिएको
  • भन्सार छलेर ल्याएको सामान बरामद

    बुटवल— जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छलेर अवैध रूपमा भारतीय सीमा नाकाबाट ल्याइएका सामानहरू बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानमा खटेको प्रहरीले टोलीले सोमबार दुई लाख ८२ हजार ७ सय ९० रुपैयाँ बराबरको अवैध चोरी पैठारी गरेर ल्याएका सामानहरू बरामद गरिएको हो। बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहिया बुझाइएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मनोहर प्रसाद भट्टले जानकारी दिए। साडी, कुर्था सुरुवाल, दौरा सुरुवाल, कोट पाइन्ट, चिनी, प्याज लगायत सामग्रीहरू बरामद गरिएको छ। प्रहरीले रोहणी गाउँपालिका-२ निवासी राजमन हरिजन र सोही गाउँपालिका-७ न

    • प्रकाशित मितिः असार २५, २०८१
    • 392 पटक पढिएको
  • भारतको बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु

    नयाँदिल्ली- भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्। पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ। 'विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीनरतीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एकरएकजनाको मृत्यु भएको छ,' मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ।हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ । राससरसिन्ह्वा

    • प्रकाशित मितिः असार २४, २०८१
    • 365 पटक पढिएको
  • विपद्का घटनामा परी देशभर ७४ जनाको मृत्यु, ८८ घाइते

    काठमाडौँ-  यस वर्षको मनसुन सुरु भएयता नेपालमा विपद्का घटनामा परी ७४ जनाको मृत्यु भएको छ । ८८ जना घाइते छन् ।अविरल वर्षाका कारण २०८१ जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्‌मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार विपद्‌मा परी काठमाडौं उपत्यकामा एकजना, कोसी प्रदेशमा १८, मधेसमा तीन, वाग्मतीमा चार, गण्डकीमा २२, लुम्बिनीमा १८, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको हो । विपद्का घटनाबाट देशभर ८८ जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा तीनजना, कोसी प्रदेशमा २१, मधेसमा पाँच, वाग्मती  चार, गण्डकीम

    • प्रकाशित मितिः असार २४, २०८१
    • 379 पटक पढिएको
  • घरभित्र पसेको बाढीले बच्चाको मृत्यु, एकजना बेपत्ता

    कञ्चनपुर— कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका-१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो। राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। त्यसैगरी बेल्डाँडी गाउँपालिका-३ वैवाहका २३ वर्षीय डम्बर चौधरी बाढीमा बगेर बेपत्ता भएका छन्। प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ। 

    • प्रकाशित मितिः असार २४, २०८१
    • 468 पटक पढिएको
  • बाँकेमा तीन सयभन्दा बढी घर डुबानमा

    बाँके— बाँकेको कोहलपुर नगरपालिका पनि यस वर्ष बाढी र डुबानको अत्यधिक जोखिममा रहेको प्रक्षेपण कोहलपुर नगरपालिकाले गरेको छ ।कोहलपुर नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ मा सो कुरा उल्लेख गर्नुहुँदै यस वर्ष वर्षा बढी भएकाले बाढी र डुबानबाट नगरपालिकाका १५ वडाका तीन हजार घरधुरीका १३ हजार ६३० परिवार उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको छ ।आइतबारको नगर विपद् व्यवस्थापन समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरेको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताए । अब सोही योजना अनुसार क्षतिलाई न्यूनीकरण

    • प्रकाशित मितिः असार २४, २०८१
    • 349 पटक पढिएको
  • चुनावी प्रतिवद्धता पूरा नगरेपछि झापाली युवाले टाँसे 'केपी ओली, राजेन्द्र लिङदेन र विश्वप्रकाश लापत्ता' भएको तस्बिर

    झापा— झापाका युवाले नेताहरूलाई खबरदारी गर्न अनौठो शैली अपनाएका छन् । पीके फिल्ममा देखिएको दृश्य अहिले झापामा देखिएको छ । जिल्लाकै सदरमुकाम जोड्ने मुख्य सडक निर्माणमा चरम लापरबाही भएको भन्दै युवाहरूले शीर्ष नेताहरु लापता भएको तस्बिर राखेर विरोध प्रदर्शन गरेका छन्। भद्रपुर सडक खण्ड अन्तरगत चन्द्रगढीस्थित लेखनाथ चोकमा युवाहरूले झापाबाट निर्वाचित भएका ‘हेविवेट’ नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको तस्बिरमा ‘लापता’ लेखेर विरोध जनाएका हुन्। सडक निर्माणमा ढिलासुस्ती भएको क्षेत्रबाटै शर्मा र

    • प्रकाशित मितिः असार २४, २०८१
    • 927 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.