काठमाडौं— काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित पुलमुनि एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मृतक मकवानपुरको बकैया गाउँपालिका–३ स्थायी ठेगाना भई हाल थापाथली नजिकै रहेको सुकुमबासी बस्तीमा बसोबास गर्ने ३५ वर्षीय हरि राई रहेका छन्।
घटनाको जानकारी पाएपछि प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। राईको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ। राईको मृत्युको कारण भने अहिलेसम्म स्पष्ट भइसकेको छैन।






![नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित] नेपाल प्रहरीमा डीएसपीदेखि जवानसम्म माग [सूचनासहित]](https://guptacharkhabar.com/uploads/2026/04/fb-img-1775194364405.jpg)































