समाज

    Showing 8,561-8,570 of 11,162 items.
  • तारकेश्वर गाँउपालिका वडा नं ६ का अध्यक्ष रिमालको ४४ वर्षको उमेरमा निधन

    नुवाकोट – नुवाकोटको तारकेश्वर गाँउपालिका वडा नं ६ का अध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ। ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पताल काठमाडौँमा उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ।गत जेठमा पत्थरीको शल्यक्रियापश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले समस्या बनाएको थियो। नेकपा (एमाले) नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमाल यसअघि विसं २०७४ को निर्वाचनमा वडा सदस्यमा निर्वाचित थिए।उनको निधन प्रति श्रद्धाञ्जली प्रकट गदै तारकेश्वर गाँउपालिकाले आज शोक बिदा दिएको छ। गाँउपालिका अध्यक्ष शिव अधिका

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 596 पटक पढिएको
  • हलेसीबाट तीर्थयात्री बोकेर फर्किँदै गरेको गाडी सोमबार बिहान दुर्घटना ,एकजनाको मृत्यु, १६ जना घाइते

    विराटनगर : प्रशिद्ध धार्मिक तीर्थस्थल खोटाङको हलेसीबाट तीर्थयात्री बोकेर फर्किँदै गरेको गाडी सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ । कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।  चालकसहित १८ जना सवार रहेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ जयराम घाटनजिक दुर्घटनामा परेको श्रेष्ठले बताए । उनका अनुसार हलेसीबाट सिराहातर्फ जाँदै गरेको गाडी सडकबाट करिब २ सय मिटर तल खसेको प्रारम्भिक जानका

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 670 पटक पढिएको
  • दार्चुलाको मालिकार्जुनमा सामाजिक सुरक्षा भत्ता लिन पिठ्युँमा बोकेर सदरमुकाम जानुपर्ने बाध्यता

    दार्चुला —दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाका विकट वडाहरू — वडा नं. ५ डाँडाकोट, वडा नं. ६ उकुँबाकु र वडा नं. ७ जैलजिविमा रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाहरूले अझै पनि सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम दार्चुला पुग्नुपर्ने बाध्यता झेलिरहेका छन्।स्थानीयवासीहरूका अनुसार वृद्ध, अशक्त र बिरामी नागरिकहरूलाई ३ देखि ४ घण्टा लामो कठिन यात्रा, उकालो–ओरालो, जंगल र जोखिमपूर्ण बाटो हुँदै पिठ्युँमा बोकेर लैजानुपर्ने स्थिति अझै पनि यथावत छ। कतिपय अवस्थामा दुई दिनसम्म सदरमुकाममा बस्नुपर्ने, त्यसको खर्च समेत आफ्नै काँधमा पर्ने गरेको छ।उनीहरू भन्छन् —"भत्ता पाइन्छ तर कति सास्ती बे

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 1,408 पटक पढिएको
  • भिजिट भिसामा विदेश जाने नेपालीको सङ्ख्या वृद्धि, सरकारको अध्यागमन सुधारतर्फ ध्यान

    हालका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा विदेश जाने नेपालीको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ। यसलाई व्यवस्थित गर्न सरकारले अध्यागमन क्षेत्रमा सुधारका लागि छोटो र दीर्घकालीन योजना अघि सारेको छ।भिजिट भिसा प्रक्रियामा बढ्दो विकृति र अनियमितताले सदनदेखि सडकसम्म बहस चर्किंदै आएको छ। सरकारले छानबिन समिति गठन गरी सुधारको पहल थालेको छ भने प्रतिनिधिसभामा उच्चस्तरीय छानबिनको माग राख्दै केही दलहरूले बैठक अबरुद्ध गर्दै आएका छन्।अध्यागमन विभागले यात्रुहरूको राहदानी, भिसा र कागजातको परीक्षण गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ। यात्रुको चापसँगै विमानस्थलको स्रोतसाधन र प्रविधिमा दब

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 314 पटक पढिएको
  • स्याङ्जामा झुटो चोरीको नाटक रचेको आरोपमा दुई जना पक्राउ

    स्याङ्जा – स्याङ्जाको आँधिखोला गाउँपालिका–१ मा झुटो चोरीको नाटक रचेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४१ वर्षीया चन्द्रकुमारी गुरूङ र उनका देवर ३८ वर्षीय धनराज गुरूङ रहेका छन्।उनीहरूले साउन १२ गते साँझ घरबाट ७ तोला १० लाल सुन र ४ हजार रुपैयाँ नगद चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। चन्द्रकुमारीले विदेशमा रहेका आफ्ना श्रीमानलाई समेत सुन चोरी भएको जानकारी दिएकी थिइन्।उक्त उजुरीपछि अनुसन्धान सुरु गरेको प्रहरीले घटनामा शंका लागेपछि थप जाँच गर्दा सुन घरको कम्पाउण्डमै लुकाइएको अवस्थामा फेला पारेको हो।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी प्रसन्नराज चौधरीका अनुसार, दुवैले मिल

    • प्रकाशित मितिः साउन १९, २०८२
    • 465 पटक पढिएको
  • ठमेलको दोहोरी साँझमा ग्याङ फाइट, दुई समूहका चार जना पक्राउ

    काठमाडौं— काठमाडौंको ठमेलस्थित एक दोहोरी साँझमा भएको ‘ग्याङ फाइट’ प्रकरणमा संलग्न दुई समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ठमेलको नगरकोट दोहोरी साँझ मा दुई समूहबीच झै–झगडा भएको घटनाको अनुसन्धानक्रममा यसअघि सानुभाइ नामले चिनिने युवराज गुरुङसहित तीन जनालाई पक्राउ गरिएको थियो।त्यही घटनामा संलग्न भई फरार रहेका अर्का एक अभियुक्त राजेन्द्र गुरुङ पक्राउ परेका छन्। उनी नुवाकोटको सूर्यगढी गाउँपालिका–१ घर भई हाल काठमाडौंको मनमैजु बसोबास गर्दै आएका ३७ वर्षीय हुन्।प्रहरीका अनुसार उनीमाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी परिस

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 759 पटक पढिएको
  • गोरखाबाट नारायणगढ जाँदै गरेको यात्रुबाहक बस तनहुँमा दुर्घटना

    पोखरा— तनहुँको ऐनापहरा क्षेत्रमा गोरखाबाट नारायणगढतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। ग २ ख १०७७ नम्बरको उक्त बस आइतबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटना तनहुँको ऐनापहरामा भएको पुष्टि गर्दै, घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार घाइतेको संख्याबारे यथेष्ट जानकारी आइसकेको छैन। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले प्रारम्भिक जानकारी दिँदै उद्धार कार्य जारी रहेको र विस्तृत विवरण संकलन भइसकेपछि सार्वजनिक गरिने बताए।दुर्घटनाको कारण खुल्न बाँकी छ भने बसमा कति यात्रु सवार थिए भन्ने विवरण पनि आउन

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 660 पटक पढिएको
  • न्याय नपाएको निर्मला प्रकरणमा नयाँ मोड, गृहमन्त्रीको अनुसन्धान आदेश

    काठमाडौं—  गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीं)लाई निर्देशन दिएका छन् ।आइतबार (आज) सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।“निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु”, गृहमन्त्री लेखकले भने, “नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नु

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 708 पटक पढिएको
  • भूमिहीनलाई अधिकार दिलाउन सरकार सक्रिय, पुर्जा वितरणको तयारी तीव्र

    काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले करिब १५ लाख भूमिहीन, दलित सुकुम्वासीलाई पुर्जा उपलब्ध गराउने सरकारको तयारी रहेको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीको विवरणबारे छलफलमा मन्त्री अधिकारी सो जानकारी दिए । हालसम्म जग्गा धनी पुर्जाका लागि ९९ हजार १ सय ८६ भूमिहीन दलित, १ लाख ६८ हजार १ सय ५ भूमिहीन सुकुम्बासी र ८ लाख ७५ हजार ४ सय १० अव्यवस्थित बसोबासीको

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 721 पटक पढिएको
  • बहुविवाहसम्बन्धी कानुनी प्रस्तावप्रति चर्को विरोध : ‘के महिलाहरु प्रयोगशाला मात्र हुन् ?’

    काठमाडौं – सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरी कानुनको मस्यौदा तयार पारेको खबर सार्वजनिक भएपछि देशभर चर्को बहस सुरु भएको छ । महिला अधिकारकर्मी, कानुन व्यवसायीदेखि सर्वसाधारणसम्मले यस कदमको कडा आलोचना गरेका छन् ।नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै कानुन व्यवसायी तथा सर्वोच्च बार एशोसिएसनका कार्यसमिति सदस्य शशी बस्नेतले यो मस्यौदा लैङ्गिक न्याय र समानताको अवधारणाविरुद्ध रहेको स्पष्ट पारेकी छन् ।बस्नेतका अनुसार, कानुन मन्त्रालयले बहुविवाह गर्न पाउने व्यवस्था सहितको कानुन मस्यौदा तयार पारेको चर्चा विभिन्न सञ्चार माध्यममा भइरहेको छ । तर विगतमा पनि केही सर्तसहित बहुविवाहको प्रावधान रहेको स्मर

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 1,064 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.