पोखरा— तनहुँको ऐनापहरा क्षेत्रमा गोरखाबाट नारायणगढतर्फ गइरहेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। ग २ ख १०७७ नम्बरको उक्त बस आइतबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटना तनहुँको ऐनापहरामा भएको पुष्टि गर्दै, घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइतेको संख्याबारे यथेष्ट जानकारी आइसकेको छैन। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले प्रारम्भिक जानकारी दिँदै उद्धार कार्य जारी रहेको र विस्तृत विवरण संकलन भइसकेपछि सार्वजनिक गरिने बताए।
दुर्घटनाको कारण खुल्न बाँकी छ भने बसमा कति यात्रु सवार थिए भन्ने विवरण पनि आउन बाँकी छ।