समाज

    Showing 8,181-8,190 of 10,191 items.
  • ओभरलोड ट्रक नियन्त्रण गर्न गृह मन्त्री रमेश लेखकको निर्देशन

    काठमाण्डौं -  गृहमन्त्री रमेश लेखकले छिमेकी देशबाट नेपाल भित्रिने र देशभित्रै चल्ने मालबाहक सवारी साधनमा ओभरलोड गर्न नदिन र त्यसरी आउने ओभरलोड भएका मालबाहक ट्रकहरुलाई पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका छन् ।  बुधबार गृह मन्त्रालयमा सडक क्षेत्रमा हुन सक्ने विपद्को पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धी बैठकमा कार्यक्रममा मन्त्री लेखकले देशका विभिन्न स्थानहरुमा रहेका तौलपुलहरुलाई दुरुस्त बनाउँदै भारबहन क्षमताका आधारमा सम्पूर्ण मालबाहक सवारीलाई नियमन गर्दै ओभरलोड सवारी साधनलाई सडकमा गुड्न नदिन निर्देशन दिएका हुन् । गृह सचिव गोकर्णमणी दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्

    • प्रकाशित मितिः असार १२, २०८२
    • 333 पटक पढिएको
  • टिपरको ठक्करबाट युवकको मृत्युभएपछि स्थानीयले टिपर जलाए

    जनकपुरधाम— सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन् ।सर्लाही लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना लगतै टिपर चालक फरार भएका छन् । घटना लगतत्तै स्थानीयले टिपरमा आगजनी गरेका छन् ।घटना बारे थप अनुसन्धान

    • प्रकाशित मितिः असार १२, २०८२
    • 521 पटक पढिएको
  • असार २७ गतेसम्म थप भयो छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद

    काठमाडौं— छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ । यसअघि आज निष्कासन बन्द गर्ने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरेर असार २७ गतेसम्म कायम गरिएको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद १ बराबर १ को अनुपातमा निष्कासन गरेको थियो । हकप्रद निष्कासनका लागि जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।हाल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको हकप्रद बाँडफाँडपछि ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 562 पटक पढिएको
  • दमौलीमा पानीको हाहाकार : एक गाग्रीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने

    तनहुँ, १२ असार : तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानी घट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि लामबद्ध लाग्ने गरेको व्यास नगरपालिका–३ देउरालीनगर निवासी उपभोक्ता देव गजमेरले जानकारी दिनुभयो । मङ्गलबार साँझदेखि पानी वितरण नभएपछि सर्वसाधारणको साँझ अबेरसम्म भीड लाग्ने गरेको छ । उहाँले भन्नुभयो, “बुध

    • प्रकाशित मितिः असार १२, २०८२
    • 282 पटक पढिएको
  • मामा र भान्जाबीच आर्थिक लेनदेन, मामा मृत भेटिएपछि भान्जा नियन्त्रणमा

    कैलाली— कैलालीको लम्कीचुहामा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ भान्जा नाता पर्ने ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेका हुन् ।यस घटनाको अनुसन्धान गर्न प्रहरीले भान्जालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन ।तर, मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंह जैशीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 521 पटक पढिएको
  • सर्पको डसाइबाट महिलाको मृत्यु

    मध्यविन्दु (नवलपरासी), १२ असार : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।स्थानीय ४६ वर्षीया शान्ति डुम्रेलाई बुधबार राति सर्पले डसेपछि अस्पताल लगिएकामा उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राति ९ बजेको समयमा घरमा भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेपछि उपचारको लागि कालीगण्डकी अस्पताल कावासोती लगिएकोमा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो । कुन सर्पले डसेको हो प्रजाति पहिचान नभएको जनाइएको छ । गर्मी मौसमसँगै जिल्लामा सर्पदंशका घटना बढ्

    • प्रकाशित मितिः असार १२, २०८२
    • 255 पटक पढिएको
  • जलजला गाउँपालिकाबाट गाई–गोरू पाल्ने कृषकलाई नगद अनुदान

     पर्वत— जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ को गाउँपालिकाको स्थानीय गाई र गोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो। गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले बुधबारदेखि गाउँपालिकाको कार्यालयबाट अनुदान वितरण कार्य सुरु गरेका छन्।चालु आर्थिक वर्षमा दुई वटा शीर्षकमा १३ लाख बजेट विनियोजन भएको कार्यक्रममार्फत पालिकाभित्रका ९ वटै वडाबाट छनोट भएका ३६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरू पालेका कृषक अनुदानका लागि छनोट भएको गाउँपालिकाको

    • प्रकाशित मितिः असार १२, २०८२
    • 473 पटक पढिएको
  • ९३ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्दै दोर्दी खोला जलविद्युत

    काठमाडौं— दोर्दी खोला जलविद्युत लिमिटेडले असार २४ गतेदेखि ९३ हजार ६२९ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले, सर्वसाधारण समूहको लकइनमा नरहेको यो सेयर लिलामी बिक्रीमा ल्याउन लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यसमा असार ३२ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्न सक्नेछन् । लगानीकर्ताले सानिमा क्यापिटल लिमिटेड र सानिमा बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरु साथै गरिमा विकास बैंक लिमिटेड, बागलुङमा निवेदन दिन सक्नेछन्

    • प्रकाशित मितिः असार ११, २०८२
    • 558 पटक पढिएको
  • आधारभूत पूर्वाधार कमजोर हुँदा पर्यटक घटे : पर्यटन बोर्ड सीईओ जोशी

    काठमाडौं - नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा लगानी अनुसार पर्यटकहरुको संख्या कम भएको बताएका छन् । बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको पर्यटन सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आधारभूत पूर्वाधारको अवस्था कमजोर भएको कारण अपेक्षित मात्रामा पर्यटक ल्याउन नसकेको भन्दै अहिले नेपाल सरकार, विभिन्न निकाय, स्थानिय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड रहेको बताए । उनले भने, ‘पर्यटकहरुको संख्या हामीले सोच जति छैन् । यातायात, होटललगायत धेरै क्षेत्रमा लगानी एकदमै धेरै छ । हाम्रो आधारभूत पूर्वाधारको अवस्था कमजोर

    • प्रकाशित मितिः असार ११, २०८२
    • 468 पटक पढिएको
  • कोशी सरकारले सवारी नियमावली संशोधन, लाइसेन्स प्रक्रिया सहज हुने

    विराटनगर  - कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले यातायात, कानुन र मानव संसाधन व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकपछि आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले पत्रकारहरूलाई जानकारी गराउँदै प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली २०८२ लाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको जानकारी दिए ।मन्त्री भण्डारीका अनुसार नयाँ नियमावलीले सिटी रिक्सा चालकहरूलाई लिखित परीक्षा दिनु नपर्ने, तर ट्राफिक नियमसम्बन्धी अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, सार्वजनिक सवारी साधनको पञ्जीकरण आवश्यक नरहने, साथै लाइसेन्स र दर्ता प्रक्रियामा स

    • प्रकाशित मितिः असार ११, २०८२
    • 419 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.