काठमाडौं— भूमि सम्बन्धी विधेयक प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतले पारित भएको छ।
सो विधेयकको छलफलबाट भने माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुबै दलले फरक मत लेख्ने भएका छन्।
फरक मत शुक्रबार (भोलि) लेखेर दिन सकिने समितिका सचिव शिवदत्त बरालले जानकारी दिए । त्यसपछि समितिको निर्णयमा हस्ताक्षर गर्न सकिने पनि उनले जानकारी दिए।