समाज

    Showing 7,431-7,440 of 10,180 items.
  • शवबाट मासु झिकेर अघोरीलाई बिक्री? आर्यघाटमा अनौठो घटना सार्वजनिक

    काठमाडौँ – पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको प्रारम्भिक अनुमान छ- शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिन्छ ।मलामीले दिएको निवेदनका आधारमा शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । उनले अहिलेसम्म ठोस जजाफ दिएका छैनन् । काभ्रेको बनेपा- ९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए ।खबर पाउनासाथ प्र

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 740 पटक पढिएको
  • उत्तराखण्ड बाढी: बेपत्ता १३ नेपालीमध्ये एक जनाको शव फेला

     भारत— भारतको उत्तराखण्डका दुई भिन्न स्थानमा आएको बाढीमा बेपत्ता भएका १३ नेपालीमध्ये एक जनाको शव फेला परेको छ । शवको सनाखत गर्ने काम भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । यही साउन २० गते ‘क्लाउड ब्रस्ट’ भई उत्तराखण्डको धरालीमा बाढी आएको थियो । धराली बाढीमा अझै आठ नेपाली हराइरहेका छन् । धराली बाढी प्रभावित १३ नेपालीको जीवितै उद्धार गरिएको थियो ।उत्तराखण्डकै पौरी गढवालको बगुडामा साउन २१ गते आएको बाढीमा बेपत्ता भएका पाँच नेपालीमध्ये एक जनाको शव भेटिएको हो ।बगुडा बाढीमा पाँच नेपाली घाइते भएका थिए । घाइतेमध्ये तीनजना उपचारपछि फर्किएका छन् । दुई जनाको अहिले उपचार भइरहेको दूत

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 709 पटक पढिएको
  • बर्दियामा गोहीको आक्रमणबाट बेपत्ता किशोरको शव पाँच दिनपछि फेला

    बर्दियाको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणपछि बेपत्ता भएका किशोरको शव पाँच दिनपछि फेला परेको छ।बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक मंगलबार दिउँसो मधुवन नगरपालिका–१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुलाई पौडी खेल्ने क्रममा मगर गोहीले आक्रमण गरेको थियो ।निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले थारुको शव अंगभंग भएको अवस्थामा शनिबार दिउँसो फेला परेको थियो।शरीरका दुईवटा हात र एउटा खुट्टा नभएको अवस्थामा शव  फेला परेको वरिष्ठ सहायक संरक्षण अधिकृतसमेत रहेका पौडेलले बताए'पाँच दिन पछि शव फेला परेको हो,’ उनले भने, ‘शरीरका अंगहरु क्षतबिक्षत अवस्थामा फेला परेको छ

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 579 पटक पढिएको
  • धनकुटामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते

    धनकुटा— धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । टेकुनालाबाट धनकुटा बजारतर्फ जाँदै गरेको को २ च २३०९ नम्बरको पिकअप गाडी बिहान करिब साढे १० बजे दुर्घटनामा परेको हो ।दुर्घटनामा पिकअपमा सवार २१ जना मध्ये १७ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।​​घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई थप उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ ।अन्य घाइतेहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।दुर्घटनामा गम्भीर घ

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 531 पटक पढिएको
  • सिँचाइको दीर्घकालीन समाधानमा सरकार लागिपरेको छ: प्रधानमन्त्री

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन् । आइतबार मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकामा खुसी व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै तराईमा सिँचाइको स्थायी समाधान खोजिने बताएका हुन् । तराईमा आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान ल्याउने सरकारको सङ्कल्प रहेको बताएका छन् ।वर्षासँगै सुक्खाले सङ्कटग्रस्त मधेस प्रदेशमा रोपाइँ सुरु भएकामा प्रसन्न भएका प्रधानमन्त्री ओलीले धेरै महिला सहभागी भएर रोपाइँ गरेको तस्बिरसहित देश र जनतालाई अभिवादन गर्दै ‘यस वर्षको खडेरीले अन्नक

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 539 पटक पढिएको
  • विवाद पार्टीमै टुंग्याउँछौं, फुटको सम्भावना छैन: राप्रपा अध्यक्ष लिङ्देन

    काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन् । राप्रपाभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने उनले स्पष्ट पारे ।उनले राप्रपा अब कहिल्यै विभाजन नहुने जिकिर गरे । विगतमा चित्त नबुझ्नेबित्तिकै पार्टी फुटाइहाल्ने प्रवृत्ति रहेको र त्यसको केही अवशेष अझै भए पनि अब त्यो सम्भावना नरहेको उनको भनाइ छ ।“यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्नुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन,” उनले भने, “म यति नै भन्छु, यो विषयचाहिँ हामी पार्टीमै बसेर टुंग्याउँछौँ ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 607 पटक पढिएको
  • अडियोमा ‘सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे’ भनेर आदेश दिने पूजा परिन प्रहरीको फन्दामा

    कञ्चनपुर— कञ्चनपुरकै बेलडाँडी गाउँपालिका–२ सिहपालकी १८ वर्षीया सम्झना भट्टको मृत्यु प्रकरण अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पूजा भट्ट रहेकी छन् ।गएको आइतबार साँझ झुन्डिएको अवस्थामा उनको शव घरमै फेला परेको थियो। सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि कैलालीको धनगढी विमानस्थलबाट बेलडाँडीकी पूजा भट्ट पक्राउ परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराका अनुसार सम्झनाका माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। यसअघि मृतक युवतीका श्रीमान्

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 627 पटक पढिएको
  • भारतका मोस्ट वान्टेड अपराधी सलीम पिस्टल काठमाडौँबाट पक्राउ

    काठमाडौँ –  ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिमका एक सहयोगी नेपालमा पक्राउ परेका छन् । पाँच दिन अघि काठमाडौँबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।भारतमा ‘मोस्ट वान्टेड’ रहेका शेख सलीम उर्फ सलीम पिस्टललाई पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले भारतमा आपराधिक गतिविधिमा संलग्न विभिन्न समूहलाई हतियार आपूर्ति गर्दै आएको बताइन्छ ।पहिचान लुकाएर काठमाडौँमा बस्दै आएका उनको बारेमा भारतीय प्रहरीले दिएको सूचनाका आधारमा नेपाल प्रहरीले कारबाही अघि बढाएको स्रोतको भनाइ छ । सलीमलाई नियन्त्रणमा लिएपछि नेपाल प्रहरीले नै भारतीय प्रहरीसमक्ष बुझाएको बताइएको छ ।दुई देशबिच बेलाबखत यस प्रकारको समन्वयका आधारमा कारबाही हुन

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 585 पटक पढिएको
  • ६ किलो अवैध सुनसहित ११ भारतीय नागरिक पक्राउ

    कास्की— पोखरामा छ किलो चार सय ग्राम अवैध सुनसहित ११  भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको महाराष्ट्र तथा पश्चिम बङ्गाल घर भई पोखरामा विभिन्न स्थानमा बस्ने उनीहरुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुबाट नगद रु पाँच लाख १४ हजार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिए । पोखरा महानगरपालिका–२, ३, ४ र ९ मा अवैध सुनचाँदी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो । पक्राउ पर्नेमा ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, ४० वर्षीया सुनिता पवार, ४५ वर्षीय मनिकलाल आदक, ३५ वर्षी

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 612 पटक पढिएको
  • राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

    काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।शुक्रबार बिहान राष्ट्रपति निवास शीतल निवासमा उक्त भेटवार्ता भएको हो । सो भेटवार्तामा समसामयिक विषयमा छलफल भएको छ ।

    • प्रकाशित मितिः साउन २५, २०८२
    • 406 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.