समाज

    Showing 7,381-7,390 of 11,162 items.
  • हेटौंडाको खसी बजारमा चहलपहल, व्यापार उकालो

    हेटौंडा— दशैं नजिकिँदै जाँदा बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको खसी बजारमा किनमेल गर्नेको घुइँचो बढ्दै गएको छ । शनिबारदेखि सुरु भएको चहलपहल हिजो–अस्ति झैँ आज पनि निरन्तर देखिएको छ भने व्यापारी र किसान दुवै पक्षको व्यापार उकालो लागेको छ ।स्थानीय व्यापारीहरूका अनुसार उपभोक्ताहरू दशैंका लागि खसी किनमेलमा सक्रिय बनेका कारण बजारमा माग उच्च छ । यस वर्ष खसीको मूल्य १५ हजारदेखि ३५ हजार रुपैयाँसम्म रहेको छ ।मकवानपुरको मनहरी, राक्सिराङ, बकैया, बागमती, मकवानपुर गढी गाउँपालिका र हेटौंडा उपमहानगरका किसानहरूले उत्पादन गरेका खसी, बोका र च्याङ्राहरू हेटौंडा–१ स्थित खसी बजारमा ल्याएर बिक्री वितरण गरिरहेका

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 760 पटक पढिएको
  • नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्णः सचिव मैनाली

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले विश्व पर्यटन दिवसको अवसरमा बोल्दै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।सचिव मैनालीले सरकार नियामक र समन्वयकारी भूमिकामा रहने भए पनि वास्तविक कार्यान्वयन र प्रवद्र्धनमा निजी क्षेत्र अग्रपंक्तिमा देखिएको बताए ।‘नेपालको पर्यटनको कुरा गर्दाखेरि निजी क्षेत्र नै हो,’ उनले भने, ‘सरकार एउटा नियामक निकायको रूपमा, पहुँचकर्ता र समन्वयकर्ता हो, तर पर्यटनको क्षेत्रमा उल्लेखनीय भूमिका निजी क्षेत्रले नै खेलेको छ ।’उनले नीति सुधार, सरकारी तहबीचको समन्वय र संस्थागत सहकार्यलाई मन्त्रालयले प्रा

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 670 पटक पढिएको
  • एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

    भक्तपुर— राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण अर्थात् ग्रेडेड भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।परीक्षामा एक लाख ४३ हजार २५७ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५९ हजार ६९३ जना परीक्षार्थी अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको उनले जानकारी दिए । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले गत साउन २९ देखि भदौ ६ गतेसम्म पूरक परीक्षा सञ्चालन गरेको थियो ।बोर्डले नतिजा हेर्न VR

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 1,064 पटक पढिएको
  • जनकपुरमा झुला भाँचिँदा फसेका ५६ जनाको सकुशल उद्धार

    जनकपुर— धनुषाको जनकपुरस्थित एक मनोरञ्जन पार्कमा रहेको झुला (राइड) भाँचिएर झुलामा फसेका ५६ जनाको सकुशल उद्धार गरिएको छ।घटना शनिबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–९ मा रहेको एक निजी मनोरञ्जन पार्कमा भएको हो। झुलाको फलामे संरचना अचानक भाँचिएपछि राइड सञ्चालनमा रहेका दर्जनौं व्यक्ति झुलामै फसेका थिए।घटना लगत्तै सुरक्षा निकाय, स्थानीयवासी र नगरपालिकाको उद्धार टोली घटनास्थल पुगेको थियो। करिब एक घण्टाको प्रयासपछि सबै ५६ जनालाई सकुशल झुलाबाट बाहिर निकालिएको जनाइएको छ।

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 521 पटक पढिएको
  • ट्रक र कन्टेनर ठोक्किँदा एक जना घाइते

    मुग्लिन— चितवनको इच्छाकामना गाउँपालिका–३ मा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा एक जना घाइते भएका छन्। शनिबार बिहान मुग्लिन सडक खण्डमा दुर्घटना भएको हो।काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ८ ख ३८८६ नम्बरको कन्टेनर र मुग्लिनबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–० ३५२२ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।दुर्घटनामा ट्रक चालक घाइते भएको र उनलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले यातायात सुचारु भएको छ।प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 486 पटक पढिएको
  • डा. महतको सक्रियता: कांग्रेसभित्र एकता र संगठन सुदृढीकरणतर्फ नयाँ मोड

    काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत पछिल्ला दिनमा पार्टीभित्र बढ्दो असन्तुष्टि र गुटगत गतिविधिहरुलाई चिर्दै संगठनलाई बलियो बनाउन सक्रिय भएका छन् । यही क्रममा उनले काठमाडौं उपत्यका भित्र रहेका पार्टीका बहुसंख्यक केन्द्रीय सदस्यहरूसँग विशेष छलफल गरेका छन् । यसअघि नेपाल विद्यार्थी संघका पूर्व पदाधिकारी, कांग्रेस निकट बुद्धिजीवी र विभिन्न तहका नेताहरुसँग पनि निरन्तर संवादमा रहँदै आएका डा. महतले हालैको जेनेरेसन जी आन्दोलन, हस्ताक्षर अभियान र युवापुस्तामा देखिएको असन्तोषलाई सम्बोधन गर्ने उदेश्यले छलफललाई अघि बढाएको बताइएको छ ।छलफलमा सहभागी केन्द्रीय सदस्

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 537 पटक पढिएको
  • चीनको गान्सु प्रान्तमा ५.६ रेक्टरस्केलको भुकम्प

    काठमाडौं— चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५.६ रेक्टरस्केलको भुकम्प गएपछि उक्त क्षेत्रभरि ठूलो धक्का महसुस गरिएको छ ।सीसीटीभी क्यामेरामा कैद दृश्यमा घरभित्रको छतको बत्ती र विभिन्न पोखरीहरुमा भएका माछा जोडले हल्लिएको देखिन्छ । स्थानीय आवासीय क्षेत्रमा केही घर भत्किएका छन् ।भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै उद्धार टोली परिचालन गरिएको छ । अग्नि नियन्त्रणका सवारी साधनहरू तीव्र गतिमा घटनास्थलतर्फ जाँदै गरेका देखिन्छन् भने परिचालित अग्नि नियन्त्रणकर्मीहरूले मलबा हटाउने र उद्धार कार्य सुरु गरेका छन् ।क्षति र सम्भावित मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 524 पटक पढिएको
  • ऐतिहासिक टी–२० सिरिजको पहिलो खेलमा नेपाल र वेस्ट इन्डिज भिड्दै

    काठमाडौं— नेपाल र वेस्ट इन्डिजबीचको आज ऐतिहासिक टी–२० सिरिजको पहिलो खेल हुँदैछ । शनिबार हुन लागेको खेल नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको खेल यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८ः१५ बजे सुरु हुने तय भएको छ । वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन् । नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन् ।वेस्ट इन्डिजसँग तीन खेल खेलिसकेपछि नेपाली टोली उतैबाट ओमान प्रस्थान गर्ने क्यानले जनाएको छ । ओमानमा अर्को सातादेखि आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट हुँदैछ ।वेस्ट इन्डिजविरुद्ध खे

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 697 पटक पढिएको
  • ‘जेनजी आन्दोलनले उठाएको विषयको सम्बोधन जरुरी छ’

    काठमाडौं— नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले समाजमा जकडिएका र दल तथा व्यवस्थाले सुधार गर्न नसकेका विषय जेनजी आन्दोलनले उठाएको भन्दै अब रुपान्तरणको यात्रामार्फत तिनको सम्बोधन हुनुपर्ने उल्लेख गरेका छन् । रामेछापमा पत्रकार अन्र्तक्रिया गर्दै उनले तर आन्दोलनका क्रममा गैरजेनजीले उत्पात मच्चाएर स्वार्थको रोटी सेक्ने काम गरेको बताए । ‘जेनजी आन्दोलन विषयविहीन थिएन । समाजमा जकडिएर बसेका दलहरुले सुधार गर्न नचाहेको तथा नसकेका विषयहरु थिए ।’ उनले भने, ‘नीतिगत प्रावधानभित्र भएका विषयले हुर्काएका कुरा आन्दोलनले उठाएको छ ।’उनले ती विषय महत्वपूर्ण, गम्भीर र संवेदनशील भए पनि त्यसको नाममा स्वार्थक

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 670 पटक पढिएको
  • पर्यटन व्यवसायीका समस्याहरू समाधान गर्न मन्त्रालय प्रतिबद्ध छः मन्त्री श्रेष्ठ

    काठमाडौं— नेपालमा विद्यमान जेनजी विद्रोहका कारण पहिलो नम्बरमा प्रभावित भएको पर्यटन उद्योग सुरक्षित रहेको सरोकारवालाहरूले बताएका छन् । बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय पर्यटन कार्यालय काठमाडौंको आयोजनामा विश्व पर्यटन दिवस २०२५ को अवसरमा आयोजित पर्यटन क्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले बागमती प्रदेशको पर्यटन सुरक्षित रहेको बताएका हुन् । बागमती प्रदेशको पर्यटकीय क्षेत्र तथा पर्यटन सुरक्षित अवस्थामा रहेका छन् भन्ने म्यासेज पर्यटनसम्म पु¥याउन नसक्दा पर्यटन उद्योग धारासायी भएको बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बताएका

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 695 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.