समाज

    Showing 7,371-7,380 of 11,162 items.
  • बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    बर्दिया— बर्दियाको ठाकुरबाबामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।ठाकुरबाबा नगरपालिका वडा न ९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शनिबार राती ११ बजे महिलालाई हात्तीले आक्रमण गरेको थियो । खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले महिलालाई आक्रमण गरेको थियो । हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए ।शवलाई आज पोस्टमार्टम गरि आफन्तलाई बुझाउने तयारी भइरहेको उनले बताए ।मृतक खत्रीको श्रीमान् चित्र बहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका क

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 621 पटक पढिएको
  • सल्यानमा गाडि दुर्घटनामापरी तीन जनाको मृत्यु

    सल्यान— राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा भएको गाडी दुर्घटनामापरी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसी, सोही ठाउँकै अन्दाजी ६८ वर्षीया पबी केसी र अन्दाजी २७ वर्षीय शशीधर केसी छन् ।रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडि आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेको थियो ।दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी घाइते छन् । गाडीमा ३ पुरुष २ महिला गरी जम्मा ५ जना सवार थिए ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 542 पटक पढिएको
  • एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ । सचिवालयमा बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने उनले छ ।बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 573 पटक पढिएको
  • विश्व रेबिज दिवसः विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै

    काठमाडौं— आज विश्व रेबिज दिवस,विश्वभर विभिन्न कार्यक्रमको आयोजनागरी मनाईँदै छ । सेप्टेम्वर २८ विश्वभरि ’रेबिज विरुद्धको दिवस’को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी आदान प्रदान गरेर मनाइने दिन हो ।सेप्टेम्वर २८मा  प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ । २०२५ को विश्व रेबिज दिवस को नारा …Act Now:You, Me, CommunityÚ रहेको छ जस

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 594 पटक पढिएको
  • वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित

    काठमाडौं— नेपालले वेस्ट इन्डिजसँगको पहिलो टी–२० आई खेलमा ऐतिहासिक जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै  ऐतिहासिक जित हासिल सफल भएको हो ।नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो ।नविन विदायसीले सर्वाधिक २२ रन बनाएका थिए भने अमिर जाङ्गो र किएसी कार्टीले समान १९ रन जोडेका दिए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए। त्यस्तै कप्तान रोहित पौडेल, करण केसी, दिपेन्द्रसिंह ऐरी र नन्दन यादवले एक/एक विकेट लिए ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरम

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 631 पटक पढिएको
  • आज नवरात्रको छैटौं दिनः कात्यायनीदेवीको पूजा गरिँदै

    काठमाडौं— आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा–आराधना गरेर मनाउँदैछन् ।आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिने धार्मिक विश्वास रहेको छ ।  शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्।त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र न्

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 530 पटक पढिएको
  • लोकतन्त्रमा मात्रै श्रमिक अधिकार सुरक्षित हुन्छ : भीमज्वाला राई

    धरान । लोकतन्त्रमा मात्रै श्रमिकहरुको अधिकार सुरक्षित हुने मजदुर नेता भीमज्वाला राईले बताएका छन् ।नेपाली श्रम आन्दोलनको सात दशक लामो संघर्ष र रगत पसिनाबाट निर्माण गरिएको संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्ध षड्यन्त्र भइरहेको प्रति श्रमिकहरुले खबरदारी गर्नुपर्ने समेत राईले बताएका हुन् । सुरक्षा श्रमिक ट्रेड युनियन नेपाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटीका सदस्य समेत रहेका राईले व्यवस्था खारेजीका लागि देशी तथा विदेशी शक्तिहरुले षड्यन्त्र गरिरहेक

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 382 पटक पढिएको
  • रोसीमा डाइभर्सन बनाएपछि काठमाडौंबाट रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी आउजाउमा सहज

    रामेछाप । गत वर्षको असोज महिनामा रोसी र सुनकोसी नदीमा आएको बाढीले लुभु घाटको पक्की पुल बगाएपछि आवागमनमा समस्या झेल्दै आएका रामेछापको सुनापति, दोरम्बा र खाँडादेवी गाउँपालिकावासीलाई आवागमन गर्न वैकल्पिक मार्ग बनाइएको छ । लुभुघाट स्थित रोसी खोलामा अस्थायी वैकल्पिक मार्ग निर्माण गरी यातायात साधन सञ्चालन गरिएको हो । सिन्धुलीको नेपालथोक स्थित रोसी खोलामा डाइभर्सन निर्माण गरेर बिपी राजमार्गबाट काभ्रेको तेमाल हुँदै सुनकोसी नदीको सिन्दुरेटारसम्म जाने सडक जोडिएपछि सिन्दुरेटारको पक्की पुल तरेर रामेछाप तर्फ छिर्ने बाटो खुलेको छ । रोसीमा कलभर्ट डाइभर्सन बनेसँगै रामेछापको सुनापति गाउँपालिकाका सबै

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 391 पटक पढिएको
  • दशैंविहीन खोकनामा सिकाली जात्राको रमझम

    ललितपुर । ललितपुरको खोकनाबासी यतिवेला दशैंको सट्टा सिकाली जात्रा मनाउन व्यस्त छन् । दसैं नमनाउने गाउँ भनेर चिनिने खोकनामा सिकाली जात्रा सुरु भइसकेको छ । ललितपुर महानगरपालिकाको वडा नं २१ मा पर्ने खोकनामा दसैंको घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनदेखि रुद्रायणी स्कूलअघि राँगाको बलि दिएर सुरु भएको हो ।जात्रामा देवी रुद्रायणीलाई सम्मान र पूजा गर्ने परम्परा छ । विशेषत पाँच दिनसम्म मनाइने यो जात्रामा पञ्चमीको दिन मूल जात्राका रूपमा खट जात्रा गरिन्छ भने षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुण्डो लगाएका १६ जना र अरू वाद्यवाधक सहित ४६ जना मिलेर खोकना परिक्रमा गर्ने गरिन्छ ।स्थ

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 525 पटक पढिएको
  • हेटौँडामा माउन्टेन डिउ किन्ने ग्राहकलाई मिरिन्डा किन्न बाध्य, उपभोक्ता मञ्चको आपत्ति

    हेटौंडा— हेटौँडाको कान्तिराजपथ र भैरवरोड क्षेत्रमा आज भएको बजार अनुगमनका क्रममा माउन्टेन डिउ किन्ने उपभोक्ताहरूलाई अनिवार्य रूपमा मिरिन्डा किन्न बाध्य पारिएको पाइएको छ ।अनुगमनका क्रममा ९ बोटलको माउन्टेन डिउको केसमा एक बोटल मिरिन्डा राखेर बिक्री भइरहेको पाइएको छ । उपभोक्ताहरूले आफूले चाहेका मात्र डिउ किन्न सक्दैनन् र बाध्यतावश मिरिन्डा पनि किन्नु परेको गुनासो गरेका छन् । उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष बासु खतिवडाले भने, ‘डिलरहरूले कम बिक्री हुने मिरिन्डा र स्लाइस जस्ता पेय पदार्थ डिउको प्याकेटमा हालेर उपभोक्तालाई किन्न बाध्य पारिरहेका छन् । यो कार्य उपभोक्ता अधिकार विपरीत हो । 

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 626 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.