काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । 

आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ । 

सचिवालयमा बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने उनले छ ।

बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।

जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।