समाज

    Showing 7,291-7,300 of 11,162 items.
  • पुराना नेताहरू हत्यारा हुन्, तिनीहरूलाई तत्काल पक्राउ गर्नुपर्छ : गणेश चौलागाईं

    काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षका श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले शहीदप्रति इमान्दार अभियान नलिएकाले असन्तुष्टि व्यक्त गरेका छन् । चौलागाईंले नेपाल न्यूज बैंकसँग कुरा गर्दै भागदौड, शव व्यवस्थापनमा कमजोरी र आन्दोलनको नेतृत्व कमजोर भएको आरोप लगाउँदै अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई तत्काल पक्राउ तथा कडा कारवाहीको माग गरेका छन् ।गणेशका अनुसार, श्रीयम विद्यालयबाटै आन्दोलनमा सहभागी भए पनि गोली चलेको खबर आएपछि परिवारले बारम्बार फोन गर्दा जवाफी संचार हुन छाड्यो । ‘मैले २० भन्दा बढी फोन गरेँ, ३ः३० को हाराहारीमा एउटा सन्देश आयो बाबुलाई चोट लागेको छ, सिभि

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 340 पटक पढिएको
  • सर्लाहीमा भारि बर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

    सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले असोज १७ देखि २० गतेसम्म मनसुनजन्य भारी वर्षा हुने पूर्वानुमान रहेकाले जिल्लाभर बाढी, डुबान र पहिरोको जोखिम बढ्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।प्रशासनले शुक्रबार एक सूचना जारि गर्दै जिल्लावासीलाई अविरल वर्षाको कारणले जोखिम बढ्ने देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। प्रशासनले १७ देखि २० गतेसम्म भारि वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ ।सम्भावित विपदजन्य घटनाबाट हुन् सक्ने क्षति न्यूनीकरणका लागि क्विक रेस्पोन्स टिम र इन्सिडेन्ट रिस्पोन्स टिम तयारी अवस्थामा राखिएको पनि जानकारी प्रशासनले दिएको छ

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 359 पटक पढिएको
  • काठमाडौं जाँदै गरेको बस कपिलबस्तुमा दुर्घटना; २२ यात्रु घाइते, चालक फरार

    कपिलबस्तु— धनगढीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस कपिलबस्तुको शिवराज नगरपालिका–१ स्थित बनकसबासमा दुर्घटनामा परेको छ। पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्।ना १ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिए। उक्त बसमा करिब ४० जना यात्रु सवार मध्ये २२ जना घाइते भएको डीएसपी सिंहको भनाइ छ।घाइतेहरूलाई तत्काल उद्धार गरी चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनापछि बस चालक फरार रह

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 561 पटक पढिएको
  • तुइन खोलामा फेरि पहिरो, मुग्लिन–नारायणघाट सडक ठप्प

    काठमाडौं— भारी वर्षाका कारण तुइन खोलामा पहिरो गएको छ । पहिरोका कारण नारायणघाट–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै स्थानीय प्रशासनले यात्रामा रोक लगाउने तयारी भएको प्रहरीको उच्च स्रोतले जनाएको छ । तुइन खोलामा दशैँ शुरु भएदेखि नै पहिरो जाने क्रम रोकिएको छैन । देशैभर सचेतना अपनाउन भन्दाभन्दै पनि विशेष परिस्थितिका कारण यात्रा गरिरहेका यात्रुहरु अलपत्र परेका छन् । देशैभरका स्थानीय प्रशासनले सचेतना अपनाउन आग्रह गरिरहेका छन् । 

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 619 पटक पढिएको
  • डोटीमा प्रहरी जवान मृत फेलाः टाउकोमा गम्भीर चोट

    डोटी— जिल्लाको शिखर नगरपालिका–८ तिलताली निवासी प्रहरी जवान शंकर बलायर मृत अवस्थामा फेला परेका छन्। शुक्रबार राति करिब १२ः१५ बजे गोपघाट भन्ने स्थानमा एक व्यक्ति लडेको सूचना पाएपछि प्रहरी टोली पुग्दा बलायर मृत अवस्थामा भेटिएका हुन्।बलायरको टाउकोमा गम्भीर चोट देखिएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।बलायर हाल रौतहट जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए। उनी नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बारामा दरबन्दी भएका थिए। असोज ७ गतेदेखि लागु हुने गरी उनी १८ दिनको बिदामा डो

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 494 पटक पढिएको
  • देशभर झरीः भोलिसम्म भारी वर्षाको सम्भावना, नागरिकलाई सतर्क रहन मौसम विभागको आग्रह

    काठमाडौं— देशभर बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभाव कायम रहेकोले अहिले अधिकांश भू–भागमा झरी परिरहेको छ। काठमाडौं उपत्यकालगायत धेरै ठाउँमा हिजो बेलुकीदेखि नै झरी जारी छ, जसले जनजीवन प्रभावित बनाएको छ।रातभर परेको पानीका कारण विभिन्न राजमार्गमा पहिरो खसेको खबर आएको छ, जसले यातायात अवरुद्ध भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ।महाशाखाले विशेषगरी मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा धेरै भारी वर्षा हुनसक्ने चेतावनीसमेत दिएको छ। मेघगर्जन र चट्य

    • प्रकाशित मितिः असोज १८, २०८२
    • 564 पटक पढिएको
  • चितवन, धादिङ र तनहुँ जिल्लाको सार्वजनिक अपिल– असोज २० गते सम्म यात्रा नगर्नू

    काठमाडौं— चितवन, धादिङ र तनहुँका जिल्ला प्रशासन कार्यालयले शुक्रबार संयुक्त सूचना जारी गर्दै असोज २० गतेसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नुपरेको अवस्थामा पनि रातको समयमा नगर्न अनुरोध गरिएको छ।मौसम पूर्वानुमान महाशाखाले गरेको प्रक्षेपण अनुसार पानी परेको खण्डमा राजमार्गहरूको आवागमन बन्द गर्नुपर्ने भएकाले यसतर्फ सचेत र सतर्क रहन अपिल गरिएको छ।त्यस्तै, यात्रा गर्नुपर्ने अवस्थामा सुरक्षा निकायहरूबाट आवश्यक जानकारी लिएर मात्र यात्रा गर्न भनिएको छ।असोज २० गतेसम्म अत्यावश्यक बाहेक मालवाहक ठूला सवारी साधन नचलाउन पनि यी तीन जिल्लाका प्रशासन कार्यालयले आग्रह गरेका

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 733 पटक पढिएको
  • सङ्खुवासभामा आफन्तको खुकुरी प्रहारबाट १ जना गम्भीर घाइते

     सङ्खुवासभा— सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा खुकुरी प्रहारबाट एक जना शिक्षक गम्भीर घाइते भएका छन्। जीवन ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र राईमाथि आफन्त फुपूका छोराहरूले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।घटनामा शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनलाई सुरुमा जिल्ला अस्पताल खाँदबारी लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सामान्य विवादपछि जाँडरक्सी सेवन गरेका आफन्त स

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 827 पटक पढिएको
  • राजेश महतो भन्छन् : जेनजी आन्दोलनमा भाईलाई गोली लाग्यो, दुईवटै खुट्टा नचल्ने भयो

    काठमाडौं । जेनजी आन्दोलनका कारण घाइते भएकाहरु देशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।गत भदौ २३ गते काठमाडौं बानेश्वरमा कम्मरमा गोली लागेर राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेका महोत्तरीका २५ वर्षीय राकेश महतोको भने दुईवटै खुट्टा चल्न नसक्ने अवस्थामा पुगेको छ ।राकेशका दाजु राजेशका अनुसार गोली लागेका भाइको दुईवटै खुट्टा प्यारालाइसिस हुने संभावना बढेको जानकारी दिए ।‘भाईलाई काठमाडौंमा राखेर पढाइरहेका थियौं । सरकारी जागिरका लागि लोकसेवाको तयारी गरिरहेको थियो । उसको कम्मरमा गोली लागेकाले खुट्टै नचल्ने अवस्था पुगेको डाक्टरहरुले जानकारी दिनुभएको छ । घरमा आमा पनि विरामी हुनुहुन्छ, कमाइ गर्ने म

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 557 पटक पढिएको
  • गाउँमा नर्सरी, काठमाडौंमा व्यापार

    रामेछाप । रामेछापको मन्थली नगरपालिका–५, सुनारपानीका रामबहादुर साहीले गाउँमा नै फूल तथा इनडोर सजावटका बिरुवाको नर्सरी राखेर काठमाडौंमा बिक्री गरी त्यसबाट राम्रो आम्दानी लिएका छन् । भदौरे कालिका कृषि तथा पशुपन्छी फर्म मन्थलीले उत्पादन गरेका फूल, फलफूल तथा सजावटका बिरुवाहरू अहिले काठमाडौं लगायत देशभर पुगेका छन् । लामो समयसम्म बाँझे बसेको आफ्नै जमिनमा दुई वटा हाई टेक टनेल (प्लास्टिक घर) निर्माण गरी सो फर्मले व्यावसायिक रूपमा बिरुवा उत्पादन गरी बिक्री गरिहरेको छ । फर्ममा उत्पादित बिरुवा सबै काठमाडौं जाने फर्ममा काम गर्ने कर्मचारी बताउँछन् । आफ्नो जीवन नै फलफूल नर्सरीमा बितेको नर्सरीक

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 330 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.