जनकपुर— जनकपुरधामका व्यवसायीहरुले गर्दै आएको आन्दोलन स्थगित भएको छ । सोमबार धनुषाका प्रशासन कार्यालयमा भएको छलफल पश्चात सहमतिमा कुरा टुंगिएपछि जनकपुरधामका व्यापारीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।सहमति अनुसार गत असोज ३१ गते जनकपुरधामको सोनरपट्टी बजारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्ने, व्यापारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने, र बजार सञ्चालनका लागि सहज वातावरण सुनिश्चित गर्ने सहमति भएको छ ।धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा जनकपुरधामको सोनारपट्टी बजार क्षेत्रको एक पसलमा छापा मारेको थियो । सो क्रममा करिब सात कि
हेटौंडा— देशकै पुरानो सरकारी स्वामित्वको उद्योग हेटौंडा सिमेन्ट फ्याक्ट्री फेरि एकपटक संकटको चपेटामा परेको छ । उत्पादन स्थगित भएको झण्डै एक वर्ष नाघ्दा सरकारले यो उद्योगलाई निजीकरण प्रक्रियामा लैजाने तयारी थालेपछि यसबारे व्यापक बहस सुरु भएको छ ।वि.सं. २०३३ मा जापान सरकारको सहयोगमा स्थापना गरिएको हेटौंडा सिमेन्ट उद्योगले सन् १९८६ डिसेम्बर ११ देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । सुरुवाती समयमा यसले देशको सिमेन्ट मागको ठूलो हिस्सा पु¥याएको थियो । वार्षिक २ लाख ६० हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यो उद्योग अहिले भने पुरानो प्रविधि, मेसिनरी जीर्णता र व्यवस्थापन कमजोरीका कारण लामो समयदेखि उ
काठमाडौं— नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले स्वार्थको राजनीतिमा सहभागि भई गल्ति गरेको भन्दै कमजोरीलाई स्विकार गरि नयाँ अभियान मार्फत संकल्प पुरा गर्ने बताएका छन् । मंगलबार ललितपुरमा विशेष पत्रकार सम्मेल गर्दै उनले आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गर्ने प्रवृतिमा सहयोग गरेको भन्दै आफ्ना कमजोरीलाई स्विकार गर्दै अब इमान्दारीका साथ नयाँ अभियान मार्फत अघि बढ्ने बताएका हुन् । उनले भने, ‘आजसम्म आम जनता, मतदाता, कार्यकर्ता र समर्थनहरुलाई दुरुपयोग गरेर स्वार्थ केन्द्रित जो शाषन गर्ने प्रवृति जन्मियो त्यसमा हाम्रो पनि कमि छ, हामीले पनि गल्ति गरेका
भक्तपुर— १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा सिन्धुली गोलन्जोर गाउँपालिका–२ का २१ वर्षीय सन्तोष भुजेललाई प्रहरीले पक्राउ गरेको छ।बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो। यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
काठमाडौं— सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको नेप्से मंगलबार फेरी २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको छ ।यसदिन कुल ३२२ स्टकको ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ रुपैयाँ बराबरको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर कारोबार भएको छ । ४६ हजार ८७५ पटकको कारोबारमा उक्त शेयर कारोबार भएको हो । यसअघि सोमबारको कारोबारमा ६ अर्ब ५ करोड रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।यसदिन आजदेखि कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्कि
काठमाडौं— नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले आगामी पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले उक्त प्रस्ताव राखेका हुन् ।बैठकको सुरुमै सम्बोधन गरेका थापाले पुस १६ देखि १९ सम्म १५औँ महाधिवेशनको प्रस्ताव राखेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए । यता, संस्थापन समूह भने आगामी वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छ । विवादकै बीच थापाले आफूले तयार पारेको प्रस्ताव बैठकमा पेस गरेका हुन् । संस्थापन इतरका नेताहरू अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन अगाडि नियमित नत्र भने विशेष महाधिवेशन बोलाउनुप
काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता, एवम् सूचना, प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार सार्वजनिक गरेका हुन् ।बैठकले वैदेशिक रोजगार न्यायाधिकरणदेखि शहीद घोषणा, क्षतिपूर्ति वितरण, र अस्थायी दरबन्दी स्वीकृति लगायतका विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो ।बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेलाई
काठमाडौं— सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका निकोलस भूसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ सरस्वती आश्रम क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो।कार्यालयका अनुसार, भूसाललाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। उनले सामाजिक सञ्जालमार्फत दिएका केही अभिव्यक्तिहरूका कारण हालैदेखि प्रहरीको निगरानीमा रहेका थिए।प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
काठमाडौं— काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका विभिन्न अस्पतालका क्यान्टिनहरूमा खाद्य स्वच्छता अनुगमन गरेको छ ।अनुगमनका क्रममा चावहिलस्थित ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही देखिएपछि सात दिनका लागि बन्द गरिएको हो ।हेल्दी बाइट्स सर्भिसेज् प्रालि.द्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए । अनुगमन टोलीका फुड टेक्नोलोजि
हेटौंडा— पूर्व–पश्चिम राजमार्गको हेटौंडा खण्डमा, सुमार्गी कम्प्लेक्सअगाडिको भागमा हालै राखिएको एउटा ‘बेनामे सूचना बोर्ड’ले स्थानीयमा कौतुहलता र प्रश्न उत्पन्न गरेको छ ।सडकको बीच भागमा बाक्लो पोलमा जडान गरिएको उक्त बोर्डमा कुनै पनि सरकारी निकायको नाम, लोगो वा जिम्मेवार संस्था उल्लेख गरिएको छैन । स्थानीय व्यापारी र सवारी चालकहरूले उक्त बोर्डको स्थान र डिजाइनले सडक सुरक्षामै जोखिम सिर्जना गर्न सक्ने बताएका छन् । ‘राजमार्गकै बीचमा राखिएको छ, रातमा टाढाबाट हेर्दा ठोक्किने डर हुन्छ,’स्थानीय व्यापारी सुरेश पौडेलले बताए ।सडक विभागका एक इन्जिनियरले नाम नखुलाउने सर्तमा भने, ‘सडक बीचमा कुनै पनि संरच
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.