काठमाडौं— सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका निकोलस भूसाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८ सरस्वती आश्रम क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो।

कार्यालयका अनुसार, भूसाललाई काठमाडौं ल्याउने तयारी भइरहेको छ। उनले सामाजिक सञ्जालमार्फत दिएका केही अभिव्यक्तिहरूका कारण हालैदेखि प्रहरीको निगरानीमा रहेका थिए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।