समाज

    Showing 6,161-6,170 of 6,863 items.
  • जातीय बिभेदको आरोपी छुटाउन मन्त्री नै पुगेपछि....(भिडियो सहित)

    काठमाण्डौ / जातीय आधारमा घर भाडामा नदिएको अभियोगमा पक्राउ परेकी काठमाण्डौको बबरमहलकी सरस्वती प्रधानलाई छुटाउन संघिय सरकारका मन्त्री कृष्ण गोपाल श्रेष्ठ नै प्रहरी कार्यालय पुगेका छन् ।संचारकर्मी रुपा सुनारले जातीय आधारमा दलीत भएको भन्दै प्रधानले घरभाडामा नदिएको अभियोगमा दायर गरेको मुद्दामा पक्राउ परेकी प्रधान छुटाउन संघिय सरकारका मन्त्री श्रेष्ठ नै प्रहरी कार्यालय गएका हुन् ।सुनारको जाहेरीका आधारमा पक्राउ परेकी प्रधान छुटाउन नेवार समुदायका जातीय संघ–संस्था आन्दोलनमा उत्रिएपछि नेवार समुदायकै काठमाण्डौबासी समेत रहेका मन्त्री श्रेष्ठ पक्राउ परेकी घरधनी प्रधान छुटाउन प्रहरी कार्यालय पुगेका हुन् । प

    • प्रकाशित मितिः असार ९, २०७८
    • 764 पटक पढिएको
  • पहिरोले घर भत्काउँदा एकै परिवारका ३ को मृत्यु

    बिर्तामोड / रोल्पामा पहिरोले घर भत्काउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८६ वर्षीया कर्मिता बुढा, १६ वर्षीया श्यामकला बुढा र १८ वर्षीया सुशीला बुढा रहेको प्रहरीले जनाएको छ ।मंगलबार रातिको पहिरोले रोल्पा नगरपालिका हुमामा दुई तले घर पुरीएपछि तीन जनाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेश सुवेदीले बताएका छन् । सुवेदीका अनुसार पहिरोमा परी टीका बुढामगर घाइते भएका छन् । उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत बुटवलको मणिपाल कलेज  लैजाने तयारी गरिएको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 148 पटक पढिएको
  • सामाजिक संजालमा भाइरल सन्तोषीको हत्या

    काठमाण्डौ / सामाजिक संजाल फेसबुक र युट्युवमा पशुपंछीको आवाज सहितका भिडिओ सामाग्री प्रस्तुत गर्दै आएकी सन्तोषी सुब्बाको हत्या भएको छ । काठमाण्डौको दक्षिणकालीमा भेटिएको शव सुब्बाको भएको प्रहरीले पुष्टि गरेको छ ।बुधवार विहान दक्षिणकाली परिषरको शौचालयमा उनको विभत्स शव भेटिएको थियो ।  काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा चर्चामा रहेकी सुब्बाको भएको पुष्टि भएको बताएका छन् ।शौचालयमा भेटिएको सुब्बाको टाउकोमा गहिरो चोट र अनुहार पनि क्षतविक्षत रहेको प्रहरीले जानकारी गराएको छ । विभत्स शव भेटिए लगत्तै प्रहरीले त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विज्ञस

    • प्रकाशित मितिः असार ९, २०७८
    • 659 पटक पढिएको
  • जनप्रतिनिधि भिरबाट चिप्लिइन्

    जाजरकोट / जाजरकोटमा भिरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–२ की सुशीला नेपाली रहेकी छिन् । नेपाली बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा भिरबाट लडेर घाइते भएकी थिइन् । उनको उपचारका लागि नेपालगञ्ज लाँदै गर्दा बाटोमै मृत्यु भएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 94 पटक पढिएको
  • खानेतेलको गिलेनमा लागूऔषध !

    मोरङ / मोरङमा लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी –७ का ३२ वर्षीय राज कुमार मगर रहेका छन् । उनलाई मङ्लबार बेलुका साढे ६ बजे विराटनगर १६ दक्षिण गेटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५  एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 275 पटक पढिएको
  • ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    मोरङ / मोरङमा ट्रिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई –६ सौठाका ४२ बर्षीय तिलक राज खड्का रहेका छन् । उनी सवार रहेको  प्र१—०२–०४३प ८०११ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिफरले ठक्कर दिँदा खड्का गम्भिर घाईते भएका थिए । उनको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।ट्रिपर र चालक धनपालथान ६ का ३९ बर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ ।

    • प्रकाशित मितिः असार ८, २०७८
    • 110 पटक पढिएको
  • यो वर्ष बाढी, पहिरोको जोखिम उच्च

    काठमाडौँ  / यो वर्ष मनसुनको सुरुवातमै परेको पानीले ठूलो क्षति भएको छ । मनसुनको सुरुवातमै परेको पानीले देशका पहाडी तथा तराईका विभिन्न भु–भागमा बाढी, पहिरो र डुवानले जनधनको ठूलो भएको हो । गृह मन्त्रालयले असारको सुरुवातमै परेको पानीले ठूलो क्षति भएको भन्दै बाढी, पहिरोको जोखिम भएको स्थानमा बसोवास गर्ने सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।  विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढी, पहिरोका कारण पछिल्ला १० वर्षमा १ हजार ७ सय ४१ जनाको ज्यान गएको छ । जसमा ९ सय २५ जना पहिरोमा पुरिएर र ७ सय जनाभन्दा बढी बाढीमा डुबेर मृत्यु भएको छ ।यसअघि सरकारले २०७४ मा बाढी पहिरोजन्य जोखिम कम गर्न भन्

    • प्रकाशित मितिः असार ८, २०७८
    • 125 पटक पढिएको
  • उदयपुरमा ट्याक्टरबाट लडी एकको मृत्यु

    उदयपुर / उदयपुरमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई –७ का ३२ बर्षीय तुल बहादुर केप्छाकी मगर रहेका छन् । उनी रौतामाई गाँउपालिका –१ टाट्नेमा टेलिकमको सामान लिएर जाँदै गरेको स१त ६८५८नम्बरको ट्याक्टरबाट लडेर गम्भिर घाईते भएका थिए । उनको बेलुका ५ बजे उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर र चालक रौतामाई –७ का २५ बर्षीय चेतु दमाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेका छन् ।

    • प्रकाशित मितिः असार ८, २०७८
    • 98 पटक पढिएको
  • सुनसरीमा भोलिबाट सबै पसल खोल्न पाइने

    इनरुवा  / सुनसरीमा भोलीबाट विहान ५ बजेबाट मध्यान्न १२ बजेसम्म सबै पसल खुल्न पाईने भएको छ । आज बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय गर्दै पसल खोल्न दिने निर्णय गरेको हो । बैठकले जारी निषेधाज्ञालाई असार १४ गते गते सम्म निरन्तरता दिने पनि निर्णय गरेको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले वैठकका निर्णयका विषयमा जानकारी गराउँदै भने – भोलीबाट गुद्री, सब्जी मण्डी , हाटबजार र  चिया पसल खोल्न पाईने छैन ।  होटल रेष्टुरेन्टको हकमा पनि होम डेलिभरी तथा टेक अवे मात्रै गर्न पाईने छ । वैठकले दुधडेरी, सब्जी, खाद्यान्न र पशुजन्य आहार ढुवानी गर्न दि

    • प्रकाशित मितिः असार ७, २०७८
    • 1,025 पटक पढिएको
  • पाँचथरमा पहिरोमा परी १ को मृत्यु, १ घाईते

    पाँचथर / पाँचथरमा पहिरो सँगै झरेको ढुंगाले लागी १ को मृत्यु र १ जना घाइते भएका छन् । मृत्यु हुनेमा याङ्वरक गाउँपालिका –२ लेखेवा का ५८ बर्षीय टेकनाथ धौराली रहेका छन् । आज बिहान  ७ बजे कुलो बनाउने क्रममा पहिरो संगै आएको ढुंगाले लागी धौरालीको घट्ना स्थलमा नै मृत्यु भएको हो भने सोही स्थानका ५२ बर्षीय खड्क बहादुर राई सामान्य घाईते भएका छन् । घाईतेलाई उपचारको लागी स्थानिय स्वास्थ्य चौकीमा पठाईएको छ ।

    • प्रकाशित मितिः असार ७, २०७८
    • 103 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा