काठमाडौं / काठमाडौंमा एक अस्थायी टहरामा टिपर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । गोकर्ण रिसोर्ट नजिक थली ओरालोमा बालुवा बोकेको टिपर एक अस्थायी टहरामा पल्टिँदा दुई जनाको ज्यान गएको हो ।बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे साँखु चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।मृत्यु हुनेमा नुवाकोट घर भएका साइला तामाङ र जयन्ती तामाङ छन् । मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ । टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले टिपर चालक
सिराहा / १० वर्षदेखि निर्माणाधीन रहेको कमला नदीको सिराहा–धनुषा जोड्ने पुल भासिएको छ । बिहीबार नदीमा आएको बहावका कारण पुल दुई फिट भासिएको हो । पुलको १२ वटा स्पान र १३ वटा पायामध्ये सिराहा तर्फको दोस्रो पाया भासिएको छ । ०६८ मा पप्पु लुम्बिनी बिल्डर्स जेभिले निर्माण थालेको पुलको काम सक्न अझै बाँकी रहेको छ । १० वर्षदेखि निर्माणाधीन पुल ९५ प्रतिशत काम मात्र पूरा भएको छ । पप्पु कन्स्ट्रक्सनले सात वर्षसम्म सुस्त गतिमा काम गरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरधामले हटाएर लुम्बिनी बिल्डर्सलाई जिम्मेवारी सुम्पेको थियो । विगत तीन वर्षदेखि लुम्बिनी बिल्डर्सले पुल निर्माणको काम
प्यूठान / प्युठानमा हेमन्त पुनमगरको हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेपानेका १७ र १५ वर्षका बालक र मल्लारानी गाउँपालिका वडा नम्बर ३ धनुबाँसका –१८ वर्षीय रेमबहादुर घर्ती रहेका छन् । प्यूठान नगरपालिका –१० नेपानेमा गत सोमबार बिहान हेमन्त भन्ने नरेन्द्र मृत र उनका साथी सुरेश बस्नेत गम्भीर घाइते अवस्थामा फेला परेका थिए।हेमन्तको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।घाइते बस्नेतको भैरहवास्थित मेडिकल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोको अपरेसन गरिएको थियो। उनको भेन्टिलेटरमा राखेर
बिर्तामोड / मेचीनगर नगरपालिकाको आठौँ नगरसभाले मेचे जातिलाई ‘पहिलो जाति’ घोषणा गरेपछि धिमाल र राजवंशी समुदायले बिरोध गरेका छन् । गत असार १० गते नगरसभाले मेचे जातिलाई प्रथम जातिको मान्यता दिएको थियो । नगरसभाको निर्णय विरुद्ध धिमाल र राजबंशी समुदायले आपत्ति जनाउदै इतिहासको खोज र अनुसन्धान बिना गरिएको निर्णय आफ्नो समुदायलाई मान्य नभएको बताएका छन् । धिमाल जातीय बिकास केन्द्र र राजबंशी समाज विकास समिति मेचीनगरले सरोकारवालासँग समन्वय र विना अनुसन्धान गरिएको निर्णय अमान्य भएको बताएका छन् । मेचीनगर नगरप्रमुख विमल आचार्यलाई भेटेर उनीहरुले यो विषयमा आपत्ति जनाएका छन ।
बारा / बारामा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जन रहेका छन् । निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका उनलाई बुधबार बिहान ३ बजे सर्पले कानमा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
बिर्तामोड / झापामा कोभिड –१९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई खुकुलो बनाउँदै एक साता थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार २१ गते राति १२ बजेसम्मका लागि जारी राख्ने र खुकुलो बनाउने निर्णय गरेको हो । संक्रमणको दरमा केही कमी आएपनि खतरा यथावत रहेकाले निषेधाज्ञा थप गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले बताएका छन् । खाद्यान्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक, हार्डवेयर तथा निमाणजन्य सामग्री, इलेक्ट्रिोनिक, टेलरिङ, ड्राइक्लिनर्स, लत्तकपडा, जुत्ताचप्पल,
खोटाङ / खोटाङमा बुबाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –२ सोल्माका २८ वर्षीय सुवर्ण राई रहेका छन् । उनलाई आज बिहान ५ बजे बुबा ७२ वर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ ।
बिर्तामोड / राष्ट्रिय उपभोक्ता मञ्चले कोरोना खोप अवैध रुपमा विक्रि भएको भन्दै कालोबजारीमा संलग्नहरूमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मञ्चका अध्यक्ष पैमलाल महर्जनले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको पूर्वी नाकाबाट कोरोनाबिरुद्धको (कोभिशिल्ड) खोप अवैध रुपमा भित्र्याइ लुकिछिपी चर्को मूल्यमा बिक्री गर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । महर्जनले जारी गरेको विज्ञप्तिमा कोभिसिल्डको पहिलो खोप लगाएका नागरिकहरूले समयमा दोस्रो खोप लगाउन नपाउँदा हतोत्साहित र निराश बनेको स्थितिमा अवैध रुपमा भित्र्याएर कालोबजारी हुन थालेको बताइएको छ । यसरी अवैध रुपमा भित्र्याइएक
सङ्खुवासभा / सङ्खुवासभामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखपन नगरपालिका –६ स्वाङगेका ६५ वर्षीय लिला बहादुर कटुवाल रहेका छन् । हिजो बेलुका साढे ६ बजे घर नजिकै बारीमा दुधिलोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भिर घाईते भएका कटुवालको वाना प्राथमिक स्वास्थ्य केन्द्र बानामा पुर्याउन साथ मृत्यु भएको थियो ।
राजविराज / पेट्रोलियम पदार्थ बोकेको ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार दुई बालिकाको मृत्यु भएको छ । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा न –२ सीतापुरमा भएको सडक दुर्घटनामा परी मोटरसाइकलमा सवार थप तिन जना घाईते समेत बनेका छन् ।पूर्वपश्चिम राजमार्गमा फरक फरक स्थानमा ना ७ ख ५४९५ नम्बरको ट्यांकरले दिएको ठक्करमा उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई किलोमिटरको फरकमा एउटै ट्याङकरले ठक्कर दिएको हो ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको सप्तरी प्रहरीले जानकारी गराएको छ ।दुर्घटनामा परी स ११ प २५८५ नम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.