समाज

    Showing 6,021-6,030 of 6,863 items.
  • वीरगंजमा रोकिराखेको ट्रकबाट २१ किलो गाँजा बरामद

    वीरगंज//वीरगंजमा रोकिराखेको ट्रकबाट सशस्त्र प्रहरीले २१ किलो गाँजा बरामद गरेको छ। मकवानपुरको मनहरीबाट वीरगंज जाँदै गरेको ना ३ ख ४२९७ नम्बरको ट्रकमा लागूऔषध राखिएको भन्ने सुचनाको आधारमा पुगेको सशस्त्रको टोलीले गाँजा बरामद गरेको हो। वीरगंज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डमा रोकिराखेको ट्रकबाट चारवटा प्लाष्टिकको प्याकेटमा २१ किलो गाँजा रहेको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी गराएका छन्। प्रहरीको अनुसार चालक र सह-चालक भने फरार भएका छन्। 

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 108 पटक पढिएको
  • सुजिता हत्या प्रकरण :बुवासहित थप ३ जना पक्राउ

    महोत्तरी // महोत्तरीकी सुजिताको हत्यामा संलग्न रहेको आरोपमा उनका बुवासहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुजिताकै बुवा कामेश्वर पाण्डे ,उनकी नन्द ३५ बर्षिया अन्जु ठाकुर र स्थानिय प्रमोद मण्डल छन्। महोत्तरीको  लोहारपट्टी नगरपालिका-७ भम्रपुराकी सुजिता ठाकुर पटक -पटक बाहिर गइरहने गर्थिन। उनको सो बानी मन नपरेको भन्दै आफ्नो प्रतिष्ठा जोगाउनकै लागि बुवाको  मिलेमतोमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी गराएका छन्। रुपेशले उनको हत्या गरेको ,बुवाले घटना लुकाउने प्रयास गरेको

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 218 पटक पढिएको
  • सप्तरीबाट चोरी भएको छिन्नमस्ता भगवतीको मुकुटसहित एक जना पक्राउ

     सप्तरी //सप्तरीबाट चोरी भएको छिन्नमस्ता भगवतीको मुकुटसहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ। विष्णुपुर गाउँपालिका-५ मझाउ गाउँबाट चोरी भएको मुकुटसहित स्थानीय राजेशकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी गराएका छन्। छिन्नमस्ता गाउँपालिकामा रहेको छिन्नमस्ता (शखरेश्वरी) भगवतीको चाँदीको मुकुट, नथिया र टीका आइतबार साँझ चोरी भएको थियो।घटनाबारे थप अनुसन्धान भइरहेको  डीएसपी काफ्लेले बताएका छन् ।   

    • प्रकाशित मितिः साउन १८, २०७८
    • 132 पटक पढिएको
  • झापाको दमकबाट ६ जुवाडे पक्राउ

     दमक //झापाको दमकबाट ६  जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा होटेल सञ्चालक दमक नगरपालिका– ७ का ३२ वर्षीय पदम सुब्बा, सोही नगरपालिका–५ का २९ वर्षीय कैलाश लिम्बु, ५० वर्षीय प्रेम सुब्बा,३८ वर्षीय द्रोणाचार्य कार्की,३३ वर्षीय मोहन ढुङ्गाना र ५० वर्षीय भीम सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी गराएका छन्। दमक नगरपालिका–८ स्थित लिम्बुले सञ्चालन गरेको पेरुङ्गो होटलको दोस्रो तलामा जुवातास खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो।   उनीहरुले खेलेको जुवा

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 82 पटक पढिएको
  • रौतहटबाट ९ जुवाडे पक्राउ

     रौतहट //रौतहट बाट ९ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा गरुडा नगरपालिका–४ स्थितमा बस्ने २५ वर्षीय रामशरण चौरसिया, २४ वर्षीय जय प्रकाश साह, २६ वर्षीय अशोक चौधरी, ३६ वर्षीय हरिष जयसवाल, २२ वर्षीय मुकेश साह, २७ वर्षीय रोहित जयसवाल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।त्यसैगरी सोही वडाको जयनगर टोलका  ३० वर्षीय जंग बहादुर यादव, २३ वर्षीय उमेश राय   र ४२ वर्षीय उपेन्द्र राउत छन् ।चन्द्रपुर नगरपालिका -४ स्थित अशोका होटलमा जुवा खेलिरहेको  भन्ने सुचना प्राप्त भएपछी पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुले खेलेको खालबाट खुल्ला

    • प्रकाशित मितिः साउन १६, २०७८
    • 150 पटक पढिएको
  • झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ जना पक्राउ

    पर्सा //झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने कार्यमा संलग्न २ जनालाइ पर्सा प्रहरीले पक्राउ गरेको छ । भारत घर भइ हाल पर्साको बहुदरमाइ नगरपालिका २ बस्ने २८ वर्षीया सीता पटेल र बहुदरमाइ नगरपालिका २ कै ५१ वर्षीय धुरुपप्रसाद पटेललाइ नक्कली बावु -छोरी बनी नागरिकता दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । भारतीय नागरिक सीता पटेलले जिल्ला प्रशासन कार्यालय पर्सामा झुठो विवरण पेश गरी कविता कुमारी पटेलको नामबाट २०७० साल पुष ११ गते नेपाली नागरिकताको  प्रमाण पत्र लिएकी थिइन् ।नागरिकता बनाउने बेला धुरुप पटेलले सीतालाई आफ्नो छोरी कविता पटेल भनेर सनाखत गरेका थिए ।  भारतीय नागरिक सीताले झुठो विवर

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 167 पटक पढिएको
  • उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान फेरि आन्दोलनमा

    सर्लाही // उखुको भुक्तानी नपाएपछि सर्लाहीका उखु उत्पादक किसान फेरि आन्दोलनमा उत्रिएका छन्।आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् ।ऋण लिएर उखुखेती गरिएको र बिक्री भए पनि तत्काल पैसा नपाएपछि आफूहरुले वर्षौंदेखि गर्दै आएको उखु उत्पादनको पेशा दिनप्रतिदिन परिवर्तन गर्न बाध्य भएको जिल्लाका उखु उत्पादक किसानको गुनासो छ ।०७४ कै पैसा नपाएको उनीहरुले बताए ।विगत तीन/चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेको सिसौटियाका उखु उत्पादक किसान रामविलास महतोले बताए। पटकपटकको

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 148 पटक पढिएको
  • बाराबाट लागुऔषध गाजासहित एकजना पक्राउ

     बारा //बाराबाट प्रतिबन्धित लागुऔषध गाजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका ६२ वर्षीय शेरबहादुर जिम्बा छन्।विशेष सूचनाको आधारमा बुधबार अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका ११ रतनपुर तामागढी सडकखण्डस्थित जङगलबाट जिम्बालाई  ५ किलोग्राम गाजा सहित पक्राउ गरेको हो ।जिम्बाले पिठ्युमा बोकेको कालो रङको झोला खानतलाशी गर्दा उक्त गाजा फेला परेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका जिम्बालाई प्रहरी हिरासतमा राखेर लागूऔषध मुद्दामा बारा जिल्ला अदालतबाट म्याद अनुमति

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 126 पटक पढिएको
  • झुट्टो विवरण पेश गरी नागरिकता बनाएको आरोपमा दुई पक्राउ

    वीरगञ्ज / पर्सामा नक्कली बाबु र छोरी बनी नागरिकता बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका –२ बस्ने ५१ वर्षीय धुरुप प्रसाद पटेल र भारत घर भई हाल सोही ठाउँ बस्ने कविता कुमारी भन्ने २८ वर्षीया सीता पटेल रहेका छन् । भारतीय नागरिक सीता पटेलले कविता कुमारीको नाउँबाट जिल्ला प्रशासन कार्यालय, पर्साबाट  झुट्टा विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार बिहान १० बजे वीरगञ्ज –१३ श्रीपुरबाट सीता पटेललाई न

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 170 पटक पढिएको
  • रौतहटको कटहरिया नगर क्षेत्रमा फ्री वाईफाई जोड्ने घोषणा

     रौतहट //रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा फ्री वाईफाई जोड्ने मेयर सियाराम कुश्वाहाले घोषणा गर्नुभएको छ। मेयर कुश्वाहाले बुधबार एक समारोहका बीच मोबाइलबाट नेटवर्क संचालन गरि फ्री वाईफाई जोड्ने घोषणा गर्नुभएको हो ।उक्त उदघाटन समारोहलाई  सम्बोधन गर्दै मेयर कुश्वाहाले कोभिड- १९ को महामारीको बेलामा विद्यार्थीलाई अनलाईनबाट पढ्न अत्यन्तै सहज हुने बताउनु भयो। लकडाउनको अवधिमा हुनेखानेको घरमा वाईफाईको  सुबिधा भएपनी हुँदा खानेको घरमा समस्या देखेर कार्यपालिका बोर्डका साथिहरुको सल्लाह अनुसार निशुल्क वाइफाइको पहल गरेको उँहाले बताउनुभयो ।यस्तै वाईफाई भएपछी युटुबबाट विभिन्न सीप सिकेर

    • प्रकाशित मितिः साउन १४, २०७८
    • 95 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा