समाज

    Showing 5,991-6,000 of 10,129 items.
  • त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    काठमाडौं—  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार क्षेत्रबाट करिब ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।पक्राउ परेकाहरूमा भारतको विभिन्न स्थानका ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख, र ३२ वर्षीया जैनब वशीर रहेका छन्।प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार ती तीनै जना एयर एसियाको फ्लाइटमार्फत बैंककबाट काठमाडौं आएका थिए। विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूबाट करिब ११ किलो २७५ ग्राम गाँजा फेला परेको हो।हाल पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान र कार

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 675 पटक पढिएको
  • टिपरको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं— काठमाडौँको जडीबुटीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा गएराति कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बाप्र ०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।टिपरको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । दुर्घटनामा संलग्न टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदी

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 559 पटक पढिएको
  • ट्याक्टरको ठक्करले वृद्धाको मृत्यु, चालक फरार

    उदयपुर— उदयपुरमा ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। त्रियुगा नगरपालिका–२, मोथिहाईस्थित भित्री कच्ची सडकमा ट्याक्टरले ठक्कर दिँदा स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।मधेश प्रदेश–०१–००१ त २५६४ नम्बरको ट्याक्टरले आइतबार दिउँसो ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।दुर्घटनापछि ट्याक्टर चालक, २४ वर्षीय धर्मेन्द्र राजधामी फरार भएका छन्। हाल उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।यस घटनासँग सम्बन्धित ट्याक्टरका धनी ४० वर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुस

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 583 पटक पढिएको
  • दक्षिण अफ्रिकामा बस दुर्घटना हुुँदा ४० जनाको मृत्यु

    एजेन्सी—  दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा भएको  बस दुर्घटनामा परी कम्तीमा ४० जनाको ज्यान गएको छ । मृत्यु हुनेहरूमा मालावी र जिम्बावेका नागरिकहरू पनि रहेका छन् ।दुर्घटना आइतबार भएको हो, जब जिम्बावे जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट तल खस्दा गम्भीर दुर्घटना भएको थियो । बस दक्षिण अफ्रिकाको ग्क्वेबेर्हा सहरबाट छुटेको थियो, जुन जिम्बावे सीमाबाट करिब एक हजार ५०० किलोमिटर टाढा पर्छ ।लिम्पोपो प्रदेशकी यातायात मन्त्री भायोलेट माथ्येका अनुसार, ‘हाल उद्धारकार्य जारी छ, तर अहिलेसम्म ४० जनाको मृत्यु पुष्टि भइसकेको छ ।’मृतकमध्ये एक १० महिनाकी बालिका पनि रहेको उनले जानकारी दिए ।उक

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 699 पटक पढिएको
  • ७० लाख घुसकाण्डमा छानबिनमा रहेका पौडेललाई पुनः कास्की सरुवाको चलखेल

    काठमाडौं— देशभर फैलिएको भ्रष्टाचार र अनियमितताविरुद्ध नयाँ सरकारले सुशासनको नारा दिँदै सुधारका कदम चालिरहेको बेला अख्तियारको छानबिनमा रहेका एक विवादास्पद कर्मचारीलाई पुनः पदस्थापन गर्ने तयारी सुरु भएको छ। मालपोत कार्यालय कास्कीका पूर्वप्रमुख चिरञ्जिवी पौडेललाई पुनः सोही कार्यालयमा सरुवा गर्न प्रशासनिक चलखेल चलिरहेको खुलेको छ।पौडेलमाथि मालपोत प्रमुख बन्नका लागि ७० लाख रुपैयाँ घुस दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यसअघि यही प्रकरणका कारण उनी कास्कीबाट काठमाडौं तानिएका थिए।तर अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका केही अधिकारीहरूको सक्रियतामा उ

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 583 पटक पढिएको
  • फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रु दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो आइतबार सुन प्रतितोला रू दुई लाख ३८ हजार र चाँदी प्रतितोला रू तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 668 पटक पढिएको
  • अरिङ्गालको टोकाइबाट ८२ वर्षीय वृद्धको मृत्यु

    लमजुङ— लमजुङको बेंसीशहर नगरपालिका–११, तिवारीडाँडाका यज्ञनिधि तिवारीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ। ८२ वर्षीय तिवारी आइतबार साँझतिर बाटोमा हिँड्दाहिँड्दै अरिङ्गालको झुण्डले आक्रमण गरेपछि गम्भीर घाइते भएका थिए।घटनापछि स्थानीयले उनलाई तत्काल उद्धार गरी बेंसीशहरस्थित प्रदेश अस्पताल पुर्‍याएका थिए। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएपछि उनलाई थप उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज, भरतपुर पठाइएको थियो।उपचारकै क्रममा सोमबार बिहान ४ः३० बजे उनको निधन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए।

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 500 पटक पढिएको
  • २० जना बन्दी रिहा गर्दै हमास, विपीन जोशी अझै अज्ञात

    काठमाडौं— प्यालेस्टिनी समाचार एजेन्सी ‘शेहाब’ले हमासले मुक्त गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।जुन सूचीमा विपीन जोशीको नाम उल्लेख छैन । यस्तै अज्ञात भनिएका अर्का तमीर निम्रोदीको नाम पनि सूचीमा समावेश छैन ।सार्वजनिक गरिएका नामहरू पहिले नै सार्वजनिक भएका २० जना जीवित रहेको भनी अनुमान गरिएका बन्धकहरूको सूचीसँग मिल्छन् ।उनीहरु सबै इजरायली नागरिक हुन् । यी २० जनालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । उनीहरुलाई लिन अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको टोली गाजा पट्टी पुगेका छन् ।यस्तो छ सूचीः– बार कुपरस्टाइन– एभ्यातार डेभिड– योसेफ–चाइम ओहाना– सेगेभ काल्फोन– अविनातान ओर– एल्काना बोहबो

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 647 पटक पढिएको
  • पर्सामा महिलाको नाममा तीन सय ६३ घरेलु उद्योग सञ्चालन

    पर्सा— सरकारी प्रोत्साहनसहित महिलाहरूको घरेलु उद्योगतर्फको आकर्षण बढिरहेको छ। घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका अनुसार, गत आर्थिक वर्षमा पर्सा जिल्लामा महिला स्वामित्वमा ३६३ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।कार्यालयका प्रमुख उद्योग अधिकृत पवन पञ्जीयारका अनुसार सो अवधिमा कूल ९६३ उद्योग दर्ता भएका थिए, जसमा ६३५ पुरुष र ३६३ महिला उद्यमी थिए।“पहिले महिलाहरू आफ्नै नाममा उद्योग खोल्न हिच्किचाउँथे, तर अहिले ३५ प्रतिशत छुटको सरकारी सुविधा र महिलाहरूको सक्रियता बढेसँगै उद्यम दर्ता गर्ने संख्या उल्लेख्य रूपमा बढेको छ,” प्रमुख पञ्जीयारले बताए।उनका अनुसार, पछिल्लो वर्ष दर्ता भएका उद्योगहरू

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 688 पटक पढिएको
  • सरुवा उल्ट्याउने प्रवृत्ति बढ्दो, केही उपसचिव र अधिकृत मन्त्रीको प्रभावमा

    काठमाडौं— अघिल्लो सरकारले स्थानीय तहमा अनावश्यक रूपमा बसेका कर्मचारीलाई कार्यक्षेत्रमा फर्काउने उद्देश्यले थालिएको सरुवा प्रक्रिया पछिल्लो समय फेरि कमजोर बन्दै गएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहँदा भगवती न्यौपानेले काठमाडौं केन्द्रित अधिकृत र उपसचिवहरूको सरुवा गरेकी थिइन्। तर सरुवाको कार्यान्वयन अगाडि बढ्न नपाउँदै जेनेरल सर्भिस (जेनजी) आन्दोलनको चपेटामा परेर सरकार परिवर्तन भयो।सरकार फेरिएसँगै त्यही सरुवा उल्ट्याउने प्रक्रिया फेरि सक्रिय बनेको छ। विभिन्न मन्त्रालयका केही मन्त्रीहरूको प्रभावमा परेर, सरुवा भइसकेका अधिकृत र उपसचिवहरूले मनपर्ने मन्त्रालयमै बस्ने प्रयास तीव्र बनाएका

    • प्रकाशित मितिः असोज २७, २०८२
    • 633 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.