समाज

    Showing 5,791-5,800 of 11,162 items.
  • हेटौंडामा सडक विस्तारका नाममा ५३१ घर–टहरा एकैदिन भत्काइयो, सर्वोच्चको आदेशसमेत अवज्ञा

    मकवानपुर— हेटौंडामा हातहातमै लालपुर्जा, नक्सापास र कर तिरेको प्रमाण भएका घरधनीहरूको ५३१ घर–टहरा सडक विस्तारका नाममा एकै दिन डोजर चलाएर भत्काइएका छन् ।सडक डिभिजन कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालय मकवानपुरले करिब पाँच सय सुरक्षाकर्मी परिचालन गर्दै शनिबार बिहान झिसमिसेमै डोजर परिचालन गरेका हुन् ।पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा (राइट अफ वे) विस्तार गर्ने नाममा करिब ५० वर्षदेखि लालपुर्जा भई बसेका संरचना समेत भत्काइएपछि स्थानीय आक्रोशित भएका छन् । धेरै बालबालिका, बृद्ध–बृद्धा घरमै सुतिरहेको अवस्थामा उठाएर सामानसहित घर भत्काइएको प्रभावितहरूले बताउँदै आएका छन् ।५३१ घर–टहरा भ

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 521 पटक पढिएको
  • इजरायल–हमास युद्धविरामपछि गाजामा ग्यास अभाव गहिरिँदै

    काठमाडौं— अक्टोबरदेखि गाजा पट्टीमा लागू भएको इजरायल–हमास युद्धविरामपछि ग्यास आपूर्तिमा तीव्र कमी आएको छ । हमासद्वारा सञ्चालित सरकारी सञ्चार कार्यालयका अनुसार निर्धारित ग्यास आपूर्तिको केवल १६ प्रतिशत मात्र गाजामा प्रवेश गर्न पाएको छ ।सम्झौता अनुसार गाजामा ६६० ग्यास ट्यांकर प्रवेश गर्ने तालिका बनाइएको थियो । तर अहिलेसम्म १०४ ट्यांकर मात्र भित्रिएको सरकारी कार्यालयले जनाएको छ, जुन कुल आपूर्तिको लगभग १६ प्रतिशत हो ।कार्यालयका अनुसार गाजामा ग्यास वितरण दर्ता भएका घरधुरीको आधारमा गरिन्छ । हालसम्म करिब २ लाख ५२ हजार घरधुरी ले मात्र आफ्नो भागको ग्यास पाएका छन्, जबकि लक्ष्य ४ लाख ७० हजार घरधुरी लाई आप

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 554 पटक पढिएको
  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

    जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवसहित तीनजना मन्त्रिहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।आइतबार जनकपुरधामस्थित मधेश भवनभित्र आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा उनीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । गत शुक्रबार सात दलिय गठबन्धनले नेपाली कांग्रेसका कृष्णा यादवको नेतृत्वमा मधेश प्रदेश सरकारका लागि दाबी पेश गरेका थिए । सोही दिन प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले कृष्णा यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।तत्कालका लागि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १÷१ जनालाई मन्त्री पद दिएर मन्त्रीमण्डल विस्तार गरिएको छ ।जनमत पार्टीबाट महे

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 513 पटक पढिएको
  • महिलामाथिको हिंसा विभेदको कारण र परिणाम दुवै होः सपना प्रधान मल्ल

    काठमाडौं— सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले महिला हिंसाको कानुनको सवालमा अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गरेको तर हिंसाको कुरा नगरेको बताइन् ।  आइतबार नेपाल पर्यटन बोर्डमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित ब्रेक द स्टिग्मा ४.० कार्यक्रमा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन अनुसार विभेद महिला हिंसाको परिणाम र कारण दुबै हुनसक्ने बताएकी हुन् ।  ‘अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन । विभेद हिंसाको कारण हो र विभेद हिंसाको परिणाम पनि हुनसक्छ । यसलाई कारण र परिणामको रुपमा पनि हेर्न सकिन्छ,’ उन

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 570 पटक पढिएको
  • हरिहरपुरगढीमा घाँस काट्ने क्रममा लडेर वृद्धाको मृत्यु

    रामेछाप— सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ धनमान खोलास्थित पाखाको डिलमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।घाँस काटिरहेका बेला ८० वर्षीया कान्छीमाया घिसिङ डिलबाट लडेर घाइते भएकी थिइन् । घाइते घिसिङलाई स्थानीय सहयोगमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 600 पटक पढिएको
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले आउँदो २४ गते विश्वासको मत लिने

    सर्लाही— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्।सत्तापक्षीय सातदलीय गठबन्धनको आजको बैठकले सो निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए। मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्।शपथपछि उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णरूप दिने योजना रहेको बताईएको छ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 467 पटक पढिएको
  • रुकुम पश्चिममा पूर्वमन्त्री जनार्दन शर्माविरुद्ध कालो झण्डा प्रदर्शन

    रुकुम पश्चिम— प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका पूर्वमन्त्री जनार्दन शर्मा आइतबार रुकुम पश्चिमको सल्ले विमानस्थलमा विरोध प्रदर्शनको सामना गर्नुपरेको छ।विमानबाट अवतरण हुने बित्तिकै पूर्वमाओवादी कार्यकर्ताहरूको समूहले शर्माविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएर विरोध जनाएको स्थानीय स्रोतले बताएको छ।अचानक गरिएको प्रदर्शनपछि विमानस्थलको माहोल केही तनाबग्रस्त बने पनि सुरक्षा निकायले तत्काल परिस्थिति नियन्त्रणमा ल्याएको थियो।स्थितिलाई थप उत्तेजित हुन नदिई सामान्य बनाइएको र सुरक्षामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।शर्माले नयाँ राजनीतिक दल गठन गरी हाल विभिन्न जिल्ला

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 543 पटक पढिएको
  • १२ वर्षीया बालिका गौतम हत्या प्रकरणः ५८ वर्षीय आरोपी पक्राउ

    काठमाडौं— मोरङमा १२ वर्षीया बालिका अंशु गौतमका हत्या आरोपी प्रकाउ परेका छन् । शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ५८ वर्षीय पदम बहादुर अधिकारीललाई लेटाङ नगरपालिका २ स्थित फडानीबाट पक्राउ गरेको हो।नविन गौतमकी १२ वर्षीया छोरी गत असोज २१ गते २ बजेको घर देखि हराएकी थिइन् । कात्तिक ७ गते ११स्३० बजे लेटाङ नगरपालिका वडा २ को बेलबारी चिसाङ सामुदायिक वनमा फेला परेको थियो ।जंगलको झाडीमा मानव शरीरको अंगहरु छुट्टाछुटै स्थानमा सडेगलेको अवस्थामा परेको थियो । घटनास्थलमा बरामद भएका कपडा, हाफ पाईन्ट, चप्पल र घडीको आधारमा शवको पहिचान परिवारले गरेको थियो ।केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 512 पटक पढिएको
  • अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनुपम प्रकृति र ऐतिहासिक संस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् । ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको शनिबार अवलोकन गर्दै मन्त्री खरेलले परम्परागत सम्पदा, कला र संस्कृतिको धरोहर ललितपुरको सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइने विश्वास व्यक्त गरे । सञ्चारमन्त्री खरेलले भने, ‘नेपालको ऐतिहासिक, परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै यसैको माध्यमबाट विश्वसामु नेपाल प्रवद्र्धन गरिनुपर्छ । ललितपुरको सांस्कृतिक सम्पदा र खाना संस्कृतिलाई अन्तर्राष्ट्र

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 522 पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

    काठमाडौं— आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।यो दिवस विशेषगरी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का सदस्य राष्ट्रहरुमा  मनाइन्छ । सन् १९९४ को डिसेम्बर ७ मा आइकाओ स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसर पारेर यो दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष पनि ‘सुरक्षित आकाश’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइँदैछ । आज अन्तर्राष्ट्रिय हवाई सेवाले मुलुकको सामाजिक तथा आर्थिक विकासमा पुर्याएको योगदान, यात्रालाई सहज बनाउन आइकाओले गरेको भूमिकालाई स्मरण गरिन्छ । सन् १९५७ मा नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । उड्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 593 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.