काठमाडौं— मोरङमा १२ वर्षीया बालिका अंशु गौतमका हत्या आरोपी प्रकाउ परेका छन् । शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ५८ वर्षीय पदम बहादुर अधिकारीललाई लेटाङ नगरपालिका २ स्थित फडानीबाट पक्राउ गरेको हो।

नविन गौतमकी १२ वर्षीया छोरी गत असोज २१ गते २ बजेको घर देखि हराएकी थिइन् । कात्तिक ७ गते ११स्३० बजे लेटाङ नगरपालिका वडा २ को बेलबारी चिसाङ सामुदायिक वनमा फेला परेको थियो ।

जंगलको झाडीमा मानव शरीरको अंगहरु छुट्टाछुटै स्थानमा सडेगलेको अवस्थामा परेको थियो । घटनास्थलमा बरामद भएका कपडा, हाफ पाईन्ट, चप्पल र घडीको आधारमा शवको पहिचान परिवारले गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीबाट घटना सम्बन्धी सूक्ष्म रूपले सूचना संकलन तथा प्राविधिक विश्लेषण गरी अधिकारीलाई पक्राउ गरेको हो ।

ज्यान सम्बन्धी कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको सीआईबीका सहप्रवक्ता निरन्जन दत्त भट्टले जानकारी दिए ।