समाज

    Showing 5,781-5,790 of 11,162 items.
  • रियल–इस्टेट क्षेत्रमा सरकारको नियमन आवश्यकः महासंघ

    काठमाडौं— नेपाल जग्गा तथा आवास विकास महासंघले रियल–इस्टेट तथा आवास क्षेत्रमा अव्यवस्थित नियमन, मनपरी कर, मूल्यांकनका त्रुटिहरू र सरकारी निष्क्रियताका कारण निर्माण तथा आवास बजार प्रभावित भइरहेको जनाएको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा निजी क्षेत्रले देशको शहरी विकास, व्यवस्थित आवास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिँदै आएको भए पनि सरकारले आवश्यक नीति–नियमका सुधारमा ध्यान नदिएको उल्लेख छ ।महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्लटिङदेखि घर–जग्गा कारोबारसम्मका प्रक्रियामा पारदर्शिता तथा दक्षतासहित व्यवस्थापन गर्न सरकारी निकायसँग पटक–पटक माग गरे प

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 594 पटक पढिएको
  • बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

    काठमाडौं—  गृह मन्त्रायलले बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।  गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको हो ।समितिलाई

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 591 पटक पढिएको
  • विदेशस्थित नेपालीलाई मताधिकार दिन १० देशका ६० विद्यार्थी समूहको माग

    काठमाडौं— विभिन्न १० देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको करिब ६० समूहले विदेशस्थित नेपाली नागरिकलाई आगामी निर्वाचनमा मतदान अधिकार सुनिश्चित गर्न सरकारसमक्ष औपचारिक माग गरेका छन् । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, चीन, जापान, भारत, बंगलादेश, हङकङ र फ्रान्सलगायतका देशमा रहेका समूहले उक्त माग गरेका हुन् । नव युग, आइआरडी इन्सुलिएमेन, डिजिटल दस्तख, जेनजी मुभमेन्ट अलाइन्स, मुस्लिम जेनजी नेपाललगायत विद्यार्थी समूहले प्रधानमन्त्री, राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन् ।विद्यार्थी समूहले विदेशमा रहेका नेपाली—विशेषगरी प्रवासी श्रमिक र विद्यार्थीलाई निर

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 569 पटक पढिएको
  • राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शितलनिवासमा आइतबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन प्रस्तुत गरेका हुन् । आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपतिसमक्ष बार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था अनुसार सो प्रतिवेदन पेस गरेको हो।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 504 पटक पढिएको
  • मानव अधिकार महाभेला मंसिर २२ देखि २८ सम्म, १२५ संस्था सहभागी हुने

    काठमाडौं— मानव अधिकारको लागि महिला, एकल महिला समूहको संयोजनमा आगामी १७ औं मानव अधिकार राष्ट्रिय महाभेला तथा ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०८२ मनाइने भएको छ । महाभेला मंसिर २२ देखि २८ गतेसम्म राष्ट्रिय मानव अधिकार आयोगको सभाहलसहित विभिन्न स्थानमा सञ्चालन हुने भएको हो ।नेपालमा पछिल्ला वर्षहरूमा मानव अधिकारको अवस्था कमजोर बन्दै गएको, द्वन्द्व, हिंसा र आतङ्कका घटनामा वृद्धि भएको तथा संविधानले सुनिश्चित गरेका अधिकारहरू समेत पटक–पटक उल्लङ्घन भइरहेका परिप्रेक्ष्यमा यो महाभेला आयोजना गर्न लागिएको आयोेजक संस्थाले जनाएको छ ।युवा आन्दोलनपछिको राजनीतिक संक्रमण, राजनीतिक दलहरू, आन्दोलनकारी य

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 581 पटक पढिएको
  • वैदेशिक रोजगार स्वास्थ्य परीक्षण शुल्कवृद्धि फिर्ता लिन ट्रेड युनियन कांग्रेसको माग

    काठमाडौं— नेपाल ट्रेड युनियन कांग्रेस (एनटीयूसी) ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले तिर्नुपर्ने स्वास्थ्य परीक्षण शुल्कमा सरकारले हालै गरेको करिब ५० प्रतिशतसम्मको वृद्धिप्रति आपत्ति जनाएको छ । संघका महासचिव अजयकुमार राईले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले हजारौँ श्रमिकमाथि अन्यायपूर्ण आर्थिक बोझ थपिएको भन्दै तुरुन्त फिर्ता लिन माग गरिएको छ ।संघका अनुसार हाल स्वास्थ्य परीक्षण शुल्क रु.३,५०० देखि बढीमा रु.६,५०० सम्म लिइँदै आएकोमा स्वार्थ समूह र केही व्यवसायीहरूको मिलोमतोमा शुल्क वृद्धि गर्ने प्रयास गरिएको हो ।विज्ञप्तिमा उल्लेख भएअनुसार, यस्तै प्रकृतिको शुल्क वृद्धि तत्कालीन मन्

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 313 पटक पढिएको
  • साहित्यकार रीता बलामीका ‘आभासपुञ्ज’ गजलसङ्ग्रह र ‘बालमञ्जरी’ बालकविता सङ्ग्रह विमोचित

    काठमाडौं— नेपाल प्रज्ञा प्रतिष्ठान, लेखनाथ सभाकक्ष साहित्यकार रीता बलामीद्वारा रचित दुई कृति गजलसङ्ग्रह ‘आभासपुञ्ज’ र बालकविता सङ्ग्रह ‘बालमञ्जरी’ एक समारोहका बीच विमोचन गरिएको छ। रातोघर फाउन्डेसन र कार्डिनल इन्टरनेसनल बोर्डिङ हाइस्कुलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम वरिष्ठ कवि स्नेह सायमीको संयोजनमा सम्पन्न भएको थियो।कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरी बराल तथा विशिष्ट अतिथिहरूमा बालसाहित्य समाजका पूर्व अध्यक्ष प्रमोद प्रधान, वरिष्ठ गजलकार ललिजन रावल, साथै अन्य प्रतिष्ठित साहित्यकारहरूको उपस्थितिमा कृतिको औपचारिक लोकार्पण गरिएको हो।समारोहको स्वागत मन्तव्य कार्डिनल स्कुलका प्रिन्स

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 789 पटक पढिएको
  • पत्रकार गोर्खालीको निधन

    चितवन— पत्रकार अजय गोर्खालीको निधन भएको छ । उनको शनिबार उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो ।नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्य गोर्खाली स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए । जनआस्था साप्ताहिकमा कार्यरत ३८ वर्षीय गोर्खालीको आज देवघाटमा अन्तिम संस्कार गरिने उनका बुबा गोपाल परियारले जानकारी दिए । गोर्खालीको निधनसँगै जनअर्पण साप्ताहिकका सम्पादक परियारलाई पुत्रशोक परेको छ ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 501 पटक पढिएको
  • रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न २५ हजार शुल्क तोक्यो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारका लागि आजदेखि आवेदन खुलाएको छ ।उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले एक सार्वजनिक सूचनामार्फत आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यका लागि आवेदन खुल्ला गरेको जनाएका छन् ।पार्टीको मोबाइल एपबाट आवेदन मागिएको छ आवेदन शुल्क २५ हजार तोकिएको छ । रास्वपाले समानुपातिकको उम्मेदवारका लागि भने ५० हजार शुल्क निर्धारण गरेको छ ।आर्थिक अभावले आवेदन शुल्क तिर्न नसक्ने अवस्थामा विपन्नताको परिचय पत्र, पार्टीको पालिका समितिको सिफारिस

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 538 पटक पढिएको
  • गोदावरीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

    ललितपुर— ललितपुरको गोदावरी क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा सात जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।गोदावरी नगरपालिका–८ डुकुछापमा श्यामकुमार जिसीको टहरोभित्र चलिरहेको जुवातासमा छापा मार्दै प्रहरीले उनीसहित सात जनालाई शनिबार साँझ पक्राउ गरेको हो।प्रहरी प्रभाग बुङ्गमती र फर्सीडोलबाट खटिएको संयुक्त टोलीले उनीहरूको कब्जाबाट नगद १ लाख २२ हजार ८ सय १० रुपैयाँ र ९ बुक तास बरामद गरेको जनाएको छ।पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 485 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.