समाज

    Showing 5,621-5,630 of 6,831 items.
  • विवाह गर्न वडाको सिफारिस अनिवार्य

    झापा : सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ।गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौं प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नुपूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए। यो व्यवस्था गाउँसभाबाट पारित भइसकेको उनको भनाइ छ।उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेश गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 277 पटक पढिएको
  • ‘श्रीमदभागवत महापुराण’ नेपाली अनुवाद बिमोचन

    झापा - लेखक चन्द्रप्रसाद घिमिरेद्वारा लिखित ‘श्रीमदभागवत महापुराण’ (नेपालीमा अनुवाद गरिएको) किताब बिमोचन  गरिएको छ । उक्त पुस्तकको एक कार्यक्रमकाबिच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिमोचन गरेका हुन् । शिवसताक्षी स्थित झिलझिलेमा रहेको वाटर किङडम पार्कमा सोमबार आयोजित आदिवासी जनजातीहरुले आयोजना गरेको सांस्कृतिक  महोत्सव कार्यक्रममा एमाले अध्यक्ष ओलीले घिमिरेले लेखेको पुस्तक सार्वजनिक गरेका हुन् । उनले घिमिरेले लेखेको महापुराण पुस्तकको चर्चा संगै महत्वका बारेमा दर्शाएका थिए । संस्कृत भाषामा उल्लेखित श्री मदभागवत  महापुरणलाई ने

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 281 पटक पढिएको
  • दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन

    बिर्तामोड । झापाको बिर्तामोड ४ मा दिब्या स्पिच एन्ड हेयरिङ्ग री ह्याबिलिटेसन सेन्टरको उद्घाटन गरिएको छ ।अटिजम बाट पिडित नानिबाबुहरुको उपचार तथा सिकाइ गराउने उद्देश्यले स्थापना भएको सेन्टरको सोमबार एक कार्यक्रमका बिच बिर्तामोड नगरपालिकाका नगर प्रमुख पबित्रा महतारा प्रसाइले गर्नुभयो ।स्मरण शक्ति कम भएका, ढिलो बोल्ने, बोली नफुटेका, अरु मानिस सग घुल्मेल गर्न नचाहने, कान राम्रो सँग नसुन्ने, एकोहोरो, उमेर बढ्दै गएपनी केटाकेटी पन भएका मानिस वा नानिबाबुहरुलाई उपचार सँगै सिकाइने संस्थापक हरिकुमार खनालले बताउनुभयो ।करिब २५ लाखको लगानीमा डा.राजु प्रसाद यादव र हरिकुमार खनाल खोल्नुभएको संस्थामा पचास ज

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 400 पटक पढिएको
  • फेरियो मेची रङ्गशालाको मुहार

    झापा । वरिपरि रङरोगन गरि चिटिक्क सिंगारीएको प्याराफिट । बाटैबाट देखिने गरि सजावट गरिएको गेट र व्यवस्थित बनेको खेल मैदान । करिब दुइ महिना अगाडी हेरि नसक्नु रहेको झापाको भद्रपुर स्थित मेची रङ्गशालाको अहिलेको अवस्था हो यो । कुनै समय नाम चलेको यो रंगशाला खेलकुदका गतिविधि हुन छाडेसँगै उजाड बनेको थियो । तर, पछिल्लो समय मेची रंगशालाको मुहार फेरिएको छ । यो रंगशालाले नयाँ जीवन पाएको छ । भद्रपुर, झापा गोल्डकप हुने भएसँगै मेची रंगशालाको चमक फर्किएको हो । त्रिभुवन गोल्डकप भएयता यो रंगशालामा कुनै खेलकुद गतिविधि भएको थिएन । २०६१ देखि रंगशालाको संरक्षणमा पनि कसैको ध्यान पुगेन । रंगशालाका सबै संरचना

    • प्रकाशित मितिः फागुन २, २०७९
    • 600 पटक पढिएको
  • गोल्ड कपलाई व्यापक बनाउन भद्रपुर रन

     झापा । मिति नजिकिँदै जाँदा भद्रपुर झापा गोल्ड कप आयोजक समितिले प्रतियोगितालाई अझ व्यापक बनाउन भद्रपुर रन-२०७९ को आयोजना गरेको छ ।आज आयोजित मिनि म्याराथन ‘भद्रपुर रन–२०७९’ को उपाधि हपन्वा टुडू र सुस्मिता राईले जितेका छन् । भद्रपुर झापा गोल्ड कपको आयोजनामा भएको पाँच किलोमिटर दूरीको भद्रपुर रनमा पुरुषतर्फ हपन्वाले १८ मिनेट १७ सेकेन्ड र महिलातर्फ सुस्मिताले ३२ मिनेटमा दूरी पार गर्दै उपाधि हात पारेका हुन् । त्यस्तै, पुरुषतर्फ आशिषकुमार दोस्रो र सुदीप राई तेस्रो भए । महिलातर्फ विन्दा राई दोस्रो र मनिता राई तेस्रो भए । भद्रपुर–६ स्थित मेची पुलबाट सुरु भएको प्रतियोगिता भद्

    • प्रकाशित मितिः फागुन १, २०७९
    • 374 पटक पढिएको
  • जनयुद्ध दिवसमा भोलि देशैभर सार्वजनिक बिदा

    झापा । भोलि देशैभर सार्वजनिक बिदा हुने भएको छ । आइतबार बसेको मन्त्री परिषद्को बैठकले देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।सोमबार माओवादी जनयुद्ध दिवसका रुपमा सार्वजनिक बिदा दिइने भएको हो । यसअघि बागमती प्रदेश सरकारले प्रदेशभर बिदा दिने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 541 पटक पढिएको
  • १५ जना युवालाई बिर्तामोड ८ द्वारा सिपविकास तालिम प्रदान

    बिर्तामोड । झापाको बिर्तामोड ८ मा सञ्चालित ३ महिने सिप बिकास तालिमको आइतबार एक समारोहका समापन गरिएको छ ।सिप बिकास तालिम केन्द्र भद्रपुर झापा र बिर्तामोड नगरपालिका वडा नम्बर ८ को संयुक्त आयोजनामा तालिम गराइएको थियो ।८ नम्बर वडाका १५ जना युवा तथा लक्षित वर्गाको सहभागिता रहेको तालिममा वायरिङ, बिद्युत जडान, ट्रान्सफर्मर जडान, मर्मत लगायतमा तालिम प्रदान गरिएको प्रशिक्षक चेतन संग्रौलाले जानकारी दिनुभयो ।असोज २७ गतेबाट सञ्चालन भएको तालिम समापन समारोहका अध्यक्ष बिर्तामोड ८ का वडाअध्यक्ष अजय कार्कीले प्रशिक्षार्थीलाई तालिम लिएर प्रमाणपत्र बाकसमा राख्नु भन्दा पनि सिकेको सिप व्यवहारमा उतार्न आग्रह ग

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 116 पटक पढिएको
  • मल्याणी गाउँका १७ घर परिवार एक वर्षदेखि खोलाको पानी पिउँदै

    डोटी - डोटीको बडीकेदार गाउँपालिका–१ मल्याणी गाउँका १७ घर परिवारले एक वर्षदेखि खोलाको पानी पिउँदै आएका छन् । २०७३ सालमा ग्रामीण विकास सेवा केन्द्र डोटीले अनुकूलन परियोजना अन्तर्गत निर्माण गरेकाे सोलारमुसको इन्भटर बिग्रिएपछि उनीहरुले ठूला खाेलाकाे पानी पिउनु परेकाे हाे । स्थानीयवासीको साझेदारीमा गाउँ नजिक रहेको खोलाबाट सोलार आयोजना निर्माण गर्दा केही समय गाउँमा खानेपानीकाे समस्या हटेकाे थियाे ।  त्यसअघि पनि उनीहरुले खाेलाकै पानी पिउने गरेका थिए । खानेपानी वितरणका लागि निर्माण गरिएका धारा, ट्याङ्की पनि जीर्ण बन्दै गएकाे छ।एक वर्षदेखि खानेपानी खोलाबाट बोकेर

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 103 पटक पढिएको
  • बैंक विरुद्ध आन्दोलनको तयारी

    बिर्तामाेड । बैंकहरूले बढाएको ब्याजदर र उनीहरुले उद्यम व्यवसायका निम्ती कर्जा लिएका ऋणीहरुमाथि गरेको ज्यादतीविरुद्ध फागुन ५ गते शुक्रबार आन्दोलनको तयारी गरिएको छ । उद्योगी व्यवसायीहरूले बैंकहरुको ज्यादती सहन नसकेर सरकारलाई दबाब दिनका लागि सडक आन्दोलन गर्ने भएका हुन् ।  आफ्नो ब्यापार ब्यवसाय जोगाउनका बैंक तथा बित्तिय संस्थाले नदिएको भन्दै  सडक आन्दोलन गर्न बाध्य हुनु परेको संयुक्त मूल संघर्ष समितिका संयोजक  नरेश कटुवालले बताए । बैंकहरुले बढाएको चर्को ब्याजदरका कारण व्यवसायिहरु व्यवसायनै छोड्ने स्थितीमा पुगेको उनले बताए । उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहर

    • प्रकाशित मितिः माघ २९, २०७९
    • 827 पटक पढिएको
  • मेनपावरका शाखालाई आर्थिक कारोबारको अधिकार

    झापा । मेनपावका शाखा कार्यालयले अब आर्थिक कारोबार गर्न पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयले निर्माण गरेको नयाँ कार्यविधि २०७९ अनुसार मेनपावरका शाखालाई आर्थिक कारोबारको अधिकार दिएको हो । बैदेशिक रोजगार ऐन २०६४ ले शाखालाई आर्थिक कारोबार गर्न बन्देज गरेको थियो । बैदेशिक रोजगारीमा जाने युवाको हितका लागि नयाँ कार्यविधि बनाएर आर्थिक कारोबारको अधिकार शाखालाई दिएको बैदेशिक रोजगार बिभागका शाखा अधिकृत प्रदिप ढकालले बताए । उनले शाखा सञ्चालनका लागि दर्ता प्रकृया समेत खुलेको उल्लेख गरे । नयाँ कार्यविधि अनुसार एक मेनपावरले एक प्रदेशमा एक शाखा सञ्चालन गर्न पाउने छन् । यद्यपी देशभर गरि तीन व

    • प्रकाशित मितिः माघ २६, २०७९
    • 177 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा