सुर्खेत— नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेद्वार सिफारिस गरेको छ ।

प्रतिनिधी सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना, समानुपातिकतर्फ पाँच जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको नेपाली काँग्रेस कालिकोटका उपसभापति मीनबहादुर बोगटीले बताए ।

मंसिर २४ गतेदेखि सुरु भएको काँग्रेस कालिकोटको बैठकले शनिबार उम्मेद्वार सिफारिस टुङ्गो लगाएको हो । काँग्रेस कालिकोटले गरेको उम्मेद्वार सिफारिसअनुसार प्रत्यक्षतर्फ पार्टी पूर्वसभापति हर्षबहादुर वम, महासमिति सदस्य नारायणप्रसाद भट्टराई, डिएलएका केन्द्रीय सदस्य दमनराज वम, केशरजंग वम र विद्यार्थी नेता जीवन सुवेदीलाई सिफारिस गरेको हो ।

त्यस्तै प्रतिनिधी सभा समानुपातिकतर्फ पूर्वपार्टी सभापतिद्धय कालीबहादुर सहकारी र मुक्तिप्रसाद न्यौपाने, महिला संघका केन्द्रीय सदस्य भावना शाही र छायाँ सुनार तथा भरत बि।कलाई सिफारिस गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि बिष्णुबहादुर शाही र दानबहादुर वमलाई सर्वसम्मत सिफारिस गरिएको उपसभापति मीनबहादुर बोगटीले बताए ।