समाज

    Showing 5,371-5,380 of 6,831 items.
  • रवि र पूर्व डीआईजी जोशीको म्याद थप सम्बन्धी बहस सुरू

    काठमाडौं– सूर्यदर्शन सहकारी रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको कास्की जिल्ला अदालतमा म्याद थप सम्बन्धी बहस सुरू भएको छ । कास्की जिल्ला अदालतका ६ नम्बर न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा रवि र छविको बहस सुरू भएको हो । लामिछानेलाई गत शुक्रबार पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ गरी पोखरा लगिएको थियो । उनलाई सहकारी ठगी र संगठित अपराधको मुद्दामा म्याद थपका लागि पुन: अदालतमा पेश गरिएको हो । यस्तै, पूर्व डीआईजी जोशीलाई पनि आजै अदालतमा पेश गरिएको छ ।

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 408 पटक पढिएको
  • बीपी राजमार्गमा पाँच घण्टा जाम बसेर यात्रा गर्नुपर्ने बाध्यता

    काठमाडौं— अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले सङ्घीय राजधानी काठमाडौंबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ ।गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्‍यो । पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरु अधिकांश पूर्णरुपमा नै सञ्चालनमा आइसकेका छन् । तर बीपी राजमार्ग भने अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।पूर्ववर्ती क्षेत्रबाट सङ्घीय राजधानी आउने वैकिल्पक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौं आउने हो । तर लामो पर्ने भएकाले पाँच घण्टाभन्दा बढी जाममा बसेर भए पनि बीपी राजमार्गबाटै काठमाड

    • प्रकाशित मितिः कार्तिक ७, २०८१
    • 221 पटक पढिएको
  • अरिङ्गालले चिलेर घाइते भएकाको उपचारका क्रममा मृत्यु

    काठमाडौं— बाजुराको बडीमालिका नगरपालिकामा अरिङ्गालले चिलेर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।गएको असोज २५ गते अरिङ्गालले चिलेर टोकेर घाइते भएका ६० वर्षीय डम्मबहादुर साउदको १० दिनपछि उपचारको क्रममा ज्यान गएको हो । उनको भारतको नायर अस्पतालमा उपचार भइरहेको थियो । उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उहाँलाई भारत लगिएको आफन्त नरेन्द्र थापाले बताए ।असोज २५ गते घरबाट आधा घण्टाको दूरीमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए । यही घटनामा स्थानीय बासिन्द

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 272 पटक पढिएको
  • तीन महिनामा पाँच करोडको नुन बिक्री

    काठमाडौं— साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा पाँच करोड २३ लाख रुपैयाँ बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ।कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफ्नो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए।धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ। चालु आर्थिक वर्षमा प्रतिबोरा आयोडिनयुक्त नुन एक हजार एक सय ५० का दरले डिलरमार्फत बिक्री भइरहेको प्रमुख साहले बताए।कार्यालयले दशै

    • प्रकाशित मितिः कार्तिक ५, २०८१
    • 471 पटक पढिएको
  • आज काठमाडौंका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने, तपाईं बस्ने क्षेत्रमा के हुन्छ ?

    काठमाडौं— काठमाडौंका विभिन्न स्थानहरूमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने भएको छ।नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार दिउँसो केही समय विद्युत अवरूद्ध हुने जनाएको छ।प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको मण्डिखाटार फिडर अन्तर्गतका क्षेत्रहरू; बासबारी, चक्रपथ, मण्डिखाटार, गोल्फुटार क्षेत्रमा शनिबार मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।त्यस्तै महाराजगन्ज वितरण केन्द्रकै सुकेधारा फिडर अन्तर्गत पर्ने क्षेत्रहरू एकतावस्ती, न्युकोलोनी र मण्डिखाटारमा पनि मध्याह्न १२ बजेदेखि दिउँ

    • प्रकाशित मितिः कार्तिक ३, २०८१
    • 404 पटक पढिएको
  • रवि लामिछाने पक्राउ, आजै पोखरा लगिने

    काठमाण्डौ   ।  सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरे ।तर यो सरकार बनाउने बेलामै निर्णय भएको थियो, त्यो दिनमा आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको भन्दै उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न

    • प्रकाशित मितिः कार्तिक २, २०८१
    • 1,371 पटक पढिएको
  • गाडी दुर्घटना गराएर भागेका चालक पक्राउ

    काठमाडौं— गाडी दुर्घटना गराई फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सीसीटीभी क्यामेराको फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका–१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा मोरङको विराटनगर उपमहानगरपालिका–१७ घर भई अहिले कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्टलाई पक्राउ गरेको छ ।विष्टको साथबाट बा ३ च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए । यही असोज २६ गते बेलुकी काठमाडौं महानगरपालिका–३२ तीनकुने गैरीगाउँ सडकमा गाडी दुर्घटना गराई सर्लाही

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 573 पटक पढिएको
  • माग अनुसार संकलन नहुँदा रगतको अभाव

    काठमाडौं— मागअनुसार रगत सङ्कलन हुन नसकेपछि काठमाडौं उपत्यकासहित देशभरका मुख्य शहरमा रगतको अभाव भएको छ । बाढी, पहिरोबाट घाइते भएकाहरू र डेङ्गीलगायत रोगका बिरामी बढेका कारण अहिले अस्पतालमा रगतको माग उच्च छ ।तर यही बेला मुख्य चाडपर्व परेका कारणले रक्तदान गर्ने दाताको सङ्ख्या केही घटेकाले रगतको माग धान्न मुश्किल परेको ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) का अध्यक्ष राजेश श्रेष्ठले बताए । रगत खोज्न कतिपय बिरामीका आफन्तलाई हम्मे हम्मे परेको छ ।नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवा काठमाडौंले हप्तामा आठ सयदेखि एक हजार युनिट रगत सङ्कलन गर्ने गरेको थियो । तर दशैंको बिदामा काठमाडौं उपत्यकामा

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 446 पटक पढिएको
  • खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते

    खोटाङ— कुभिण्डेमा बोलेरो दुर्घटना भएको छ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।रावा बेसी गाउँपालिका-४ डुम्रेधारापानीबाट दिक्तेल आउँदै गरेको स १ ज ५५८ नम्बरको बोलेरो कुभिण्डे हाँचेकामा मंगलबार बिहान करिब ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बोलेरो ब्रेक फेल भएर सडकमै पल्टिएको थियो । चालकसहित ८ जना यात्रु रहेको बोलेरो दुर्घटनाहुँदा ६ जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 571 पटक पढिएको
  • दाङमा आफैँलाई चक्कु हान्दा ज्यान गयो

    दाङ— बबई गाउँपालिका-४ मा युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ । बबई गाउँपालिका–४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार तामाङका २८ वर्षीया छोरा अनिल तामाङले आफैँलाई चक्क हान्दा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । मंगलबार बिहान साढे नौ बजेतिरको समयमा मादक पदार्थ सेवन गरेर बाबुसँग विवाद भएपछि अनिलले आफैँले पेटमा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । घटना लगत्तै गम्भीर घाइते अनिललाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारका लागि लगिएको थ

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 448 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा