समाज

    Showing 5,221-5,230 of 11,162 items.
  • समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन

    काठमाडौं— आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेको छ ।निर्वाचन कार्यक्रम अन्तर्गत आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने दिन तोकिएको थियो ।निर्वाचन आयोगले पुस १३ र १४ गते सो कार्यक्रमको मिति तोकेका कारण आज कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरिसक्नुपर्नेछ । केही दलहरूले आइतबार नै बन्द सूची पेश गरिसकेका छन्, भने केही दलहरू बन्द सूची टुंग्याउन आन्तरिक गृहकार्यमै छन् ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 477 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको ‘बृहत एकता’ सम्बन्धी सहमति केन्द्रीय समितिबाट अनुमोदन भएको छ।आइतबार पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको रास्वपाको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिमाथि विस्तृत छलफल गरी ऐतिहासिक सहमति अनुमोदन गर्ने निर्णय गरेको हो ।केन्द्रीय समितिको बैठकले राष्ट्रहितका लागि आँट, त्याग र आशा प्रतिबिम्बित गर्ने यो सहमतिले मुलुकमा व्याप्त भ्रष्टाचार, वेथिति र कुशासनको अन्त्य गर्दै सुशासन, समुन्नति, लोकतन्त्र र सामाजिक न्याय स्थापना गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 552 पटक पढिएको
  • मौसम पूर्वानुमानः देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहने

    काठमाडौं— सोमबार देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोः तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।यसैगरी देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।राती तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 517 पटक पढिएको
  • जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकीकरण गर्ने निर्णय गरेका छन् ।आइतबार बसेको दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै पार्टी एकीकरणको निर्णय गरेको हो ।बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, सामाजिक न्यायलगायत अग्रगामी परिवर्तनका मुद्दाहरूलाई मजबुत बनाउने आवश्यकतामा जोड दिएको छ ।साथै न्यायपूर्ण समाज निर्माणका लागि एकीकृत रूपमा अघि बढ्ने निष्कर्ष निकालिए

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 500 पटक पढिएको
  • एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

    काठमाडौं— नेकपा (एमाले) ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ ।आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो ।एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको छ ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 512 पटक पढिएको
  • पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाँदै

    काठमाडौं— पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह् १२ बजे जान लागेका हुन् ।पूर्वगृहमन्त्री लेखकले आज नै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यम मार्फत पनि आफ्नो धारणा सार्वजनिक गर्ने छन् । भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 510 पटक पढिएको
  • लीलामणिसहित नेकपा प्युठानले सिफारिस गर्‍यो ७ उम्मेदवार

    काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्युठानबाट प्रत्यक्षतर्फ सात जनालाई उम्मेदवार सिफारिस गरेको छ। नेकपा प्युठानले नेताहरु लीलामणि पोखरेल, कृष्णध्वज खड्कासहित सात जनालाई उम्मेदवार सिफारिस गरेको हो। उम्मेदवार सिफारिस हुने अन्य नेतामा भोजविक्रम बुढामगर, मिलन एससी, उमाराम पौडेल, अर्जुनकुमार कक्षपति र प्रेमबहादुर विश्वकर्मा छन्। ०७९ निर्वाचनमा प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा विजयी भएका थिए। त्यतिबेला राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ मतले हराएर थापा विजयी भएका थिए।था

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 251 पटक पढिएको
  • यो सरकारको मुख्य काम फागुन २१ को चुनाव हो : मन्त्री घिसिङ

    पोखरा । पोखरामा आजदेखि २७ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजनामा ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित महोत्सव सुरु भएको हो ।अंग्रेजी नयाँ वर्षको स्वागत गर्न पोखराको लेकसाइडमा आयोजना गरिएको महोत्सवको उद्घाटन उर्जा जलस्रोत तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै मन्त्री घिसिङले अहिलेको सरकारको मुख्य काम फागुन २१ को चुनाव रहेको बताए ।उनले भने, ‘छोटो समय तीन महिना भयो, यो जेन्जी आन्दोलनपछिको सरकारले हामीले गर्नुपर्ने धेरै कुराहरु छन् तर छोटो समयमा धेरै गर्न नसकेपनि जनतालाई आशा दिन सक्ने हिसाबले का

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 258 पटक पढिएको
  • पौष १३–१४ सम्म बन्दसूची पेस गर्ने समय, तीन दलबाट १३४ नाम दर्ता

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनको समय पौष १३ र १४ गतेसम्म तोकिएको छ ।जसमा आजबाट सुरु भएको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनमा आइतबार तीन वटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूची संकलन भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।उनले भने, ‘निर्वाचन आयोगको समानुपातिक तर्फको पूर्व निर्धारित कार्यक्रम अनुसार पौष १३ र १४ गतेसम्म बन्दसूची पेस गर्ने समय तोकिएकोमा आज तीनवटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूची भेरीफाइ भइसकेको छ । आज र भोलि समय तोकिएको हुनाले भोलिसम्ममा

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 517 पटक पढिएको
  • प्रिक्साद्वारा दैलो कृषि अधिग्रहण, किसानदेखि उपभोक्तासम्म विश्वासिलो खाद्य प्रणाली निर्माणको लक्ष्य

    काठमाडौं— नेपालमा कृषि र खाद्य प्रणालीलाई अझै विश्वासिलो, सुरक्षित र पारदर्शी बनाउने उद्देश्यसहित प्रविधि कम्पनी प्रिक्साले दैलो कृषिलाई अधिग्रहण गरेको छ । यस अधिग्रहणसँगै किसानदेखि उपभोक्तासम्म जोडिने भरोसायोग्य खाद्य आपूर्ति प्रणाली विकास गर्ने लक्ष्य राखिएको प्रिक्साले जनाएको छ ।प्रिक्साका अनुसार अब किसानबाट उत्पादन भएको तरकारी, फलफूल तथा खाद्यान्न कहाँ उत्पादन भयो, कसरी उपभोक्तासम्म आइपुग्यो भन्ने सम्पूर्ण जानकारी उपभोक्ताले सजिलै थाहा पाउन सक्ने ट्रेसिबल प्रणाली विकास गरिनेछ । यसले खाद्य सुरक्षासम्बन्धी बढ्दो चासोलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ

    • प्रकाशित मितिः पुस १३, २०८२
    • 538 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.