काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्युठानबाट प्रत्यक्षतर्फ सात जनालाई उम्मेदवार सिफारिस गरेको छ। 

नेकपा प्युठानले नेताहरु लीलामणि पोखरेल, कृष्णध्वज खड्कासहित सात जनालाई उम्मेदवार सिफारिस गरेको हो। 

उम्मेदवार सिफारिस हुने अन्य नेतामा भोजविक्रम बुढामगर, मिलन एससी, उमाराम पौडेल, अर्जुनकुमार कक्षपति र प्रेमबहादुर विश्वकर्मा छन्। 

०७९ निर्वाचनमा प्युठानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सूर्य थापा विजयी भएका थिए। 

त्यतिबेला राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई ५ हजार २७४ मतले हराएर थापा विजयी भएका थिए।

थापाले ४१ हजार ११८ मत ल्याउँदा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी थिइन्।