काठमाडौं— आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेको छ ।

निर्वाचन कार्यक्रम अन्तर्गत आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने दिन तोकिएको थियो ।

निर्वाचन आयोगले पुस १३ र १४ गते सो कार्यक्रमको मिति तोकेका कारण आज कार्यालय समयभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरिसक्नुपर्नेछ । केही दलहरूले आइतबार नै बन्द सूची पेश गरिसकेका छन्, भने केही दलहरू बन्द सूची टुंग्याउन आन्तरिक गृहकार्यमै छन् ।