समाज

    Showing ५,०४१-५,०५० of ११,१६२ items.
  • नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउन काम गरिरहेका छौँः सञ्चारमन्त्री खरेल

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई ‘डिजिटल हाइवे’ मा अगाडि बढाउने गरी काम गरिरहेको बताएका छन् ।आइसिटी अवार्ड–२०२५का विजेताहरुसँग आइतबार मन्त्रालयमा भएको छलफलमा मन्त्री खरेलले डिजिटल नेपालका लागि नीतिगत सुधारका काम भइरहेको उल्लेख गरे ।सञ्चारमन्त्री खरेलले भने,‘डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन खोजिरहेका छौँ, त्यसको भविष्य भनेको तपाँइ सूचना प्रविधिको क्षेत्रमा नवीनतम सिर्जना र योगदान गरिरहेका व्यक्ति तथा संस्थाहरु नै हो ।’ मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोडिनका लागि पुलको भूमिका निर्बाह गर्न सम्पर्क मन्त्र

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ५७३ पटक पढिएको
  • बाजुराको बुढीगङ्गाका तत्कालीन नगर प्रमुख शाह सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

    बाजुरा— बाजुराको बुढीगङ्गा नगरपालिकाका तत्कालीन नगर प्रमुख दिपक विक्रम शाह सहित १४ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा शाह सहित १४ जना विरुद्ध मुद्दा दायर गरेको हो ।आयोगले तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन, तत्कालीन अधिकृत छैटौं नरेन्द्र नाथ, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब इन्जिनियर गणेश राज रेग्मी लगायत १४ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।ठेक्कामा मिलेमतो गरी बोलपत्रका

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ४९५ पटक पढिएको
  • आज सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज २५ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ५५९ पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो ।कार्यसम्पादन समितिको उक्त निर्णयसँगै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते विशेषे महाधिवेशनको तयारी गरेपछि आज फेरि कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ५७६ पटक पढिएको
  • टिकटक मार्फत धार्मिक अफवाह फैलाउने र मस्जिदमा तोडफोड गर्ने व्यक्ति पक्राउ

    जनकपुर— धनुषाको कमला नगरपालिकामा दुई समुदायबीच उत्पन्न विवादमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।प्रहरीले हिन्दु समुदायमाथि अभद्र टिप्पनी गर्दै टिकटकमा भिडियो बनाएर पोस्ट गरेको आरोपमा धनुषाको कमला नगरपालिका ६ का १९ वर्षिय हैदर अंसारी र सोही ठाउँका १९ वर्षिय अमानत अंसारीलाई पक्राउ गरेको छ ।पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम धर्म सम्बन्धि कसूरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जानकारी दिएको छ । ती दुबै जनाले बनाएको भिडियो हेरेर कमला नगरपालिकाका युवाहरु आक्रोसित भएको थिए । सो पश्चात युवाहरुको एक समुहले कमला नगरपालिका ६

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ४८७ पटक पढिएको
  • प्रदेश र स्थानीय तहले ध्यान नदिए प्रदेश साक्षर हुन सक्दैनः मन्त्री पुन

    जनकपुर— शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले प्रदेश सरकार र स्थानीय तहले ध्यान नदिए मधेश प्रदेश कहिल्यै साक्षर हुन नसक्ने बताएका छन् ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायलद्वारा जनकपुरधाममा आईतबार आयोजित साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी १ दिवसीय गोष्ठीमा बोल्दै मन्त्री पुनले मधेश प्रेदश र स्थानीय तहलाई अगाडि आएर शिक्षा सम्बन्धी समस्याहरुको निधानका लागि पहल गर्नु पर्ने बताए ।उनले अहिले सम्मको इतिहास हेर्दा केन्द्रले अगाडि बसेर काम गर्ने र प्रदेश र स्थानीय तहले पछाडि बसेर काम गर्ने गरेको देखिएको जानकारी दिए । मन्त्री पुनले अब प्रदेश सरकार र स्थानीय तहलाई अगाडि आएर काम गर्न र केन्

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ५४१ पटक पढिएको
  • धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस

    धनकुटा— नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ ।आइतबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी नेता कार्यकर्ताहरूको भावना भूगोल र चाहना अनुसार युवाहरूको मनोभावना अनुसार राईलाई एकल उम्मेदवार बनाउने निर्णय लिएको अध्यक्ष शिव लिम्बुले जानकारी दिए ।हालसम्मको छलफलमा जिल्लाका सबै पालिकाका नेता तथा कार्यकर्ताको भावनाअनुसार राईलाई एकल उम्मेदवार सिफारिस गर्ने गरी बैठकमा प्रस्ताव राखेका थिए सोही विषयमा लामो छलफल गरी एकल उम्मेदवार सिफारिस गरिएको अध्यक्ष लिम्बूको भनाइ छ

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ५१६ पटक पढिएको
  • रास्वपाले केन्द्रीय समितिमा सात जनालाई मनोनयन गर्यो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो ।केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।मनोनयन भएका केन्द्रीय सदस्यहरुमा १. समीक्षा बास्कोटा, २. प्रकाशचन्द्र परियार, ३. सुरज प्रधान, ४. नवराज थापा, ५. आशुतोष प्रधान, ६. धनेज थापा, ७. रञ्जु दर्शना रहेका छन् ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • ४९४ पटक पढिएको
  • नाटाले स्थापना कालदेखि पर्यटन प्रवर्द्धनमा नेतृत्वदायी भूमिका खेलेको छः अध्यक्ष थपलिया

    काठमाडौं— नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले नाटाले स्थापना कालदेखि नै नेपालको पर्यटन प्रवद्र्धन, हवाई सञ्जाल विस्तार तथा व्यवसायिक हित संरक्षणमा निरन्तर भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।नाटाको ५८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष थपलियाले नाटा नेपालको पर्यटन क्षेत्रको पहिलो तथा प्रमुख सरोकारवाला संस्था भएको उल्लेख गरेका हुन् । उनले पर्यटन क्षेत्र अप्ठ्यारो अवस्थामा परेका बेला सधैं नाटा अग्रस्थानमा रहेर काम गर्दै आएको बताए ।उनले भने, ‘स्थापना कालदेखि नै नाटाले नेपालको पर्यटन प्रर्वद्धन, हवाई सञ्जाल विस्तार तथा व्यवसायिक हित संरक्षणमा

    • प्रकाशित मितिः पुस २०, २०८२
    • ५८८ पटक पढिएको
  • दोहोरो ‌अंकले सेयर बजार घट्यो

    काठमाडौं— यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो ।आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन एक दशमलव ०४ र व्यापार समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।बैंकिङ शून्य दशमलव १४, विकास बैंक शून्य दशमलव ८०, वित्त शून्य दशमल

    • प्रकाशित मितिः पुस २०, २०८२
    • ५६९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.