काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । आज २५ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।