काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट आएका सातजनालाई केन्द्रीय समितिमा मनोनयन गरेको छ ।
आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले रञ्जु दर्शना लगायतका सातजनालाई औपचारिक रुपमा मनोनयन गरेको हो ।
केन्द्रीय कार्यालयमा बस्दै गरेको ५८औ केन्द्रीय समिति बैठकले पार्टी समायोजन गर्दै उनीहरूलाई केन्द्रीय समितिमा मनोनयन गरेको प्रवक्ता मनिष झाले बताए ।
मनोनयन भएका केन्द्रीय सदस्यहरुमा १. समीक्षा बास्कोटा, २. प्रकाशचन्द्र परियार, ३. सुरज प्रधान, ४. नवराज थापा, ५. आशुतोष प्रधान, ६. धनेज थापा, ७. रञ्जु दर्शना रहेका छन् ।






































