समाज

    Showing ४,५८१-४,५९० of ११,१६२ items.
  • बिहीवार कति पुग्यो सुनचाँदीको मूल्य ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीवार सुनको मूल्य तोलामा २ हजार ९ सय रूपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कारोबार भईरहेको छ ।बुधबार सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँ घटेको हो ।अघिल्लो दिन चाँदी प्रतितोला प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको चाँदी आज ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • २२२ पटक पढिएको
  • मकवानपुरको सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना, एक जनाको मृत्यु

    मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सिमखोला पुल नजिक बोलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।उक्त दुर्घटनामा बोलेरोका सहचालक सर्लाही वरहथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।बिहीबार बिहान १ बजे सर्लाहीबाट हेटौंडा –भीमफेदी – कुलेखानीहुदै काठमाडौंतर्फ जाँदै गरेको म.प्र. ०३–००१ च ६७२१ नम्बरको कुखुरा लोड बोलेरो पिकअप ब्रेक फेल भई सडकबाट ७ मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।दुर्घटनामा सहचालक मण्डलसहित सर्लाही वरहथवा नगरपालिका–१ कै १६ वर्षीय छोटे पासवान र चालक २५ वर्षीय

    • प्रकाशित मितिः माघ ८, २०८२
    • २१२ पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचन : बाजुराका आठ उम्मेदवारको सामुहिक प्रतिबद्धता

    बाजुरा । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि बाजुराबाट उम्मेदवारी बनेका आठ जना उम्मेदारले सामूहिक रुपमा प्रतिबद्धता पत्र जारी गरेका छन् । बाजुरामा विगतका जस्ता घटना घट्न नदिई शान्तिपूर्ण निर्वाचन र स्वतन्त्र मतदान गर्न पाउने वातावरण बनाउन सामूहिक प्रतिबद्धता जारी गरेका हुन्।बिहीबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरी उनीहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्दै प्रतिस्पर्धालाई मर्यादित र शान्तिपूर्ण बनाउनु पर्नेमा उनीहरुले जोड दिएका छन् । सामुहिक रुपमा करिब सात बुँदे लिखित प्रतिबद्धता जायर गरिएको छ । बाजुरामा एक स्वतन्त्र सहित

    • प्रकाशित मितिः माघ ८, २०८२
    • २६६ पटक पढिएको
  • ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    काठमाडौं— परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताए।मानव अधिकार परिषद्को बुधबार जेनेभामा सम्पन्न युनिभर्सल पिरियोडिक रिभ्यु (युपीआर) कार्य समूहको ५१औँ सत्रमा नेपालको राष्ट्रिय प्रतिवेदन प्रस्तुत गर्दै उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको स्थायी नियोगका अनुसार परराष्ट्रसचिव  राईले नागरिक, राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको प्रवद्र्धन र संरक्षणका साथै लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरणमार्फत मानव अधिकारको क्षेत्रमा नेपालले हासिल प्रगतिबा

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ४८३ पटक पढिएको
  • नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर माघ १८ गतेबाट बिक्रीमा राखिँदै

    काठमाडौं— नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर बिक्रीमा राखिने भएको छ।बैंकले संस्थापक समूहको ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत माघ १८ गतेबाट बिक्रीमा राख्न लागेको हो।बैंकको यो लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।बोलपत्र फागुन ४ गतेसम्म काठमाडौंको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ५६७ पटक पढिएको
  • घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । विहिबार छापावाल सुनको तोलाको २९ सयले बढेर तोलाको २ लाख ९२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि बुधबार  सुन तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर तोलाको ५८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५९२० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ५६१ पटक पढिएको
  • निर्वाचन आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्दै

    काठमाडौं— निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको नामावली आज सार्वजनिक गर्ने तयारी गरेको छ।मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारहरूको नामावली आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिने आयोगले जनाएको छ।मंगलबार साँझसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध उजुरी दर्ता गरेको थियो। बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको योग्यतासम्बन्धी उजुरी संकलन गरिएको हो।आयोगका अनुसार दर्ता भएका उजुरीहरूको बुधबार साँझ नै जाँचबुझ सकिएको छ। सोही आधारमा आज उम्मेदवारहरूको नामावली सार्वजनिक गर्न लागिएको हो।निर्वाचन कार्यतालिकाअनुसार माघ ९ गते शुक्रबार बिहान १

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ५३२ पटक पढिएको
  • दक्षिण लेबनानमा इजरायली हवाई हमला, आठ पत्रकारसहित १९ घाइते

    काठमाडौं— लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार बुधबार दक्षिण लेबनानमा भएको इजरायली हवाई हमलामा आठ पत्रकारसहित १९ जना घाइते भएका छन्।लेबनानको इजरायली सेनाले दिउँसो निष्कासनको चेतावनी जारी गरेपछि केनारितसहित विभिन्न शहर र गाउँहरूमा आक्रमण गरिएको थियो, जहाँ सातभन्दा बढी भवनमा भीषण बमबारी भयो।आक्रमणको स्थलगत रिपोर्टिङका क्रममा आठ पत्रकार घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये दुई जनालाई आईसीयूमा भर्ना गरिएको छ भने बाँकीको अस्पताल र आकस्मिक कक्षमा उपचार भइरहेको छ। इजरायली सेनाले घटनाबारे हालसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ५४६ पटक पढिएको
  • सवारी दुर्घटनामा एकजनाको मृत्यु

    इलाम— इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो  देउमाई नगरपालिका–३  पानीटार चियाबारी नजिक बिहीबार बिहान दुर्घटना भएको हो। देउमाई नगरपालिका–५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए। गम्भीर घाइते भएका निजको अस्पताल लग्ने क्रममा बाटामा मृत्यु भएको हो।   

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ५६६ पटक पढिएको
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

    काठमाडौं— संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ ।बैठक बिहिबार बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हल सिंहदरबारमा बस्नेछ ।समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल तथा विविध विषयहरू माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • ५४५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.