इलाम— इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो  देउमाई नगरपालिका–३  पानीटार चियाबारी नजिक बिहीबार बिहान दुर्घटना भएको हो। 

देउमाई नगरपालिका–५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए। गम्भीर घाइते भएका निजको अस्पताल लग्ने क्रममा बाटामा मृत्यु भएको हो।