काठमाडौं— नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर बिक्रीमा राखिने भएको छ।
बैंकले संस्थापक समूहको ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत माघ १८ गतेबाट बिक्रीमा राख्न लागेको हो।
बैंकको यो लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र फागुन ४ गतेसम्म काठमाडौंको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा र बुटवलमा पेस गर्न सकिनेछ।






































