समाज

    Showing 4,571-4,580 of 11,162 items.
  • मुगुमा सात दलका उम्मेदवार, तीन उम्मेदवारबीच कडा प्रतिस्पर्धा

    मुगु— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मुगुमा सात दलले उम्मेदवारी दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सात दलले उम्मेदवारी दर्ता गराए पनि मुख्यतया तीन दलको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।प्रतिस्पर्धा हुने दलमाा नेपाली कांग्रेसबाट खडगबहादुर शाही एमालेबाट पूर्णहादुर रोकाया र नेपाली कम्युनिष्ट पार्टीबाट चन्द्रबहादुर शाहीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।चारवटा स्थानीय तहमध्ये खत्याड गाउपालिकाबाट कांग्रेसका शाहीसहित रास्वपाका भुवन टमाटा नेकपा माओबादीका रंगबीर परियार उम्मेदवार छन भने सोरु गाउँपालिकाबाट नेपाली कम्यूनिष्ट पार्टीबाट चन्द बहादुर शाही र राप्रपाका

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 548 पटक पढिएको
  • बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी

    काठमाडौं— नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भाषण गर्दा भनेको ‘मधेसी छौरा’का सन्दर्भमा आफूले गरेको टिप्पणप्रति क्षमा मागेका छन्। गत सोमबार रास्वपाले जनकपुरमा आयोजना चुनावी सभालाई सम्बोधनका क्रममा मैथिली भाषामा बोल्ने प्रयास गर्दै भनेका थिए, ‘मधेसी छौरा पीएम बन्ने वाला है।’मैथिली भाषामा त्यसको अर्थ के लाग्छ भनेर सोधेको विषयमा केही व्यक्तिले गलत नियतले प्रचार गरेको भन्दै एमाले सचिव बस्नेतले बिहीबार सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्। ‘बालेन भाइले ‘म मधेसको छौरो’ भनेको सन्दर्भमा मैले मैथिली भाषामा त्यसको अर्थ

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 542 पटक पढिएको
  • उज्यालो नेपालबाट तीन नेता बाहिरिएपछि कुलमान दबाबमा

    विराटनगर— कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीलाई झट्का लागेको छ। उक्त दलका तीनजना केन्द्रीय सदस्यहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।उनीहरूले बुधबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका छन् ।कुलमानको साथ छोड्नेमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम छन् । थेगिम उज्यालो नेपाल पार्टीका समानुपातिक उम्मेदवार पनि हुन् ।विज्ञप्तिमा पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर रहेको, विचार, विधि र प्रक्रिया स्पष्ट नभएको तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा नआएको उल्लेख छ । पार्टी परित्यागपछि आफूहरू स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सश

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 521 पटक पढिएको
  • चिनी उद्योगको मेसिनमा च्यापिएर एक जना मजदुरको मृत्यु

    सर्लाही— सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक जना मजदुरको मृत्यु भएको छ। धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर सोही ठाउँमा बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसारा काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको हो ।   रायको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईको भनाइ छ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 476 पटक पढिएको
  • प्रिमियर डिस्टिलरीले आइपिओ निष्कासन गर्ने

    काठमाडौं— प्रिमियर डिस्टिलरीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आइपिओ) गर्ने भएको छ । यस प्रयोजनका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । कम्पनीले २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।यससम्बन्धी औपचारिक सम्झौता मिति २०८२ माघ ६ गते काठमाडौंको थापाथलीस्थित प्रिमियर डिस्टिलरी लिमिटेडको कार्यालयमा सम्पन्न भएको छ। सम्झौतापत्रमा प्रिमियर डिस्टिलरीका सञ्चालक गौरव शारडा तथा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका छन् ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 496 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

    मोरङं— मोरङको विराटनगर महानगरपालिका–४ बाट लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।माघ ६ गते लागू औषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा को ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा सवार शंकास्पद व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ निवासी ३५ वर्षीय सुदिन मन्सुरी रहेका छन्। उनको साथबाट १४० ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ।त्यसैगरी, इटहरी उपमहानगरपालिका–५ निवासी ५० वर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट पक्राउ गरिएको हो। प्रहरीक

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 447 पटक पढिएको
  • निर्वाचन तयारीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं— मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका साथै निर्वाचन तयारीबारे छलफल हुने बताइएको छ ।बैठकमा आवश्यक निर्णयसमेत हुने एक मन्त्रीले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 526 पटक पढिएको
  • ‘प्रवासी जीवन’ को पहिलो गीत ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ सार्वजनिक

    काठमाडौँ । अभिनेता राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को पहिलो गीत सार्वजनिक गरिएको छ ।अमेरिकाको रमणीय दृश्यमा छायांकन गरिएको ‘ज्यान भो लट्टाई, चङ्गा भो मन’ बोलको गीतमा फिल्मका अभिनेता श्याम क्षेत्री, एञ्जेला बस्नेत, लोकेश भित्रीकोटी लगायतका कलाकारको अभिनय रहेको छ । सार्वजनिक गीतमा प्रस्ताप दासको स्वर, नवीन कार्कीको सङ्गीत र डिपी खनालको शब्द रहेको छ ।नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्ष सहितको प्रवासी जीवनको कथा बोकेको उक्त फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । प्रवासमा पुग्ने जो

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 243 पटक पढिएको
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

    बैतडी— जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर जिल्लाको आज बिहान दुर्घटना भएको हो।दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले बताए।घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ। दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ। 

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 521 पटक पढिएको
  • प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    सुर्खेत । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालिकोटको रास्कोट नगरपालिकाबाट चार जनाले प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् ।जिल्लाको नरहरीनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाबाट तीन/तीन उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्कोट नगरपालिकाका स्थायी बासिन्दा नगेन्द्र शाही ‘नेश्नल’ राष्ट्रिय स्वतन्त्र पाटीका प्रकाश न्यौपाने, प्रगतिशिल लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेद्वार मानबहादुर तिरुवा रहेका छन् । पचालझरना गाउँपालिका नेपाली काँग्रेसका हर्षबहादुर बम, नेपाली कम्युनिष्ट पाटीका महेन्द्र

    • प्रकाशित मितिः माघ ८, २०८२
    • 257 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.