बैतडी— जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नं को ट्याक्टर जिल्लाको आज बिहान दुर्घटना भएको हो।
दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको र तीन जना घाइते भएका छन्। मृतक र घाइतेको पहिचान हुन नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले बताए।
घाइतेलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ। दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ।






































